सञ्चारमाध्यम र सञ्चारकर्मी बने बन्दकार्ताको को तारो

पहिचानसहितको संघीयताको माग गर्दै नेपाल बन्द आह्वान गरेको आदिवासी जनजाति संयुक्त संर्घष समितिले सञ्चार माध्यमलाई पहिलो निशाना बनाएका छन् । उनीहरुले समाचार संकलनका लागि गएका सञ्चारकर्मीहरुलार्इ दुर्व्यवहार गर्नुका साथै उनीहरू सवार सवारीका साधनहरुमा तोडफोड गरेका छन् । घटनामा केही पत्रकार घाइते समेत भएका छन् ।
बन्दकर्ताले सिटिजन्स एफएम ९४ मेघाहर्जका पत्रकार दिनेश गौतमलाई फोटो खिचिरहेको अवस्थामा बन्दकर्ताहरुले बौद्ध, टुसालमा रड प्रहार गरी घाइते बनाएका छन् भने बा ४६ प ३४२१ नम्बरको उनको मोटरसाइकलसमेत तोडफोड गरेका छन् । यस्तै सानेपामा एन्टेना फाउण्डेसनका पत्रकार राजन पराजुलीलाई कुपण्डोलमा १५/१६ जनाको समूहमा रहेका बन्दकर्ताहरुले पत्रकारको परिचयपत्र देखाउँदा पनि दुव्र्यवहार गर्दै बाटो छेकेर उनी सवार बा २८ प २०४ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । आगजनीबाट मोटरसाइकलमा पूर्ण क्षति पुगेको छ ।
यसैगरी सगरमाथा टेलिभिजनका राधेश्याम दाहाल, रोडम्याप साप्ताहिकका शक्ति कार्की र प्रकाश कट्टेल एवं खेलकुद पत्रकार महासंघका विकु तामाङ समाचार संकलनका लागि बा १० प ७०२३ र बा २२ प २८७८ नम्बरका दुईवटा मोटरसाइकलमा जाने क्रममा कुपण्डोलको सानेपाचोकनजिकै पुग्दा बन्दकर्ताहरुले दुव्र्यवहार र कुटपिट गर्नुका साथै दुवै मोटरसाइकल जलाएका छन् । कुटपिटबाट पत्रकार तामाङ घाइते भएका छन् ।

लगनखेलमा मुक्तिपत्र साप्ताहिकका सम्पादक उपेन्द्र शर्मालाई दुव्र्यवहार र उनको मोटरसाइकल तोडफोड भएको छ भने चावहिलमा गोरखापत्र दैनिकका पत्रकारद्वय राजेश चाम्लिङ राई र शम्भुकुमार प्रसाई एवं राजधानी दैनिकका विजय चाम्लिङलाई बन्दकर्ताहरुले अपशब्द प्रयोग गरेको र पत्रकरा राइलाई हातपातसमेत भएको छ । बन्दकर्ताहरुले हिमालय टेलिभिजनका क्यामेरा पसर्न वाइपी घिमिरेलाई कार्यालयतर्फ जाँदै गर्दा ग्वार्कोचोकमा कुटपिट गर्दै उनको बा २० प ३८९९ नम्बरको मोटरसाइकल जलाएका छन् भने उता कुपण्डोलमा विहानै कारोबार दैनिकका पत्रकार दिपेन्द्र कार्कीलाई दुव्र्यवहार गर्दै उनी सवार बा ९ च बा ४१ प १५०७ नम्बरको मोटरसाइकलसमेत तोडफोड गरेको छन् ।
त्यसैगरी पत्रिका वितरण गरेर फर्किएको कान्तिपुर पब्लिकेसन्सको बा ९ च ५५३७ नम्बरको गाडीलाई जोरपाटीमा बन्दकर्ताले ढुंगामुढा र लाठी प्रहार गरी तोडफोड गरेका छन् भने उता बुद्धनगरमा कान्तिपुर टेलिभिजनको बा ८ च ७६७७ नम्बरको गाडीमा समेत तोडफोड भएको छ । त्यस्तै बन्दकर्ताहरुले समाचार संकलनका लागि हिँडेको एवीसी टेलिभिजनको बा ६ च ५०७२ नम्बरको गाडीलाई चावहिलमा तोडफोड गरी स्टेरिङ्ग भाँचिदिई गाडीको साँचोसमेत नियन्त्रणमा लिएका छन् भने उता ग्वार्कोमा एवीसी टेलिभिजनकै बा ३६ प ७८०१ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् ।
त्यस्तै बन्दकर्ताले तीनचुले बौद्धमा एभिन्यूज टेलिभिजनको बा ९ च ४५५८ नम्बरको गाडीमा समेत तोडफोड गरी क्षति पुर्याएका छन् । यसैगरी गौशाला चोकमा नयाँ पत्रिका दैनिकका पत्रकार प्रकाश गुरागाईलाई दुव्र्यवहार गर्दै बन्दकर्ताले उनको ना १२ प ५७१० नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् भने चावहिलमा माउन्टेन टेलिभिजनका पत्रकार रोहित भण्डारीलाई कुटपिट र उनको क्यामेरासमेत खोसेका छन् । चावहिलमै समाचार सकंलन गरी फर्किएको नेवाल वान टेलिभिजनको बा ७ च १६०० नम्बरको गाडी तोडफोड र गाडीमा रहेका पत्रकार कविता अधिकारी र क्यामेरा पसर्न मंगल लामालाई दुव्र्यवहारका साथै क्यामेरा पसर्न लामामाथि कुटपिट पनि भएको छ । क्यापिटल एफएमका पत्रकार शम्भु दंगाललाई समाचार संकलनका लागि साइकलमा गैरहेको अवस्थामा ललितपुरको धोविघाटमा बन्दकर्ताले ‘दंगाल भनेको बाहुनकि नेवार भनेर सोध्दै बाहुनले हाम्रो समाचार लेख्दैन भन्दै पत्रकार दंगाललाई लाठी प्रहार गर्नुका साथै साइकलमा समेत क्षति पुर्याएका छन् । लाठी प्रहारबाट पत्रकार दंगालको घुँडामा चोट लागेको छ ।
यस्तै सगरमाथा टेलिभिजनका पत्रकारहरु सरल गुरुङ, सतीश सुवेदी, अक्कल कुँवर र पुण्य धमलामाथि बन्दकर्ताले हातपात गर्नुका साथै उनीहरु सवार बा २७ प ६८३२ नम्बरको मोटरसाइकल कुपण्डोलमा जलाए भने बा २५ प ३७४७ र बा २५ प ८८५४ नम्बरको मोटरसाइकल र दुई थान क्यामेरासमेत तोडफोड गरेका छन् । यसैगरी राजधानी दैनिकका पत्रकार नवराज चालिसेलाई चावहिल चोकमा कुटपिट गर्नुका साथै उनी सवार बा २८ प ६८५ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् । न्यूज २४ का सम्वाददाता रामशुभक महतो र क्यामेरा पर्सन केशव निरौलामाथि ललितपुरको ग्वार्कोमा कुटपिट गरिएको छ । महतो र निरौलाका साथमा रहेको टेलिभिजन क्यामरा पनि लुटिएको छ । यस्तै नागरिक दैनिकका सम्वाददाता गोविन्द परियारलाई बन्दकर्ताले चावहिल चोकमा आक्रमण गर्नुका साथै उनको बा २९ प ५५८४ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् । पत्रकार परियारले आफू पत्रकार रहेको परिचय दिँदासमेत बन्दकर्ताले उनीमाथि आक्रमण गर्दै मोटरसाइकल तोडफोड गरेका थिए ।
नेपाल टेलिभिजनका क्यामेरा पर्सन शिव पंगेनीलाई पनि बन्दकर्ताले ललितपुरको सातदोबाटोमा दुव्र्यवहार गरेका छन् । यस्तै कान्तिपुर एफएम परिसर घरेका छन् । एफएममा नै तोडफोड गर्न खोज्दा स्थानीय वासिन्दाको सहयोगमा प्रहरीले विफल तुल्याएको छ । यस्तै संयुक्त थारु संघर्ष समितिले नवलपरासीको डण्डास्थित थारु संग्रहालयमा आयोजना गरेको विरोध सभाको समाचार संकलन गरेर फकिर्दै गरेका नवलपरासीका पत्रकार हरि शर्माको थारु कार्यकर्ताले हात भाँचिदिएका छन् । पत्रकार शर्मा अन्नपूर्णपोष्ट, इमेज च्यानललगायतका सञ्चारमाध्यममा कार्यरत छन् । यसैगरी देशका विभिन्न स्थानमा सञ्चार संस्था तथा सञ्चारकर्मीमाथि समेत आक्रमणको प्रयास भएको छ ।
घटनाको नेपाल पत्रकार महासंघसहित विभिन्न संघ संस्थाले भत्सना गरेका छन् । पत्रकार महासंघले अधिकारका लागि भएको भनिएको आन्दोलनमा प्रेसजस्तो नागरिकलाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने आमसञ्चारकर्मीलाई आक्रमण गर्नु र सञ्चारसंस्थाका सवारी साधनमा क्षति पु¥याउनु चिन्ताको विषय भएको बताएको छ ।
महासंघले सरकारलाई आमसञ्चार क्षेत्रको सुरक्षामा विशेष ध्यान पु¥याउन आग्रह गर्दै घाइते पत्रकारहरुलाई उपचारको व्यवस्था मिलाउन र आक्रमणबाट सञ्चारसंस्था र सञ्चारकर्मीको सवारी साधनमा भएको क्षतिको तत्काल क्षतिपूर्ति दिलाउन माग समेत गरेको छ ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको