भ्रष्टाचारी ठहर खड्काले फैसला विरुद्ध पुनरावलोकन गर्दै


सर्वोच्च अदालतद्धारा भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले आज फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकन गर्दै हुनुहुन्छ । आज दलबल सहित दिउँसो सर्वोच्चमा पुगेर पुनरावलोबन गर्ने खड्काका निकटस्थहरुले बताएका छन् । एक साताअघि सर्वोच्च अदालतले नेता खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र जरिवाना सजाय सुनाएको थियो । फैसलाको एक सातापछि खड्का दिउसो २ बजे अदालत जाने कार्यक्रम छ । पुनरावलोकनका लागि सर्वोच्च जानुअघि उहाँ काठमाडौं जिल्ला अदालतमा हाजिर हुने खड्का निकट स्रोतले जनाएको छ । धरौटी राखेर जेल नगई फैसला पुनरावलोकन गर्न पाउनुपर्ने निवेदन लिएर केन्द्रीय सदस्य पुष्पा भुषाल र काङ्ग्रेस निकट कानुन ब्यबसायी शेरबहादुर केसी जिल्ला अदालत जानु हुनेछ । खड्काले जिल्ला अदालत काठमाडौंमा जरिवानाबापतको रकम बुझाउँने तयारी समेत गर्नु भएको छ । खड्कानिकटका सहयोगीहरुले खड्काको जरिवाना रकममा ३० प्रतिशत छुट हुने रकम कटाएर बाँकी रकम जिल्ला अदालत काठमाडौंमा बुझाउँने तयार गरिरहेका छन् ।

,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको