सोमबारपनि मुलुकभरको जनजीवन ठप्प

आदिवासी जनजाति संयुक्त संघर्ष समितिले गरेको बन्दको दोस्रो दिन सोमबार  राजधानी लगायत मुलुकभरको जनजीवन ठप्प भएको छ । जातीय पहिचानसहितको राज्यको माग गर्दै गरिएको बन्दमा बिहानैदेखि यातायात, व्यापारिक प्रतिष्ठान, शिक्षण संस्था, उद्योग कलकारखाना र बजार पूर्णरूपमा बन्द भएका छन् । प्रदर्शनकारीले ठाउँ-ठाउँमा नारा जुलुस गरेका छन् ।
तराई क्षेत्रमा आदिवासी जनजाति संयुक्त संघर्ष समितिका साथै थारू संयुक्त संघर्ष समिति, बृहत् मधेसी मोर्चा र मुस्लिम संघर्ष गठबन्धन गरी चार थरीले बन्दको आह्वान गरेका छन् ।


"कान्तिपुर संवाददाता ले पठाएको जानकारी अनुसार ekantipur.com  बाट साभार गरियको समाचार  ......


पोखरा पनि ठप्प
 लालप्रसाद शर्मा
 पोखरा ८ जेठ– आदिवासी जनजाति संयुक्त संघर्ष समितिद्वारा आब्हान गरिएको ७२ घन्टे नेपाल बन्दको दोस्रो दिन आज पनि पोखरा पुरै बन्द भएको छ । आन्दोलनकारीहरु बिहानैदेखि विभिन्न चोकचोकमा बसेका छन ।
 बन्दका कारण बजार पुरै बन्द छ । सर्वसाधारण पैदलै गन्तब्यतर्फ हिडीरहेका छन । खानेपानी, सुरक्षाकर्मी, एम्बुलेन्सलगायतका अत्यावस्यक सवारी साधन चलिरहेका छन । तर हिजो प्रेसमाथि राजधानीमा भएको आक्रमणले संचारकर्मीले आफ्नो साधन निकै कममात्रामा प्रयोग गरिरहेका छन ।
 बन्दले पर्वतको जनजीवन प्रभावित
 विमल खतिवडा
 पर्वत,जेठ ८ ।
 आदीवासी जनजाती संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दको दोश्रो दिन सोमवार पनि विहानैबाट पर्वत जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दकर्ताले विहानैबाट बजार पसल बन्द गराउंदै हिंडेका छन् । ठाउं ठाउंमा बसेर बन्दकर्ताले सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाएका छन् । त्यस्तै पर्वतको शिवालय चोकस्थित पोखरा–बागलुङ राजमार्गमा बसेर प्रर्दशन गरी रहेका छन् ।
 ११ प्रदेशको विरोधमा आह्वान गरिएको बन्दले बजार पसल खुल्न सकेका छैनन भने यातायातका साधन पनि चल्न सकेका छैनन । गाउ“–गाउ“बाट आएका बन्दकर्ताले गएराती अबेर सम्म बसेर बजारमा प्रर्दशन गरेका थिए । सुरक्षाकर्मी भने बजारमा बाक्लो रुपमा परिचालन गरिएको छ ।
 बन्दले लुम्बिनी अञ्चल अस्पतालमा सल्यक्रिया सेवा बन्द
 अमृता अनमोल
 बुटवल: लगातार १२ दिनदेखिको बन्दले प्रभावीत पश्चिम नेपालकै ठूलो सरकारी अस्पताल  गरेको छ ।
 सल्यक्रियाकालागि अनिवार्य चाहिने अक्सीजन ग्यासको अभाव भएपछि अस्पतालले आजदेखि सल्यक्रिया सेवा बन्द गरेको हो । दैनिक १५ बढी ग्यास खपत हुने अस्पतालमा अब १२ वटा अक्सीजन ग्यास मात्र बांकी छन् । सेवा प्रभावीत भएपछि बन्दकर्ताहरुलाई पटक पटक अक्सीजन ग्यास ल्याउन दिन आग्रह गरेपनि सम्भव नभएपछि सेवा नै बन्द गर्नु परेको अस्पतालले जनाएको छ । संचीत औषधी सकीदै गएकाले यस्तै बन्द जारी रहे औषधी अभावले पनि अन्य सेवाहरु बन्द गर्नुपर्ने अवस्था आउने अस्पतालले जनाएको छ । सरकारी अस्पतालसंगै यहांका अन्य नीजी अस्पताल र नर्सीड. होमले पनि ग्यास अभावले सल्यक्रिया गर्नुपर्ने बिरामीको उपचार सेवा प्रभावीत भएको बताएका छन् ।
 बन्दको १२ औ दिन आज रुपन्देहीको जनजीवन थप कष्टकर
 अमृता अनमोल
 बुटवल: छुट्टाछुट्टै समूहले गरेको बन्द र प्रद्धर्शनका कारण बन्दको १२ औ दिन आज रुपन्देहीको जनजीवन थप कष्टकर बनेको छ ।
 छुट्टाछुट्टै समूहले बिहानैदेखि नाराजुलुससहित लठ्ठी दिएर प्रद्धर्शन थालेपछि रुपन्देहीको बुटवल, मुर्गीया, भैरहवा, देवदह, मणीग्राम , सालझण्डी लगायतका बजार बिहानैदेखि तनावग्रस्त बनेका हुन् । जिल्लाका पुर्वपश्चिम राजमार्ग ,उत्तर दक्षिण सिद्धार्थ राजमार्ग, हुलाकी तथा भीत्री माग सबैमा सवारी ठप्प छन् । बन्दकर्ताहरुले दूधका गाडीहरु पनि चल्न दिएका छैनन् ।  बजार,व्यापारिक प्रतिष्ठान, उद्योग ,कार्यालयसमेत खुल्न सकेका छैनन् । जतिय राज्यको माग गर्दै आदिवासी जनजाति संयुक्त संघर्ष समिति,थरुहट प्रदेशको माग सहित थरुहट संघर्ष समिति र स्वायक्त मधेशको माग गर्दै वृहत मधेशी मोर्चाले बन्दको आव्हान गरेका छन् । प्रदर्शनमा हुन सक्ने झडप रोक्न रुपन्देही प्रशाशनले बजार क्षेत्रका प्रत्येक प्रद्धर्शन र आसपासमा व्यापक प्रहरी परिचालन गरेको जनाएको छ ।
 छैटौं दिन पनि बन्द जारी
 रमेशचन्द्र अधिकारी
 धनकुटा: लगातार सोमवार छैटौं दिनसम्मको बन्दका कारण धनकुटाको जनजीवन कष्टकर बन्दै गएको छ ।
 प्रादेशिक राज्यको राजधानी माग राख्दै गरिएको बन्दसंगै पुनः हिजोदेखि जातिय पहिचान सहितको राज्यको माग राख्दै नेपाल आदीबासी जनजाती महासंघ सहित संयुक्त जातिय मोर्चाले बन्द आव्हान गरेपछि त्यहा“को जनजीवन कष्टप्रद बनेको हो ।
 बिहानैदेखि कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात साधन चलेको छैन । बजार पसल, शिक्षण संस्था, कलकारखाना तथा वित्तिय संस्था समेत बन्द छन् ।
 बन्दले लाखौं मुल्यको तरकारी नष्ट
 रमेशचन्द्र अधिकारी
 धनकुटा: लगातारको ६ दिनसम्मको बन्दका कारण निर्यात हुन नसक्दा धनकुटामा लाखौं मुल्य बराबरको तरकारी नष्ट भएको छ ।
 जिल्लाको मुर्तिढुंगा, सिधुवा लगायतका स्थानमा उत्पादित करिब दश लाख बढीको फुलकोभी नष्ट भएको छ । यस मौसमको मुख्य तरकारी बाली फुलकोभी हो ।
 सिधुवा सहकारीमा दैनिक दुइ लाख बढीको तरकारी नष्ट हुने गरेको छ । हाल दैनिक १५ टन बढी फुलकोभी ढुवानी अभावमा नष्ट हुने गरेको सहकारी स्रोतले जनाएको छ । यस्तै लाखौं मुल्य बराबरको तरकारी बारीमा नै नष्ट हुने गरेको सहकारीका व्यवस्थापक मेघेन्द्र गुरुङले जानकारी दिए ।
 यसैगरी मुर्तिढुंगा २,३ र ५ का ५० कृषकले उत्पादन गरेको फुलकोभी दैनिक डेढ लाख बराबरको नष्ट हुने गरेको सिद्धकाली सहकारी संस्थाका व्यवस्थापक लालुसिं महताराले जानकारी दिए । कृषकले उत्पादन गरेको तरकारी संकलन गर्दै आएको उक्त सहकारीले हालसम्म ७ लाख बराबरको तरकारी नष्ट भएको महताराले बताए ।

