एसएलसी परीक्षाको अवधिभरि विषयगत शिक्षकलाई तालिममा समावेश गरिने
जिल्ला शिक्षा कार्यालय जुम्लाले यही चैत १ गतेबाट सुरु हुने प्रवेशिका परीक्षा अवधिभर विषयगत शिक्षकलाई तालिममा समावेश गरिने निर्णय गरेको छ ।
प्रवेशिका परीक्षको समयमा परीक्षा केन्द्रमा अभिभावकको दबाबमा विषयगत शिक्षकले चिट चोराउने प्रविृत्तिलाई निरुत्साहित गर्न र परीक्षा केन्द्रको उचित व्यवस्थापन गरी विद्यार्थीले आफैँ पढेर परीक्षा दिने संस्कारको विकास गराउन जिल्ला शिक्षा कार्यालयले सो निर्णय गरेको हो ।
उक्त निर्णयअनुरुप अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकलाई तालिममा समावेश गराइने कार्यालयले जनाएको छ ।
0 comments