हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति
कांग्रेसका चार सभासदले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति
प्रकट गरेका छन् । सभासदहरू प्रमिला राई, हीरा गुरुङ, ललिता किङरिङ, लीला
सुब्बा राईले दलहरूबीच भएको ११ प्रदेशको सहमतिलाई उल्टाउन भन्दै शनिबार
विवाद समाधान उपसमितिका संयोजक एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई
बुझाएको हस्ताक्षरमा आफूहरूको आपत्ति रहेको बताएका हुन् ।
आफूहरूले पहिचानका आधारमा राज्य पुनर्संरचना हुनुपर्ने विषयमा पार्टी नेताहरूलाई ध्यानाकर्षण गराउन हस्ताक्षर गरिएको भन्दै पार्टीभित्रको केही जनजाति नेतृत्वले त्यसलाई दुरुपयोग गरी माओवादी अध्यक्ष दाहाललाई बुझाइएकोमा टेलिफोनबाट आपत्ति जनाए । 'जिप छिरिङ शेर्पा र इन्द्रबहादुर गुरुङले पार्टीका नेताहरूलाई ध्यानाकर्षण गराउनमात्रै हो भनेर हस्ताक्षर गराउनु भयो, त्यही होला भनेर गरेकी हुँ,' सभासद प्रमिला राईले भनिन्, 'हामीले जातीय राज्य खोजेको होइन । पहिचान खोजेको हो । त्यो पार्टीभित्र संघर्ष गछौर्ं, बाहिर बुझाएर हाम्रो दुरुपयोग गरियो ।'
हस्ताक्षरकर्ता ललिता किङरिङ, गुरुङ र लीला सुम्बाले पनि आफ्नो हस्ताक्षर दुरुयोग भएकोप्रति आपत्ति जनाउँदै पार्टी नीति निर्देशन बाहिर नजाने बताए । 'मैले धेरैपटक हस्ताक्षर गर्दिनँ भन्दाभन्दै जिपछिरिङ र इन्द्रबहादुर दाइले पार्टीबाहिर लाने होइन, हाम्रा नेताहरूलाई दिनमात्रै हो भन्नुभयो र जबरजस्ती गराउनुभयो,' गुरुङले भनिन्, 'माओवादी अध्यक्ष दाहालाई बुझाएको आज पत्रिका पढेर थाहा पाउँदा आश्चर्य लाग्यो ।'
पार्टीले गरेको सहमतिविपरीत आफू नजाने बताउँदै उनले हस्ताक्षर सार्वजनिक गरेर आफूहरूलाई फसाउने काम भएको बताइन् ।

0 comments