अव मलाई डर्टि पिक्चरमा विद्या बालनले निर्वाहा गरेको जस्तो भूमिका गर्न मन छ "अरुणिमा"


                       छोरी जन्मिएपछि अरुणिमा कही समय नेपाली सिनेमा क्षेत्रबाट टाढा भइन् । छिट्टै फिल्म खेल्ने मन भएपनि अफर भने आएको छैन । अरुणिमाले भनिन्, ‘सायद मलाई सुहाउने भुमिका नभएर होला’ । सिनेमाको वदलीदो कथावस्तु र प्रकृति अनुसार आफुलाई ढाल्न तयार छिन् यी नायिका । 
उनले भनिन्, म पुरानै फर्मुलाका सिनेमा खेल्नुपर्छ भन्ने सोचाईमा छैन । समय अनुसार परिवर्तन हुनुपर्छ भन्ने मलाई पनि थाहा छ, उनले भनिन्, ‘अव मलाई डर्टि पिक्चरमा विद्या बालनले निर्वाहा गरेको जस्तो भूमिका गर्न मन छ ,अरुणिमा जीन्दगीभर सिनेमा क्षेत्रमा नै काम गरिरहने योजना सुनाउछिन् । उनले भनिन्, ‘जुन नाम र ईज्जत मैले यहाँबाट पाए, यो सधै भरी जोगाइरहन चाहन्छु । उमेर अनुसार सुहाउने भुमिकामा खेलेर यो क्षेत्रलाई नै निरन्तरता दिने उनको योजना छ ।आफ्नो छोरी अक्षतालाई सिनेमा क्षेत्रमा ल्याउने सोचाई अरुणिमाले नवोकेको वताईन् । भनिन्, ‘म छोरीलाई स्पोर्टमा ल्याउन चाहन्छु । सिनेमा क्षेत्र असुरक्षीत लागेर त होइन भन्ने प्रश्नमा भने उनले त्यसो नभएको बताईन् । राज्यले कलाकारलाई अझै पनि सम्मान दिन नसकेकोमा दुखेसो छ अरुणिमालाई । आम नागरीकलाई जस्तो व्यवहार गरिन्छ, हामीलाइ पनि त्यस्तै व्यवहार गर्ने सरकारको परिपाटी खासै चित्त नवुझेका अरुणीमाले सुनाईन् ।

,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको