काम चलाउ सरकारलाई बजेट ल्याउने कुनै नैतिक अधिकार नभएको काँग्रेसका नेता महतको भनाइ

                    नेपाली काँग्रेसका नेता डा. रामशरण महतले काम चलाउ सरकारलाई बजेट ल्याउने कुनै नैतिक अधिकार नभएको बताउनुभएको छ । महतले राष्ट्रपतिले कमचलाउ सरकारको पत्र थमाइसकेकाले दलहरुवीचको सहमतिमा मात्रै वजेट ल्याउनु पर्ने वताउनुभयो ।
 नेपालमा नेपाल विद्यार्थी संघले नयाँ आन्दोलनको घोषणा सार्वजनिक गर्न राजधानीमा आइतवार रिपोर्टस क्बल नेपालमा आयोजित पत्रकार सम्मेलनमा महतले भन्नुभयो,’ राष्ट्रपति महोदयले समेत काम चलाउ सरकार भनेर दलहरुबीच सहमतिको आधारमा जटिल परिस्थितिको निकास निकाल्न आदेश दिईसकेको अवस्थामा पदमुक्त सरकारले अन्य दलहरुको सहमति, सुझावबिना बजेट ल्याउने अधिकार छैन ।’
 महतले भन्नुभयो,’ अहिले माओवादी र मधेशी मोर्चा सत्ता कब्जा गर्नकै लागि अध्यादेशबाट बजेट ल्याउने तयारीमा छन्, तर राष्ट्रिय सहमतिबिना नयाँ बजेट ल्याउने कल्पना नगरे हुन्छ, सम्भावना छैन ।’ राजा ज्ञानेन्द्रले काम चलाउ सरकार र जन प्रतिनिधिविहीन अवस्थामा सत्ता कब्जा गरेको स्मरण गराउँदै डा. महतले माओवादी सत्ता कब्जा गर्न पटक-पटकको प्रयासबाट चुक्दै आयो, अहिले पनि सरकार र जनप्रतिनिधि नभएको अवस्थामा सत्ता कब्जा गर्न खोजेको आरोप लगाउनुभयो ।
 नेविसंघद्धारा आन्दोलनका कार्यक्रम सार्वजनिक
 नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले कामचलाउ सरकारले ल्याउने तयारी गरेको बजेट, चुनावको घोषण, सरुवा-वढुवा लगायतका कार्यको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपाल विद्यार्थी संघका कार्यवहाक अध्यक्ष क्षितिज भण्डारीले काम चलाउ सरकारले ल्याउने तयारी गरेको बजेट, चुनाव गर्ने, सरुवा-बढुवा, नेविसंघ काम चलाउ सरकारको सबै निर्णयको विरोधमा आन्दोलन गर्न लागेको वताउनुभयो ।
प्रधानमन्त्रीलाई एयर पोर्ट घेरेर विदेश भ्रमण जानबाट रोक्ने समेत चेतावनी दिनुभयो । नेपाल विद्यार्थी संघले असंवैधानिक प्रधानमन्त्रीको राजीनामासहित राष्ट्रिय सहमतिको सरकार निर्माण नभएसम्म ७५ जिल्ला र विदेशमासमेत एक साता लामो आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक गरेको हो ।
संघले जेठ २९ गते विहान ८ बजे भक्तपुर क्याम्पसमा श्रद्धाञ्जली सभा, साँझ ५ बजे कोटेश्वरमा प्रधानमन्त्रीको पुत्ला दहन, ३० गते देशव्यापी अनशन -काठमाडौंको शान्ति बाटिकामा), ३१ गते विहान अधिराज्यभर हस्ताक्षर अभियान, साँझ ५ बजे बानेश्वर चौकबाट नाङ्गो जुलुस, ३२ गते विहान ९बजे चक्का जाम ल क्याम्पसमा प्रधानमन्त्रीको पुत्ला दहन, साझ ४ बजे पेन्टिङ र हाँस्यव्यग्य र अषाढ १ गते साँझ ५ बजे पाटनमा कोणसभाको कार्यक्रम सार्वजनिक गरेको छ ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको