बिरामी बोक्ने एम्बुलेन्सले नै बोक्यो भन्सार छलेका सामान


बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै भन्सार छलेर सामान ल्याउने गरेको फेला परेको छ । यहाँस्थित नोबल मेडिकल कलेजको एम्बुलेन्समा भन्सार छलेर ल्याउँदै गरेको लाखौं मूल्यका सामान प्रहरीले बिहीबार बरामद गरेको छ ।
इलाका प्रहरी रानीले भारतबाट अस्पतालका लागि भन्सार छलेर ल्याइएका मेडिकल सामानसहित एम्बुलेन्स बरामद गरेको हो । बरामद गरिएका सामानमा औषधि, सजिर्कलका १४ कार्टुन समान र महगा उपकरणसमेत रहेको प्रहरीले जनाएको छ ।
उपकरणको प्राविधिक मूल्यांकनबिना यकिन मूल्य बताउन कठिन हुने प्रहरीले जनाएको छ । जोगबनीबाट विराटनगर आउँदै गरेको को१च ४९३२ नम्बरको एम्बुलेन्सले को२प ५५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भाग्दै गर्दा प्रहरीले पछ्याएर नियन्त्रणमा लिएपछि सामान ल्याउदै गरेको रहस्य खुलेको हो ।
 एम्बुलेन्सलाई सहज रुपमा आउजाउ गर्न दिइने भएकाले गैरकानुनी रुपमा सामान ओसार्ने गरिएको प्रहरीले जनाएको छ । यसअघि समेत यसरी सामान आएको हुन सक्ने प्रहरीले शंका गरेको छ ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको