"जिन्दगीसँग हार खाएर होस्टलमै गरिन् आत्महत्या"
राजधानीको एक कलेजमा पढ्ने छात्राले झुण्डिएर आत्महत्या गरेकी छन् । काठमाडौं, बत्तिसपुतलीस्थित निम्स कलेजमा पढ्ने १८ वर्षीय समीक्षा गहतराजले होस्टल कोठाको पंखा झुण्ड्याउने सिलिङमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
महानगरीय प्रहरी प्रभाग, गौशालाका प्रहरी निरीक्षक अपिल बोहराले सिलिङमा सलको पासोमा झुण्डिएर आत्महत्या गरेको बताए । प्युठान, बिजुवाटार घर भएकी उनी तीन महिनादेखी होस्टलमा बसेर 'एचए' पढ्दै थिईन् । बुधबार दिउँसो साथीहरुसंग होली खेलेर गहतराज कोठामा फर्केकी थिईन् ।
उनीसँगै होस्टलको कोठामा बस्ने अर्की छात्रा भने होलीका लागि बिदामा घर गएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलमा 'सुसाईड नोट' समेत पाएको छ । नियमित डायरी लेख्ने गरेकी उनले आफू जिन्दगीसँग हार खाएको बताएकी छन् । 'मैले बाबु आमालाई दुख दिएँ, राम्रोसँग केहि गर्न सकिनँ, मलाई माफ गरिदिनु, म संसार छाडेर जाँदैछु,' उनले डायरीमा लेखेकी छन् । पैसामात्र खर्च भएको र स्टाफ नर्सको इन्ट्रान्समा पनि नाम निकाल्न नसकेको उनले उल्लेख गरेकी छन् ।
0 comments