असार १ गते राजधानीमा माओवादीले जनप्रदर्शन गर्ने

              माओवादीले असार १ गते राजधानीमा जनप्रदर्शनको भब्य तयारी गर्न नेवाः र ताम्सालिङ राज्य समिति अन्तर्गत केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा केन्द्रीय सदस्यहरुको संयुक्त छलफलमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले जनप्रदर्शनलाई व्यापक र बृहत् बनाउन  निर्देशन दिएका हुन् ।
  पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार पहिचानसहितको सङघीयता, सङघीयतासहितको संविधानको लागि पार्टीले आयोजना गरेको जनप्रदर्शनको कार्यक्रमलाई व्यापक बनाउन निर्देशन दिएको बताए ।
'सङघीयता विरोधीको चलखेल बढेकाले संविधानसभाबाट संविधान बन्न नसकेको र त्यसलाई जनताको बीचमा लगेर नङग्याउने विषयमा जनताको साथमा कदम चाल्ने निर्णय भएको हो' उनको भनाइ थियो ।
उपाध्यक्ष मोहन वैद्य पक्षधरले असार १ गतेकै दिन कार्यकर्ता भेला बोलाएको सन्र्दभमा एमाओवादीकै संस्थापन पक्षले सो दिन जनप्रदर्शनको कार्यक्रम अगाडि सारेको हो । पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लो राजनीतिक घटनाक्रमबारे बताएका थिए ।

उनले पछिल्लो दिनमा पार्टी र सरकारले लिएको बाटो सही भएको भन्दै सबै नेता तथा कार्यकर्तालाई सरकारले घोषणा गरेको आगामी मङसिर ७ गतेको निर्वाचनलाई सफल बनाउन निर्देशन दिएका थिए । 'सङघीयता विरोधीको चलखेलका कारण जनपक्षीय संविधान बन्न नसकेको भन्दै उनले त्यस्ता तत्वहरुको जनस्तरबाटै नङग्याउन पार्टीले उल्लेखनीय भूमिका खेल्नुपर्ने' बताएको एक सहभागीले बताए । माओवादीको सभामा सत्तासाझेदार दलका नेताहरु पनि सहभागी जनाएको छ ।
छलफलमा नेवाः राज्य समितिअन्तर्गतका काठमाडौँ, ललितपुर, भक्तपुरका केन्द्रीय सदस्य र ताम्सालिङ राज्य समितिअन्तर्गतका ९ जिल्लाका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको