पर्यटनमन्त्रीको ‘भिसा काण्ड’को नालीवेली
भिसा नै नलगाई जर्मनी जान उडेका नेपाल पर्यटनमन्त्री लोकेन्द्र बिष्टमगर युएईको अबुधावीमा रोकिएपछि अहिले बिष्टका बारेमा निकै टिकाटीप्पणी हुने गरेको छ । कतिपयले उनलाई हुस्सु भने त कतिपयले सिष्टम बाईपास गरेर गएका कारण फसेको भने । अर्काथरीले यो प्रकरणमा मन्त्री र मन्त्रीकै निजी सचिवालयको दोष देख्छन् । करिव १८ घण्टा
यूएई । भिसा नै नलगाई जर्मनी जान उडेका नेपाल पर्यटनमन्त्री लोकेन्द्र बिष्टमगर युएईको अबुधावीमा रोकिएपछि अहिले बिष्टका बारेमा निकै टिकाटीप्पणी हुने गरेको छ । कतिपयले उनलाई हुस्सु भने त कतिपयले सिष्टम बाईपास गरेर गएका कारण फसेको भने । अर्काथरीले यो प्रकरणमा मन्त्री र मन्त्रीकै निजी सचिवालयको दोष देख्छन् ।सुनौं यो ‘भिसा काण्ड’को नालीवेली उनकै शब्दमा :
जर्मनीमा पर्यटन सम्वन्धि कार्यक्रम हुँदै छ भन्ने १ महिना पहिला नै थाहा थियो । पर्यटन सचिव ज्यू एक पटक भाग पनि लिईसक्नु भएको हुनाले कार्यक्रमको बारेमा बि्रफिङ्ग गरिरहनु भएको थियो । यसपटक मन्त्रीज्यूनै सम्मेलनमा जाँदा राम्रो होला भन्ने आग्रह अनुसार जाने योजना भएको हो । मैले ७ दिनपछि मात्र जाने निर्णय गरेको हुँ ।
कुनै पनि काम हतारमा गर्ने मेरो बानी छैन त्यसैले पछि कुनै अप्ठेरो नहोस भनेर नै सोचेर जाने निर्णय लिएको हो । कार्यक्रममा भाग लिन त जानु पर्यो । त्यहाँ प्रस्तुत गर्ने नोट तयार पार्न निर्देशन दिए । भ्रमणमा को को जाने, कति जनाको भ्रमण दल जाने, टिकट खर्च, कहिले आउने, कहिले जाने कार्यक्रम के के हो सबै मलाई देउ, के प्रस्तुत गर्नु पर्ने हो सबै कुरा देउ भनेको थिए । उनीहरुले सानो नोट बनाएर दिए । नोटलाई तिन पटक हेरी म आफैले यो यो ठाउँमा यो यो चेन्ज गर्नु पर्दछ भनी निर्देशन दिए, त्यहि अनुरुप भयो ।
सम्मेलन हुने १५ दिन पहिला सचिवज्युलाई पासपोर्ट, भिषा, टिकट व्यवस्था गर्नको लागि निर्देशन दिए । सातौ पटकसम्म मैले के हुँदैछ भनेर सोधि राखेको थिए । काम हुँदैछ मन्त्रीज्यू भन्दै सचिव, स्वकिय सचिवले जवाफ दिए । म त ढुक्क भए । कार्यक्रममा, मिटिङ्गमा कुदी रहनु पर्ने, मसंग त समय थिएन । पहिला सचिव र म आउने कुरा थियो । मन्त्रालयमा मन्त्री र सचिव दुवै जना बाहिर हुन नहुने सरकारको नितीअनुसार म र श्रीमती गरी दुई जना कार्यक्रममा भाग लिन निस्केका हौ । भ्रमण जाने दिन भन्दा १ दिन पहिला पनि सचिव ज्यूलाई राम्रोसंग चेक गर्नुहोस् पछि कुनै अप्ठेरो नहोस् भनेर सोधेको पनि हो ।
यता आउने दिनमा १ घण्टा पहिल्यै एयरपोर्ट, टिकट, लगेज चेक गरायौं । मन्त्री जाने गेटबाट होईन, च्यानल गेटबाट सबै कुरा चेक गर भनें । मेरै गाडीमा राखेर स्वकिय सचिवलाई पठाए । सचिव पनि त्यही आएका थिए । एयरपोर्टका जिएम पनि त्यहि आएका रहेछन् । हेर है सबै ठिक छ या छैन भनें । एयरपोर्ट पुग्दा सचिवज्यूले दुई वटा फाईल ल्याउनु भाको थियो सदर गरे । प्लेन छुट्नै लागेको थियो । हतार हतार पासपोर्ट टिकट लिई भित्र आयौं । अध्यागमन विभागमा नो कमेन्ट, ईत्तिहाद प्लेनमा नो कमेन्ट, लाग्यो सबै ठिक छ, सोध्ने हेर्ने केही कुरा नै भएन । १ घण्टा पहिला चेक गर्न पठाईसकेपछि सोध्ने कुरा पनि भएन विश्वासमा परियो ।
मार्च ५ करिव ८ :२० मा अबुधावीमा प्लेन ल्याण्डिङ्ग भयो । त्यहाँबाट जर्मनीको बर्लिन जान भोलिपल्ट विहान २ बजे मात्र फ्लाईट हुने जानकारी आयो । अब के गर्ने यो समयमा ? हामी नजिकै रहेको यात्री प्रतिक्षालयमा बस्यौं, दुवै जना सुत्नु भएन । म यसो पल्टीन्छु रातको १२ बजे उठाउनु भन्याथे श्रीमतीलाई । मलाई अलि सञ्चो पनि थिएन खोकी लाईराखेको थियो । रातको १२ बजे उठाईन, बर्लिन जानको लागि लामो लाईन थियो । हामी किन अगाडी जाने पछाडी नै बसौ न भनी पछाडी लाईनमा बस्यौं । भारतीय नागरिकले ‘लाईनमे लगजाओ’ भन्दै थियो । हामी भन्दा पछाडी दुई जना थिए । ‘वी आर रेडी, नो कम्प्लेन, नो ल्याप्स’ । जब हाम्रो पालो आयो, मेरो पासपोर्टमा भिषा चेक गर्न थाल्यो, तीन पटक वल्टाई पल्टाई गर्दा समेत भिषा फेला परेन । तर श्रीमतीकोमा भने भिषा थियो । एक जना भारतीय नागरिकले ‘आपका भिषा नहीं हे, आप बर्लिन जा नैसक्ताये’ भन्यो, खिसि्रकक परियो ।
अब के गर्ने ? दोधारमा परियो हामीसंग अरु कोहि थिएनन् । अब नेपालमा फोन गर्नु प्यो भनी कार्ड खोजेको दिएन । दुई जना नेपाली भाइहरु एयरपोर्ट भित्रै भेट भयो । उनीहरुलाई पनि सोधें के गर्ने होला भनेर । एक जनाले भने-सर र्फकनै ठिक होला ।’अर्काले भने-भन सुन गर्दा हुन्छ की ।’ तर त्यतिबेला सम्म म नेपालको मन्त्री हो भनेर चिनिएको थिईन ।लौ अब ठिकै छ नेपाल र्फकनै पर्यो भनी अबुधावी- फ्याङ्कफोर्टको टिकटलाई अबुधावी-काठमाण्डौ टिकट बनायौं । एउटा चिट दिंदो रहेछ त्यो चिट लिएर नेपाली भाइले नै ट्रान्जीट होटलमा लिएर गए । खान पनि छैन, पानी पनि छैन हालत खराव बनायो । विहान भयो अब भने यो कुरा नेपालमा थाहा भयो । यहाँबाट केही न केही कुरा नेपालमा गयो । किनकी जर्मनमा प्लेन अवतरण गर्ने समय भयो ।
त्यहाँ मेरो उपस्थित नभएपछि अवस्य नेपालमा खवर भयो होला । नेपाल र्फकने समय दिउँसोको १ बजे रहेछ । १० बजे बुढा बुढी निस्किऔं, सोध्दै खोज्दै केही खाईयो, त्यसपछि फेरी ट्रान्जिट होटलमै बसियो । काठमाण्डौ जाने सामान चेक अप गर्नेतिर लाग्यौं । साढे ११, वा पौने बार बजेतिर ट्रान्जीट होटलमा दूतावासबाट दिपक जी-युएईका लागि कार्यवाहक नेपाली राजदूत) सोध्दै खोज्दै पुग्नु भयो । उहाँले ‘मन्त्री ज्यू जस्तो लाग्छ’ भनी सोध्नु भयो अनी बल्ल ‘म मन्त्री नै हो’ भनें । अलमलमा परें, देशको प्रतिष्ठाको कुरा छ, दिपक जी केही गर्न सक्नु हुन्छ भने गर्नुहोस् भनेर अनुरोध गरें । जे त होला, भए जाने नभए काठमाण्डौ र्फकने भनी पहिला लगेज निकालें, अनि टिकट बदल त्यसपछि भिसाको प्रोसेस गरें ।
