कुखुराको मासुको भाउ अहिलेसम्मकै उच्च
कुखुराको मासुको भाउ अहिलेसम्मकै सबैभन्दा महँगो भएको छ। काठमाडौंमा ब्रोइलर कुखुराको मासु किलोको २ सय ८० रूपैयाँ पुगेको छ। मासु व्यवसायीका अनुसार यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। राजधानीमा कुखुराको मासु बेच्ने ठूला कोल्डस्टोरहरुलेनै खुद्रा मूल्य किलोको दुइसय ८० रुपैयाँ तोकेका छन्। मासुका खुद्रा पसलहरुमा यो भन्दा किलोमा ५ देखि १५ रुपैयाँसम्म बढी मूल्य हुनेछ। 'जेठ, असारमा किसानले कुखुरा पाल्न छाडेको हुँदा अहिले सबैभन्दा महंगो भएको हो,' कुखुरा बिक्री व्यबसायी संघका अध्यक्ष जंगबहादुर बिसीले भने। दुई साता अघि नयाँ भाउ तोकेका मासु व्यबसायीले बुधबारदेखि लागु हुनेगरि किलोमा १५ रुपैयाँ बढाएका हुन्।

0 comments