निगमलाई एक अर्ब ४० करोड,निगमलाई एक अर्ब ४० करोड हुने

निगमलाई एक अर्ब ४० करोड वनाउनका लागि सरकारले नेपाल आयल निगमलाई एक अर्ब ४० करोड रुपैयाँ ऋण सहयोग दिएको छ । आइतवार विहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बसेको पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारले आयल निगमलाई एक अर्ब ४० करोड रुपैयाँ ऋण सहयोग दिने निर्णय गरेको हो ।
पेट्रोलियम पद्धार्थको सहज आपूर्तिका लागि आयल निगमले तीन अर्ब रुपैयाँ मागेपछि सरकारले आधाभन्दा थोरै एक अर्ब ४० करोड रुपैयाँ ऋण यिदने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो । आयल निगमले भारतीय आयल निगम आईओसी लाई तिर्नु पर्ने बक्यौता ३ अर्ब २० करोड रुपैयाँ पुगेपछि आइओसीले तेल आपूर्ति गर्न नसक्ने वताएको थियो ।
यसैवीच नेपाल आयल निगमले ऋण तिर्ने प्रतिबद्धता जनाएपछि हिजोदेखिनै पेट्रोलियम पदार्थको लोड हुन थालेको आयल निगमले जनाएको छ । आयल निगमले आजैदेखि पेट्रोलियम पदार्थ सहज हुने जनाएको छ । साँझ सम्ममा रक्सौलबाट चार लाख लिटर डिजेल र सोही परिमाणको पेट्रोल आउने भएकाले आपूर्ति सहज हुने कायम मुकायम निर्देशक सुरेश अग्रवालले बताउनुभयो ।
बक्यौता तिर्न उसले नागरिक लगानीकोषसँग १ अर्ब र कर्मचारी सञ्चयकोषसँग ६० करोड रुपैया ऋण लिन लागेको छ । डिजेल र खाना पकाउने ग्याँसमा सरकारले दिएको अनुदानका कारण गिनमलाई अहिले मासिक ७० करोड ४२ लाख घाटा छ ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको