क्रान्ति पुरा नभएकाले शहिदको सपना पुरा नभएको प्रधानमन्त्रीका स्वकीय सचिव श्रेष्ठको भनाइ
एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा प्रधानमन्त्रीका स्वकीय सचिव गंगनारायण श्रेष्ठले क्रान्ति पुरा नभएकाले शहिदको सपना पुरा हुन नसकेको बताउनुभएको छ । एकीकृत नेकपा माओवादी सिन्धुलीले आज माढीमा आयोजना गरेको शहिद परिवार सम्मान कार्यक्रममा श्रेष्ठले पार्टीले पहिला वम र बन्दुक बोक्न सिकाएको र अहिले सिर्जनात्मक काम सिकाउन थालेकाले कार्यकर्तामा अन्योल बढ्ेको बताउनुभयो । कार्यक्रमा १ सय ३५ शहिद परिवार र १२ बेपत्ता परिवारलाई सम्मान गरिएको थियो ।
0 comments