नाम जुधाएको भन्दै मातृका यादवको आपत्ति
एकीकृत नेकपा माओवादीबाट यसअघि नै टुक्रिएको नेकपा माओवादीका संयोजक
मातृका यादवले भर्खरै फुटेको वैद्यले पक्षले पार्टीको नाम जुधाएकोमा आपत्ति
जनाएको छ ।
नेकपा माओवादीका संयोजक यादवले मंगलबार विज्ञप्ति निकालेर पार्टीको नाम परिवर्तन गर्न आग्रह गरेका हुन् ।
यादवले प्रचण्डपथीय प्रवृत्ति बोकेका व्यक्तिहरुको चाहनाअनुसार आफ्नो पार्टीसँग नाम जुधाएको टिप्पणी गरेका छन् । एउटै नाम राख्दा सहकार्य गर्नुपरे अप्ठ्यारो हुने उनको भनाइ छ ।
उनले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा. बावुराम भट्टराई दक्षिणपन्थी संसोधानवादका नाइके भएको भन्दै वैद्य अलग्गिएकोमा खुशी व्यक्त गरेका छन् ।
मातृकाको पार्टीको नाम नेकपा (माओवादी) रहेकोमा वैद्य समूहले आफ्नो पार्टीको नाम नेकपा, माओवादी (बीचमा कमा) राख्ने निर्णय गरेको थियो ।

0 comments