त्यपछि म उहि होटलमा गए त्यतिनै बेला प्रराष्ट्रमन्त्रीज्यूले फोन गर्नु भयो । तपाईको यसो-यसो भएछ तपाई चिन्ता नमान्नुहोस तपाई जसरी भए पनि बर्लिन पुग्नुहोस् यहाँ भन्नु पर्ने काम म भन्ने छु’ भन्नुभयो । फेरी पनि दिपक जीलाई भनें- कसरी हुन्छ मिलाउनुहोस् । ट्रान्जिट भिषा नभएको हुनाले दूतावासमा पुग्न पनि गाह्रो भयो । दिपकजीले यहााको प्रशासनमा सम्पर्क गरी ९६ घण्टाको ट्रान्जिट भिषाको ब्यवस्था गरिदिनु भयो । नेपालबाट आउदाखेरीनै अलि सन्चो थिएन, अहिले पनि खोकी लाई राको छ । दिपकजीले सिधै यहाँको एनएमसी भन्ने अस्पतालमा लगेर जानु भयो अहिले अलि ठिक भाको छ, औषधी खाँदै छु । मार्च ६ मा ढिलो मात्र दिपक जीसंग भेट भाको हुनाले भिषाको प्रोसेस हुन सकेन् । भोलीपल्ट भिसा मिल्यो । समापनमा मात्र भए पनि उपस्थित भएर र्फकने सोंच छ तर जुन उद्देश्य लिएर जान लागेको हो त्यो भने पुरा हुने भएन ।
भिषा नलगाउनुमा कस्को गल्ति छ ? छानविन टोली गठन गर्न सचिवलाई लगाएको छु । यसमा कस्को गल्ति हो पत्ता लाग्ने छ । जस्ले गल्ती गरेको हो त्यो सजायको भागेदारी हुने छ चाहे म बाटै गल्ती किन नहोस् । सचिव, स्वकिय सचिव, अध्यागमन विभाग जस्को गल्ती देखिए पनि कार्वाहि हुने छ । यतिकै छोड्दा पछि अर्को घट्ना दोहोरिन सक्छ ।जहाँ सम्म मिडियामा म अध्यागमनमा थुनिएको कुरा आयो, त्यो कुरा ठिक होईन । भ्रमण दलमा हामी दुई जना मात्र छौ, अबुधावी प्रहरी वा अध्यागमन विभागले समातेको पनि होईन । भिसा नै नभएको कारण रोकिएको मात्र हो ।अबुधावी अध्यागमनमा बिताएछि युएईस्थित राजदूत निवासमा पुगेका बेला हामीले उनलाई अलिअलि बिरामी र थकित मुद्रामा भेटेका थियौं । जर्मनी प्रस्थान गर्नु केही घण्टाअघि हामीले घटना के हो ? कसरी गल्ती भयो ? को दोषी हो लगायतका बिषयमा जिज्ञासा राखेका थियौं । सुनौं यो ‘भिसा काण्ड’को नालीवेली उनकै शब्दमा :
जर्मनीमा पर्यटन सम्वन्धि कार्यक्रम हुँदै छ भन्ने १ महिना पहिला नै थाहा थियो । पर्यटन सचिव ज्यू एक पटक भाग पनि लिईसक्नु भएको हुनाले कार्यक्रमको बारेमा बि्रफिङ्ग गरिरहनु भएको थियो । यसपटक मन्त्रीज्यूनै सम्मेलनमा जाँदा राम्रो होला भन्ने आग्रह अनुसार जाने योजना भएको हो । मैले ७ दिनपछि मात्र जाने निर्णय गरेको हुँ ।
कुनै पनि काम हतारमा गर्ने मेरो बानी छैन त्यसैले पछि कुनै अप्ठेरो नहोस भनेर नै सोचेर जाने निर्णय लिएको हो । कार्यक्रममा भाग लिन त जानु पर्यो । त्यहाँ प्रस्तुत गर्ने नोट तयार पार्न निर्देशन दिए । भ्रमणमा को को जाने, कति जनाको भ्रमण दल जाने, टिकट खर्च, कहिले आउने, कहिले जाने कार्यक्रम के के हो सबै मलाई देउ, के प्रस्तुत गर्नु पर्ने हो सबै कुरा देउ भनेको थिए । उनीहरुले सानो नोट बनाएर दिए । नोटलाई तिन पटक हेरी म आफैले यो यो ठाउँमा यो यो चेन्ज गर्नु पर्दछ भनी निर्देशन दिए, त्यहि अनुरुप भयो ।
सम्मेलन हुने १५ दिन पहिला सचिवज्युलाई पासपोर्ट, भिषा, टिकट व्यवस्था गर्नको लागि निर्देशन दिए । सातौ पटकसम्म मैले के हुँदैछ भनेर सोधि राखेको थिए । काम हुँदैछ मन्त्रीज्यू भन्दै सचिव, स्वकिय सचिवले जवाफ दिए । म त ढुक्क भए । कार्यक्रममा, मिटिङ्गमा कुदी रहनु पर्ने, मसंग त समय थिएन । पहिला सचिव र म आउने कुरा थियो । मन्त्रालयमा मन्त्री र सचिव दुवै जना बाहिर हुन नहुने सरकारको नितीअनुसार म र श्रीमती गरी दुई जना कार्यक्रममा भाग लिन निस्केका हौ । भ्रमण जाने दिन भन्दा १ दिन पहिला पनि सचिव ज्यूलाई राम्रोसंग चेक गर्नुहोस् पछि कुनै अप्ठेरो नहोस् भनेर सोधेको पनि हो ।
यता आउने दिनमा १ घण्टा पहिल्यै एयरपोर्ट, टिकट, लगेज चेक गरायौं । मन्त्री जाने गेटबाट होईन, च्यानल गेटबाट सबै कुरा चेक गर भनें । मेरै गाडीमा राखेर स्वकिय सचिवलाई पठाए । सचिव पनि त्यही आएका थिए । एयरपोर्टका जिएम पनि त्यहि आएका रहेछन् । हेर है सबै ठिक छ या छैन भनें । एयरपोर्ट पुग्दा सचिवज्यूले दुई वटा फाईल ल्याउनु भाको थियो सदर गरे । प्लेन छुट्नै लागेको थियो । हतार हतार पासपोर्ट टिकट लिई भित्र आयौं । अध्यागमन विभागमा नो कमेन्ट, ईत्तिहाद प्लेनमा नो कमेन्ट, लाग्यो सबै ठिक छ, सोध्ने हेर्ने केही कुरा नै भएन । १ घण्टा पहिला चेक गर्न पठाईसकेपछि सोध्ने कुरा पनि भएन विश्वासमा परियो ।
मार्च ५ करिव ८ :२० मा अबुधावीमा प्लेन ल्याण्डिङ्ग भयो । त्यहाँबाट जर्मनीको बर्लिन जान भोलिपल्ट विहान २ बजे मात्र फ्लाईट हुने जानकारी आयो । अब के गर्ने यो समयमा ? हामी नजिकै रहेको यात्री प्रतिक्षालयमा बस्यौं, दुवै जना सुत्नु भएन । म यसो पल्टीन्छु रातको १२ बजे उठाउनु भन्याथे श्रीमतीलाई । मलाई अलि सञ्चो पनि थिएन खोकी लाईराखेको थियो । रातको १२ बजे उठाईन, बर्लिन जानको लागि लामो लाईन थियो । हामी किन अगाडी जाने पछाडी नै बसौ न भनी पछाडी लाईनमा बस्यौं । भारतीय नागरिकले ‘लाईनमे लगजाओ’ भन्दै थियो । हामी भन्दा पछाडी दुई जना थिए । ‘वी आर रेडी, नो कम्प्लेन, नो ल्याप्स’ । जब हाम्रो पालो आयो, मेरो पासपोर्टमा भिषा चेक गर्न थाल्यो, तीन पटक वल्टाई पल्टाई गर्दा समेत भिषा फेला परेन । तर श्रीमतीकोमा भने भिषा थियो । एक जना भारतीय नागरिकले ‘आपका भिषा नहीं हे, आप बर्लिन जा नैसक्ताये’ भन्यो, खिसि्रकक परियो ।
अब के गर्ने ? दोधारमा परियो हामीसंग अरु कोहि थिएनन् । अब नेपालमा फोन गर्नु प्यो भनी कार्ड खोजेको दिएन । दुई जना नेपाली भाइहरु एयरपोर्ट भित्रै भेट भयो । उनीहरुलाई पनि सोधें के गर्ने होला भनेर । एक जनाले भने-सर र्फकनै ठिक होला ।’अर्काले भने-भन सुन गर्दा हुन्छ की ।’ तर त्यतिबेला सम्म म नेपालको मन्त्री हो भनेर चिनिएको थिईन ।लौ अब ठिकै छ नेपाल र्फकनै पर्यो भनी अबुधावी- फ्याङ्कफोर्टको टिकटलाई अबुधावी-काठमाण्डौ टिकट बनायौं । एउटा चिट दिंदो रहेछ त्यो चिट लिएर नेपाली भाइले नै ट्रान्जीट होटलमा लिएर गए । खान पनि छैन, पानी पनि छैन हालत खराव बनायो । विहान भयो अब भने यो कुरा नेपालमा थाहा भयो । यहाँबाट केही न केही कुरा नेपालमा गयो । किनकी जर्मनमा प्लेन अवतरण गर्ने समय भयो ।
त्यहाँ मेरो उपस्थित नभएपछि अवस्य नेपालमा खवर भयो होला । नेपाल र्फकने समय दिउँसोको १ बजे रहेछ । १० बजे बुढा बुढी निस्किऔं, सोध्दै खोज्दै केही खाईयो, त्यसपछि फेरी ट्रान्जिट होटलमै बसियो । काठमाण्डौ जाने सामान चेक अप गर्नेतिर लाग्यौं । साढे ११, वा पौने बार बजेतिर ट्रान्जीट होटलमा दूतावासबाट दिपक जी-युएईका लागि कार्यवाहक नेपाली राजदूत) सोध्दै खोज्दै पुग्नु भयो । उहाँले ‘मन्त्री ज्यू जस्तो लाग्छ’ भनी सोध्नु भयो अनी बल्ल ‘म मन्त्री नै हो’ भनें । अलमलमा परें, देशको प्रतिष्ठाको कुरा छ, दिपक जी केही गर्न सक्नु हुन्छ भने गर्नुहोस् भनेर अनुरोध गरें । जे त होला, भए जाने नभए काठमाण्डौ र्फकने भनी पहिला लगेज निकालें, अनि टिकट बदल त्यसपछि भिसाको प्रोसेस गरें ।
त्यपछि म उहि होटलमा गए त्यतिनै बेला प्रराष्ट्रमन्त्रीज्यूले फोन गर्नु भयो । तपाईको यसो-यसो भएछ तपाई चिन्ता नमान्नुहोस तपाई जसरी भए पनि बर्लिन पुग्नुहोस् यहाँ भन्नु पर्ने काम म भन्ने छु’ भन्नुभयो । फेरी पनि दिपक जीलाई भनें- कसरी हुन्छ मिलाउनुहोस् । ट्रान्जिट भिषा नभएको हुनाले दूतावासमा पुग्न पनि गाह्रो भयो । दिपकजीले यहााको प्रशासनमा सम्पर्क गरी ९६ घण्टाको ट्रान्जिट भिषाको ब्यवस्था गरिदिनु भयो । नेपालबाट आउदाखेरीनै अलि सन्चो थिएन, अहिले पनि खोकी लाई राको छ । दिपकजीले सिधै यहाँको एनएमसी भन्ने अस्पतालमा लगेर जानु भयो अहिले अलि ठिक भाको छ, औषधी खाँदै छु । मार्च ६ मा ढिलो मात्र दिपक जीसंग भेट भाको हुनाले भिषाको प्रोसेस हुन सकेन् । भोलीपल्ट भिसा मिल्यो । समापनमा मात्र भए पनि उपस्थित भएर र्फकने सोंच छ तर जुन उद्देश्य लिएर जान लागेको हो त्यो भने पुरा हुने भएन ।
भिषा नलगाउनुमा कस्को गल्ति छ ? छानविन टोली गठन गर्न सचिवलाई लगाएको छु । यसमा कस्को गल्ति हो पत्ता लाग्ने छ । जस्ले गल्ती गरेको हो त्यो सजायको भागेदारी हुने छ चाहे म बाटै गल्ती किन नहोस् । सचिव, स्वकिय सचिव, अध्यागमन विभाग जस्को गल्ती देखिए पनि कार्वाहि हुने छ । यतिकै छोड्दा पछि अर्को घट्ना दोहोरिन सक्छ ।जहाँ सम्म मिडियामा म अध्यागमनमा थुनिएको कुरा आयो, त्यो कुरा ठिक होईन । भ्रमण दलमा हामी दुई जना मात्र छौ, अबुधावी प्रहरी वा अध्यागमन विभागले समातेको पनि होईन । भिसा नै नभएको कारण रोकिएको मात्र हो ।
0 comments