बिरोध सभा
कांग्रेस, एमाले लगायतका दुई दर्जन दलले माओबादको सत्ता कब्जाको रणनीतिको
बिरोध गर्न एक लाख जनता उतार्ने उदघोष गरेका थिए । तर, १५ हजार जनता पनि
मुस्किलले खुल्लामञ्च उतारे । खुल्ला मञ्चमा आउने जाने सहित गरी १५ हजार
उपस्थित भएको नेपाल प्रहरीले अनुमान छ ।
'बढीमा १५ आएको अनुमान गरेका छौ,' महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी भोगबहादुर थापाले भने,'एक-एक गरी गनेको होइन, ठाउ ओगटेको आधारमा अनुमान हौ ।' यस अघि एउटा दलले गरेको कार्यक्रममा खुल्ला मञ्च भित्र नअटेर सडकमा समेत भरिभराउ हुन्थ्यो । विगठित संविधान सभामा सहभागि कांग्रेस, एमाले, माले, राप्रपा, जनमोर्चा, जनशक्ति, सदभावना लगायतका अन्य दल सहभागि थिए । उदघोषक कृष्णगोपाल श्रेष्ठका अनुसार बिरोध सभामा २७ दल सहभागि थिए । कार्यक्रममा सहभागिहरु सरकारलाई दबाब दिन भन्दै यो चर्को घाममा जनप्रदर्शनमा उत्रेका थिए ।
कार्यक्रमको मन्चमा बसेका सबैलेजसोलाई वक्ता राखेका थिए । कहिल्यै नाम नसुनिएका पार्टी र तिनका नेता समेत उपस्थित थिए । धेरै साना पार्टी र तिनका अध्यक्षको नाम उद्घोषकले समेत राम्ररी उच्चारण गर्न सकेनन् । नाम भन्न अप्ठेरो हुने भएपछि उनले पार्टीको नाम मात्रै भनेर प्रतिनिधि आउनुस् भनेर बोलाएकान थिए ।
सभामा बोल्ने कतिपय नेताले मञ्चमा अकमकिए । सर्वहारा पार्टी नेपालको तर्फबाट बोल्ने वक्ताले पहिले आफ्नो नाम नै नभनी श्लोक भने । अनि पछि बल्ल उनले नाम भने । श्लोक र आफ्नो परिचय दिएर उनी बिदा भए । नेपाली जनता दलका रामकुमार ओझाको पनि उस्तै थियो । सुकुम्बासी पार्टी लोकतान्त्रिकका अध्यक्षले सरकारको बिरोधभन्दा सुकुम्बासी हटाईएको बिरोध गरे । उदघोषकले आफनो पार्टीको नाम गलत भनेको भन्दै नेकपा माले जनसमाजवादीका प्रतिनिधिले आलोचना गरे । सद्भावना आनन्दीदेवीका देवेन्द्र मिश्रले हिन्दीमा भाषण गर्दा सहभागीहरुले हुटिङ गरेर बिरोध जनाएपछि कांग्रेस उप सभापति रामचन्द्र पौडेलले उठेर सम्झाउनु परेको थियो । 'नेपालभित्र बोलिने सबै भाषा राष्ट्रिय भाषा भएकाले बोल्न पाउनु उहाूको अधिकार हो, हल्ला नगर्नुस,' उनले भने । त्यसपछि मिश्रले राष्ट्रियताबारे हिन्दी भाषामै बोलेका थिए ।
ठूला पार्टीका शीर्ष नेताहरुको भाषणको बेला मञ्चको अगाडि भागमा कार्यकर्तासंख्या घटिसकेको थियो । कार्यकर्ताहरु छटपाएका थिए ।
साँझ पाच बजे कार्यक्रम सकाउने उदघोष सहति सुरु भएको कार्यक्रम सक्दा सवा सात बजेको थियो । मन्चको अग्र भागमा सितलको लागि पाल टागिएको थियो । यस भित्र नअटनेहरु भने सितल खोज्दै अन्यत्र छरिएका थिए । दलका शीर्ष नेताहरु भने चर्को घाममा पसिना पछिरहेको देखिन्थ्यो ।
बिरोध सभामा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी खुल्ला मञ्च आसापसको सुरक्षा अवस्था कडा पारिएको थियो । बिरोध सभामा अपि्रय घटना नहोस भनेर १ हजार १ सय सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीयस्पी धिरजप्रताप सिंहले बताए । उनका अनुसार आठ सय नेपाल प्रहरी, साढे तीन सय सशस्त्र प्रहरी र ५० जना सादा पोशाकका प्रहरी परिचालन गरिएको थियो । सभा भएको वरीपरी र बाहिरी भागमा सीसीक्यामरा जडान गरिएको थियो । एक बजेदेखि कार्यकर्ता खुल्लामञ्च आउन थालेका थिए । कांगे्रसका कार्यकर्ता सुधानधाराबाट, एमालेको भृकुटीमण्डप, जनशक्ति, राप्रपाले नक्सालबाट र अन्य दलका कार्यकर्ता भद्रकाली भेला भएर खुल्ला मञ्च गएको सिहंले बताए । उपत्यकाको गाउूगाउूबाट बस रिर्जभ छतमा समेत राखेर कार्यकर्ता ल्याएका थिए । खुलामञ्चको कार्यक्रममा सहभागी हुन राजधानीका विभिन्न स्थानबाट जुलुससहित भेला भएका थिए । भेलाका कारण राजधानीको यातायात १ देखि २ बजेसम्म पूर्ण रुपमा प्रभावित भएको थियो । बिर अस्पताल अगाडिको सडक भने साझसम्म पनि अवरोध भएको थियो । सवारी सुचारु गर्न प्रहरीले ड्राइभट गरेका थिए ।
खुल्ला मञ्चमा चर्को भाषण भइरहदा राप्रपा नेपालले भद्रकाली पुरानो बसपार्क, रत्नपार्क हुदै जमल तर्फ मोटरसाइकल र्याली गरेको थियो । र्यालीमा करिब १ हजार ५ सय सहभागि रहेको प्रहरीले अनुमान गरेको छ ।
बिरोध सभामा सहभागिलाई मारवाडी सेवा समाजले खानेपानीको व्यवस्था गरेको थियो । श्रवणशक्ति कमजोर भएकालाई इशारा गरेर बुझाउन छुट्टै व्यक्ति खटिएका थिए ।

0 comments