पारस शाह आफैं बोल्न र पानी पिउन सक्ने अवस्थामा
ह्दयघात भएपछि थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पूर्व युवराज पारस शाहको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । अस्पतालले आज जारी गरेको विज्ञप्तिमा पारसले बोल्न र पानी पिउन थालेको जनाएको छ । आज बिहानैदेखि पारसले आफैं पानी पिउन थालेको पनि विज्ञप्तिमा भनिएको छ । झण्डै २ हप्तापछि पारसले भेन्टिलेटर विना नै श्वासप्रश्वास गर्न थालेका हुन् ।
0 comments