बिराजले भने "अब म चोरीएका चलचित्रमा काम गर्दिन"

नेपाली चलचित्रका निर्माताको रोजाईको हिरो बनिराखेकै बेला भोजपुरी चलचित्रमा हाम फालेर भोजपरीमा पनि राम्रै चर्चा पाएका नायक बिराज भट्टले अब कुनै पनि  कथा चोरीएको चलचित्रमा काम नगर्ने बताएका छन् ।
बिराजले अहिले सम्म आफुले नेपालमा खेलेका चलचित्र मध्य प्राय हिन्दी चलचित्रबाट चोरीएको भनि आरोप पनि लगाए । उनले अहिले सम्म चोरीएको चलचित्रमा काम गर्नु आफ्नो बाध्यता भएको र अव देखि कहिले त्यस्ता चोरीएका चलचित्रमा काम नगर्ने जनाएका छन् । केही दिन अगाडी इन्डियाबाट नेपाल आएका बिराजले पोखराको विग एफएमसंग टेलिफोन अन्र्तबार्तामा यस्तो कुरा बताएका हुन् । 

'मैले अहिले सम्म गरेका चलचित्रहरु प्राय हिन्दी चलचित्रबाट चोरीएका थिए र म बाध्य हुन्थेँ अब म चोरीएका चलचित्रमा काम गर्दिन', उनले भने, 'यदि राम्रो, मौलीक चलचित्रबाट प्रताव आएन भने म आफैँ चलचित्र बनाउँछु ।' त्यो बेला बाँच्नको लागी पनि निर्माताले जस्तो भन्यो त्यस्तै चलचित्रमा काम गर्नेु परेको उनको भनाई छ । अहिले आफुसंग पैसा भएको र अब पैसाकै लागी भनेर जस्तो पायो त्यस्तो चलचित्रमा काम नगर्नै र यदि राम्रो चलचित्रबाट प्रस्ताव आएन भने आफैले सिनेमा निर्माण गर्ने उनको भनाई थियो । सिनेमा कहिले बनाउने भन्ने कुरा भने उनले खुलाएनन् ।


नेपालका चलचित्रकर्मीले अन्त जस्तो मेहनत नगरेकाले नेपालमा चलचित्रहरु राम्रो नबन्ने गरेको उनको टिप्पणी छ । योसंगै उनले निर्माता निर्देशकले आफ्नो टाउको बेचेको पनि आरोप लगाए  । उनले राम्रो चलचित्र भन्दा पनि बिराज भट्टको टाउकोको लागी चलचित्र बनेको बताए । 'चलचित्रको पोस्टरमा कलाकारको टाउको राखे पछि सिनेमा चल्छ भन्ने सोचाईको कारण बिग्रको हो', उनि भन्छन् ।

आफु अझै पनि नेपाली चलचित्रको स्टार भएको उनको दाबी थियो । 'मलाई अझै पनि नेपाली दर्शकले माया गर्छन् र मेरो चलचित्र हिट हुन्छ', बिराज दाबी गर्छन् ।  त्यसो त भरखरै मात्र उनले अभिनय गरेको चलचित्र मजबुर रिलिज भएको छ जुन खासै सफल भएन ।  तर बिराजले भने मजबुर अरु भन्दा राम्रो बताए । उनले पछिल्लो क्रममा सफल भएको चलचित्र लुटलाई हिट मान्न नहुने पनि बताए । उनले लुट महङगो मल्टिप्लेक्स हलमा  चलेको भएर पैसा राम्रो कमाय पनि हिट भन्न नमिल्ने प्रतिकृया दिए । 'नेपाली चलचित्र सहर देखी गाउँसम्म चल्ने खालको हुनुपर्छ र सबै वर्गलाई हुनुपर्छ तर लुट सबै दर्शकको लागी हाईन', उनले भने ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको