खोप लगाएका ४ बालबलिकाको मृत्यु
डोटीको काडामाण्डौ गाविसमा ४ जना वालवालिकाको मृत्यु भएको छ । भदौ २ गते दादुराविरुद्धको खोप लगाएका स्थानीय ४ जना बालबालिकाको एकैपटक ज्यान गएको हो
नियमित खोप लगाउने क्रममा खोपको असरबाट डोटीको काडामाडौ गाविस-९ की नौ महिनाकी अन्जु विक, वडा-७ की गौरी चिराल र सुजाता नेपाली, त्यस्तै वडा-६ का मिलन दमाईको मृत्यु भएको जनाइएको छ ।खोपकै कारण दुई जना सिकिस्त अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र ध्वज अधिकारीले जानकारी दिनुभयो । अहिले अनुसन्धानको लागि जनस्वास्थ्य कार्यालयको चिकित्सक टोली त्यसतर्फ गएको छ ।भदौ २ गतेको घटना सोमबार मात्रै सदरमुकाममा थाहा भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयको चिकित्सक सहितको टोली काडामाण्डौ गएको छ । मृत्युको कारणबारे अध्ययनपछि मात्रै थाहा हुने जिल्ला जनस्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।ज्यान गुमाएका चारै जना बालबालिकाको शब परिवारले पुरिसकेको भएपनि उत्खनन गरि अनुसन्धान गरिने चिकित्सक टोलीले जनाएको छ
0 comments