'जिन्दगानी दर्पणछायाँ' मोफसलमा भने असार ८ गतेदेखि

               शुक्रबारदेखि काठमाडौं उपत्यकामा प्रदर्शनमा आउने चलचित्र 'जिन्दगानी दर्पणछायाँ' मोफसलमा भने असार ८ गतेदेखि प्रदर्शन हुनेछ।  चलचित्रका निर्माता रोहित पुरीका अनुसार सबै वर्गका दर्शकलाई मध्यनजर गरेर यो चलचित्र निर्माण गरिएको हो। यो चलचित्रको निर्देशन  मनिष पन्तले गरेका हुन्। चलचित्रमा दिलीप रायमाझी, नन्दिता के.सी., सन्तोष अग्रहरी, रजनी प्रधान, मनोज श्रेष्ठ आदि कलाकारको  महत्वपूर्ण भूमिका छ। केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) ले यो चलचित्रलाई विश्वभरि प्रदर्शन गर्न पाउने गरी युनिभर्सल (यू)  सर्टिफिकेट दिएको छ। तत्कालीन राजदरबार तथा हालको नारायणहिटी संग्रहालयमा पहिलो पटक छायांकन गरिएको यो चलचित्रको निर्माण  श्रीनगर फिल्म्स प्रालिको ब्यानरमा गरिएको हो। निर्देशक पन्तकै लेखन तथा छायांकन रहेको यो चलचित्रमा वीरेन्द्र अग्रहरीले संगीत भरेका  छन्। दिनेश अधिकारीको नृत्य तथा सानु कुमारको द्वन्द्व निर्देशनको चलचित्र जिन्दगानी दर्पण छायाँमा सामाजिक कथा चित्रण गरिएको  बताइन्छ। चलचित्रमा एउटा आइटम गीत पनि छ जसमा नृत्य गर्ने क्रममा नायिका सुष्मा कार्कीले उत्तेजक हाउभाउ प्रस्तुत गरेकी छिन्।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको