जागीर नपाउदा एक युवक द्वारा आत्महत्या
जागीर नपाएको झोकमा पर्सामा एक युवकले
आत्महत्या गरेका छन् । जागीरका लागि सवै क्षेत्रमा धाउँदापनि जागिर नपाएपछि
महोत्तरीका २८ वर्षीय प्रवीण भट्टले गएराती कोठामै विषसेवन गरी आत्महत्या
गरेका हुन् ।
वीरगन्जको ठाकुरराम क्याम्पसको स्तानक तह
पहिलो वर्षमा अध्यनरत भट्ट हाल वीरगन्जको रानीघाटमा डेरा लिइ बस्दै आउका
थिए । साथी आशिष तिवारीसँग डेरामा बसेका भट्ट साथी तिवारी काममा गएका वेला
विषसेवन गरेर आत्महत्या गरेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी
उपरीक्षक पीताम्बर अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले अनुसन्धानका लागि उनका साथी
तिवारीलाई पनि नियन्त्रणमा लिएको छ भने उनको शव पोस्टमार्टमका लागि नारायणी
उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।
0 comments