श्रीमतीको हत्या
सप्तरीमा गएराति एक जनाले आफ्नी श्रीमतीको
हत्या गरेका छन् । बरही बिरपुर-१ निवासी सन्तोषकुमार यादवले २५ वर्षीया
श्रीमती रम्भादेवी यादवको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय
सप्तरीले जनाएको छ ।
श्रीमानसहित घरपरिवारका सदस्यहरूले घरायसी
विवादमा रम्भादेवीको घाँटी थिचेर हत्या गरेको अवस्थामा निजकै घरमा शव फेला
परेको प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो । मृतकको
घाँटीमा चोटपटक र निलडाम देखिएको छ ।
तीन वर्षअघि सन्तोष र बोरिया-८ निवासी
श्यामसुन्दर यादवका छोरी रम्भा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरूको
सन्तान छैन् । राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा फोरेन्सिक विशेषज्ञ
चिकित्सक नभएकाले शव परीक्षणका लागि धरान लैजाने तयारी भइरहेको अस्पताल
सुरक्षार्थ खटिएका प्रहरी हवल्दार रामकृष्ण यादवले जानकारी दिनुभयो ।
हत्या पश्चात सन्तोषसहित घरका सम्पूर्ण
सदस्यहरू फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय
सप्तरीले जनाएको छ । रासस
0 comments