आमहड्तालको दोस्रो दिन पनि पाल्पा ठप्पै माधब अर्याल पाल्पा– नामांकन र सिमांकन विनाको ११ प्रदेश अमान्य हुने भन्दै आदिवासी जनजातिले गरेको तीन दिने बन्दको दोस्रो दिन पनि पाल्पा ठप्पै भएको छ । निजी तथा सार्वजनिक सवारीका साधन नचल्दा र बजार पसल नखुल्दा पाल्पाको जनजीवन थप प्रभावित भएको छ । नेपाल मगर संघ, नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति संयुक्त संघर्È समितिको आह्वानमा सोमवार विहानैदेखि प्रदर्शनकारीले सडकमा निस्किएर निजी तथा सार्वजनिक सवारी साधन चल्न दिएका छैनन् । निजी तथा सार्वजनिक यातायात, शैÔिक संस्था, कलकारखानाहरु ठप्प भएका छन् । सिद्धार्थ राजमार्ग र तानसेनदेखि गुल्मी, अर्घाखांची जाने सडकमा कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । बन्दले सवारी साधन नचल्दा कामकाजीहरु हिंडेरै गन्तव्य तर्फ गइरहेका छन् । आदिवासी जनजाति संविधानसभाको राज्य पुनसंर्रचना समिति तथा राज्य पुनसंर्रचना उच्चस्तरिय सुझाव आयोगको प्रतिवेदन बमोजिम राज्यको पुनसंर्रचना हुनुपर्ने, जातीय पहिचानको आधारमा प्रदेशहरुको नामाकरण्ँ हुनुपर्नेलगायतका माग राखेर आन्दोलनमा उत्रिएका हुन् । ‘कालीगण्डकी स्वायत्त प्रदेश’ माग माधब अर्याल पाल्पा– कालीगण्डकीबेंसीमा बसोवास गर्ने समुदायले बिशेष अधिकारसहितको स्वायत्त कालीगण्डकी प्रदेश घोषणा गर्न माग गरेका छन् । सदियौंदेखि राज्यद्वारा उत्पीडित र उपेक्षित कालीगण्डकी वेसीबासीलाई उत्पीडिनबाट हटाउन स्वायत्त प्रदेश दिनुपर्ने माग गरेको हो । कालीगण्डकी बेसीबासीको नेतृत्व गर्दै पाल्पाको पुर्व रामपुरमा दिनहु“ प्रदर्शन गरिएको छ । रोल्पा, रुकुम गईदैन, कालीगण्डकी प्रदेश छुट्टै देउ जस्ता नारा लगाउँदै रामपुरको बेझाडमा र्याली, जुलुस, आमसभा, सद्भाव र्याली निकालेका हुन् । बृहत कालीगण्डकी स्वायत्त प्रदेश आन्दोलन तदर्थ समितिका संयोजक छवि खनालले पाल्पाको पुर्व, तनहु“को पश्चिम, नवलपरासीको उत्तर, स्याङ्गजाको दक्षिणका केी गाविस समेटेर कालीगण्डकी बगेको भेग समेट्नुपर्ने बताए । सिमांङ्कनका विषयमा भने कालीगण्डकी बगेको क्ष्ँेत्रलाई समेटिनुपर्ने र त्यस्तै प्रकृतिको भूगोल, संस्कृति, मनोविज्ञान, आर्थिकजीवन भएका क्ष्ँेत्रलाई प्रदेशमा समेट्न सकिने रामपुरका अगुवा तथा नेपाली कांग्रेसका नेता तिर्थ पंगेनीले बताए । पुर्वी पाल्पाका राजनीतिक दल, नागरिक अगुवा, संघसंस्थाका प्रतिनिधी लगायतको भेलाले संघर्ष समिति गठन गरेको छ । समितिले आफ्ना मागप्रति राज्य र दलहरु गम्भीर हुन माग समेत गरेका छन् । दलहरुले घोषणा गरेको ११ प्रदेशप्रति असहमति रहेको समितिले जनाएको छ । ‘मगरात स्वायत्त प्रदेश’ माग पाल्पा– मगराँत स्वायत्त प्रदेशको माग गर्दै पाल्पाका आदिवासी जनजातिहरुले मुलुकको अन्यत्र जिल्ला र स्थानमा भन्दा पृथक ढंगले आफनो आन्दोलनलाई अगाडि बढाएका छन् । पाल्पाका आदिवासी जनजातिहरुले आफनो साँस्कृतिक मनोरञ्जनबाट शान्तिपुर्वक बन्द आयोजना गरेका छन् । मगरी संस्कृतिमा आधारित सालैजो, झयाउरे लगायतका गीत र नाचगान प्रस्तुतिले आफ्नो बन्द कार्यक्रमलाई सफल बनाएका हुन् । नेपाल मगर संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बसन्त घर्तिमगरले पाल्पाली आदिवासी जनजातिहरुले शान्तिपुर्वक आन्दोलनलाई अगाडि बढाएकोमा आफुलाई गर्वको महसुस भएको बताए । उनले मगरात स्वायत्त प्रदेशको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए । आदिवासी जनजातिहरुको साझा ऐजेण्डा र मागलाई सरकारले बेवास्ता गरि संविधान ल्याउने जमर्को गरेकाले आन्दोलन गर्न बाध्य भएको बताए । 

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको