गोलिकान्डमा पक्राउ परेकालाई अनेरास्ववियुबाट निष्कासित'हदैसम्मको कारबाही गर्न माग

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नयाँ बजार गोलीकाण्डमा पक्राउ परेका दुवै कार्यकर्तालाई साधारण सदस्यबाट समेत निलम्बन गरेको छ।  विज्ञप्तिमा घटनाका मुख्य अभियुक्त मनोज खत्रीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेको छ। गोली प्रहार गर्ने खत्री फरार छन्।  अनेरास्ववियुले  विज्ञप्ति जारी गर्दै पक्राउ परेका अस्कल स्ववियु उपसभापति तथा केन्द्रीय सदस्य वीरबहादुर राउत र क्याम्पस कमिटीका सदस्य मुकेश नेपालीलाई साधारण सदस्यबाट निलम्बन गरेको जनाएको हो।
आफ्नै संगठनका नेता र कार्यकर्ता पेस्तोल चलाएर घाइते भएपछि महासचिव किशोरविक्रम मल्लले जारी गरेको विज्ञप्तिमा सरकार शान्ति सुरक्षा प्रदान गर्न पूर्ण असफल भएको आरोप लगाइएको छ।
नयाँ बजारस्थित राउतको कोठामा शुक्रबार बिहान खत्रीले पेस्तोल चलाउने तरिका सिकाउँदा(डेमो गर्दा) अस्कलको प्रारम्भिक कमिटीका उपाध्यक्ष बसन्त शाहीलाई गोली लागेको थियो।
अनेरास्ववियुले प्रहरी अनुसन्धानमा सहयोग गर्न र 'राजनीतिक प्रभाव' नपरोस् भनेर साधारण सदस्यताबाट निलम्बन गरेको जनाएको छ।
गम्भीर घाइते शाहीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको