निर्वाचन गरिछाड्ने प्रधानमन्त्रीको प्रतिबद्धता

            प्रधानमन्त्री डा बाबुराम भट्टराईले तोकिएकै मितिमा संविधानसभाको निर्वाचन गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामपाटन, पोखरामा सञ्चालित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम तथा दीक्षान्त समारोहमा भट्टराईले संविधानसभा विघटन भएपछि ताजा जनादेशका लागि तोकिएकै मितिमा निर्वाचन गराउन सरकार लागिपरेको बताउनु भयो ।
उहाँले सशस्त्र प्रहरी बलले विगतको संविधानसभा निर्वाचनमा खेलेको भूमिका झैं अब हुने चुनावमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । मुलुक सङ्क्रमणकालीन अवस्थामा रहेको र देश संविधानसभा निर्वाचनमा होमिएको हँुदा सुरक्षा निकायलाई सहज भएर आफ्नो कर्तव्यमा खटिन प्रधानमन्त्री भट्टराईले निर्देशन समेत दिनुभयो ।
उहाँले राष्ट्रिय एकता र अखण्डतालाई मजबूत बनाउन जातीय, क्षेत्रीय, भाषिकता एवम् विविधताको सम्मान गर्दै समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । समारोहमा सिसं ९ अन्तर्गत एक वर्षे तालिम लिएका ७७ जना सशस्त्र प्रहरी दीक्षित भएका थिए ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले सङ्क्रमणकालीन अवस्थामा शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकायका हरेक अङ्ग सजग रहनुपर्ने बताउनुभयो । रासस

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको