सुरक्षा संयन्त्रहरुलाई उच्च सतर्कताका साथ काम गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री डा. बावुराम भट्टराईले
सुरक्षा संयन्त्रहरुलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार विहान बसेको सुरक्षा समितिको
बैठमा प्रधानमन्त्रीले जेठ १४ गते र त्यसको अघिपछि हुनसक्ने घटनाका बारेमा
उच्च सतर्क भएर काम गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनुभएको हो ।
सुरक्षाकर्मीलाई उच्च मनोवलका साथ काम
गर्न निर्देशन दिँदै प्रधानमन्त्रीले त्यसको तयारी र संरक्षण सरकारले गर्ने
स्पष्ट पार्नुभयो । आईतवार बन्दकर्ताहरुले प्रेस माथि गरेको आक्रमण
अत्यन्त दुरभाग्यपुर्ण भएको पनि उहाँले बताउनु भयो । कुनै पनि कसिमबाट
मिडियामाथि आक्रमण हुन नपाओस् भन्दै प्रधानमन्त्रीले मिडियाकर्मीलाई पुर्ण
सुरक्षा दिन निर्देशन दिनुभयो ।
आफ्नो कर्तव्य दृढतापुर्वक पालना गर्न
सुरक्षाकर्मीलाई निर्देशन दिँदै प्रधानमन्त्रीले कसैले आन्दोलमा तोडफोड
गर्ने र अराजक गतिविधि गर्ने काम गर्छन् भने त्यसलाई कडाईपुर्वक रोक्न
आग्रह गर्नुभयो । प्रेस, मावअधिकारकर्मी, कुटनितीक नियोग माथि तोडफोड हिंसा
गर्छ भने त्यसलाई गम्भीरतापुर्वक लिएर रोक्न र कारवाहि गर्न पनि आग्रह
गर्नुभएको थियो ।
बन्दको क्रममा दैनिकरुपमा अतिआवस्यक
वस्तुको आपुर्तिमा कमि आउन सक्ने तर्फ पनि उहाँले सचेत गराउनु भएको छ ।
अत्यावस्क सामान खासगरी खाद्यान, औषधि, पेट्रोलियम पदार्थ लगायतका
वस्तुहरुको आपुर्तिमा कमि आउन नदिने योजना बनाउन प्रधानमन्त्रीले निर्देशन
दिनुभएको छ ।
आफ्ना मागहरु राख्दा शान्ति र
संविधानिर्माण प्रक्रियामा असर पुग्छकी भन्ने तर्फ पनि ध्यान दिन
प्रधानमन्त्रीले आन्दोलनकर्ताहरुलाई आग्रह गर्नुभयो ।
वैठकमा गृहमन्त्री, मुख्य सचिव, गृह सचिव,
रक्षा सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय
अनुसन्धानका प्रमुख नेपाली सेनाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
0 comments