"राउटे"लाई चाहि कम सम्झेको ?

कुनै पनि अक्षर चिन्न र लेख्न नसक्ने राउटेहरुले राउटे उत्थान प्रतिष्ठानले तयार गरेको तीन बुँदे ध्यानाकर्षणपत्र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई पठाएका छन् । सो पत्र राउटेका मुखिया मैनबहादुर शाहीले इलाका प्रशासन कार्यालयका प्रमुख यज्ञबहादुर बुढालाई बुझाएका थिए ।
ध्यानाकर्षणपत्रमा राउटेको मुख्य जीविकोपार्जनको माध्यम जंगलभित्रैका प्राकृतिक स्रोत र साधन भएकाले जस्तोसुकै संघीय संरचना भएपनि सहज उपभोग गर्न पाउनुपर्ने उल्लेख छ भने संघीय संरचनाको कुनै सीमाले राउटेहरुलाई बाध्य नहुने उल्लेख गरिएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।
काठमाण्डौमा रहेको राउटे उत्थान मञ्चले संविधानसभाका अध्यक्षलाई भेट्न जाँदा सभाध्यक्ष नेम्बाङले राउटेका मुखियालाई टेलिफोन सम्पर्क गरी राउटेको अधिकारका बारेमा पनि संविधानमा व्यवस्था गर्ने उल्लेख गर्नुभएको थियो ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको