के गर्ला त ???? 'ए' सर्टिफिकेटको दर्जा पाएको "चपली हाईटले"

यसै सन्दर्भमा चैत्र ३ गते देखि रिलिज हुन लागेको सेक्सुअल साईको क्राईम कथामा आधारित सिनेमा चपली हाईटले पनि सेन्सरको एक चरण पार गर्दै एडल्ट सिनेमाका ट्याग पाएको छ । बेड सिनमा बोर्डको केही आपत्ति भएपनि सो बिषयलाई चपली हाईटले स्वीकार्दै दृश्यमा तलमाथी गर्ने प्रतिबद्धता जनाएको छ भने सम्बादमा विप हानिदिएको निर्माता अर्जुन कुमारले जानकारी गराए ।
चलचित्र बिकास बोर्डमा सरेको सेन्सर बोर्डले चपली हाईटलाई 'ए' सर्टिफिकेटको दर्जा दिएपनि यो सिनेमाको अनुगमन फितलो होला भन्ने तर्कले बोर्डको सर्टिफिकेट प्रणालीमा फेरी एक पटक विभिन्न प्रश्न पनि उब्जाई दिएको छ । सर्टिफिकेट दिनका लागि मात्र दिईने अनुगमन नहुने परिपाटीले नेपालमा सिनेमा सर्टिफिकेटको भ्यालू नभएको हो । तर बोर्डले सदाको जस्तै यो सिनेमाको अनुगमन कडाई गर्ने बताएको छ तर लुट जसले 'ए' सिर्टिफिकेट पाए पनि सो सिनेमा हेर्न बाल दर्शक पनि हल सम्म पुगेका थिए । जुन दृश्य हेर्दा बोर्डको अनुगमन फितलो देखिएको थियो ।
यस्तै छायाकंन सुरु नगरी रिलिज डेट तोक्ने अनि अन्तिम समयमा सेन्सर गर्ने सिनेकर्मीको परिपाटीले दर्शक समेत कुन सिनेमा कुन श्रेणीको हो भन्ने बिषयमा सधै अन्योलमा पर्ने गरेका छन् । पब्लिीसीटी महिनौ अघि देखि गर्न सिनेकर्मी उत्साहित हुने तर छापिएका पोष्टरमा पाएको सर्टिफिकेटको ट्याग उदृत गर्न चाह नदेखाउदा यो बिषयमा सम्बन्धीत पक्षले ध्यान दिनु पर्ने देखिन्छ । पछिल्लो समय जति पनि चलचित्र रिलिज भएका छन् ती चलचित्रको पब्लिीसिटी पोष्टरमा कही कतै सिनेमाले पाएको सेन्सर दर्जा उल्लेख गरिएको पाईदैन जसकारण एउटा परिवार लिएर सिनेमा हेर्न जाने दर्शकले कुन सिनेमा कुन श्रेणीको हो भन्ने जानकारी सिनेमा हलमा फिल्म हेरेपछी मात्र थाहा पाउने पर्ने अवस्था छ ।
तसर्थ बयष्कले मात्र हेर्न पाउने गरी 'ए' सर्टिफिकेट पाएको चपली हाईटको रिलिज अनुगमनलाई बोर्डले कसरी हेर्छ प्रतिक्षाको बिषय बनेको छ । चपली हाईटलाई दीपेन्द के. खनालले निर्देशन गरेका हुन् जहाँ आमिर गौतम र राज घिमिरेसंग बोल्ड सिन दिदै विनिता बरालले के. टाउन तताउने प्रयास गरेकी छिन् ।
filmy khabar.com
0 comments