कमल थापा द्वारा राजतन्त्र पुनःस्थापना हुने दावी
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निर्वाचन पछि
राजतन्त्र पुनःस्थापना हुने दावी गरेका छन् । प्रमुख दलहरुको अक्षमताका
कारण निराश भएका जनताको ठूलो पंक्ति राजसंस्थाको पक्षमा उभिएको भन्दै उनले
निर्वाचनले सबैको भ्रम तोडने बताएका हुन् ।
आइतबार बिहान रेडियो कान्तिपुरसँग कुरा गर्दै अध्यक्ष थापाले निर्वाचलने ठूलो दलको दम्भ गर्नेलाई समेत सबक सिकाउने बताए ।
उनले राष्ट्रिय अखण्डताको पक्षमा उभिने सबै शक्तिसँग सहकार्य गर्दै राजसंस्थाको सहतिको नयाँ संविधान निर्माणको एजेण्डा सहित चुनावमा जाने उल्लेख गरे ।
संविधानसभा पुनःस्थापनाको विरोध गर्दै उनले केही दल चुनावमा जान डराएको टिप्पणी गरे ।

0 comments