अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री वर्षमान पुनले राजस्व चुहावट नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गर्न निर्देशन दिनुभएको छ ।
सिंहदरबारमा बसेको केन्द्रीय राजस्व
चुहावट नियन्त्रण समितिको बैठकमा उहाँले राजस्व अनुसन्धान विभागका
महानिर्देशकको संयोजकत्वमा रहेको सो समतिलाई अझ प्रभावकारी बनाई राजस्व
चुहावट नियन्त्रणसम्बन्धी कार्यलाई परिणाममुखी बनाउन निर्देशन दिनुभएको हो ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरी दुवैले आफ्ना मातहतका सबै निकायलाई
राजस्व चुहावट नियन्त्रण कार्यलाई प्राथमिकता दिई कार्यसम्पादन
गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री पुनले सुनको आयात तथा बजार
व्यवस्थापनमा देखिएको समस्यामा विशेष निगरानी र नियन्त्रण गर्न
अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय तथा तातोपानी भन्सार कार्यालय र
नेपाल प्रहरी एवम् स्थानीय प्रशासन सजग गराउनुपर्नेर् बताउनुभयो ।
बैठकमा मदिरा तथा सूर्तीजन्य वस्तुको
बिक्री तथा कारोबारलाई व्यवस्थित गर्न घरेलु मदिराको उत्पादन तथा बिक्रीलाई
नियन्त्रण गर्ने र तोकिएको स्थानमा मात्र इजाजत लिई यस्ता वस्तुहरूको
कारोबार गर्न पाउने व्यवस्था मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस
0 comments