"-फुटबल खेल्ने तर गोल चाँही नगर्ने ?सभामुखले प्रधानमन्त्रीलाई सोधे"


               सभामुख सुवासचन्द्र नेम्बाङ प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेटी शान्ति र संविधान निर्माण प्रक्रिया अघि नबढेकोमा गम्भीर चासो चिन्ता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री निबास वालुवाटारमा शुक्रबार विहान भएको भेटमा सभामुख नेम्बाङले दलहरुले प्रतिवद्धता अनुसार शान्ति र संविधान निर्माण प्रक्रिया अघि नबढेकोमा चिन्ता व्यक्त गर्नु भएको हो ।
‘दलहरुले फागुन मसान्तसम्मको समय माग्नु भएको थियो तर, ५ दिनमात्र बाँकी हुँदा पनि कुनै निष्कर्ष निस्किएको छैन’ भेटपछि सभामुखले भन्नुभयो-’मैले प्रधानमन्त्रीलाई फुटबल चाँही खेल्ने, तर गोल नगर्ने भने जस्तो भयो भनेर भनेको छु ।’ सभामुख नेम्बाङले प्रमुख तीन दलको बैठक बस्न नसेककोबारे समेत चासो व्यक्त गर्नु भएको छ ।
जवाफमा प्रधानमन्त्री भट्टराईले फागुन महिनाभित्र शान्ति प्रक्रियाका आधारभूत काम सम्पन्न गरिछाड्ने बताउनु भएको छ । ‘उहाँले फागुन मसान्तसम्ममा शान्ति प्रक्रियाका काम पूरा गर्ने आफ्नो प्रतिजवद्धता अनुसार काम हुनेमा ढुक्क रहन भन्नु भएको छ’ नेम्बाङले भन्नुभयो-’प्रधानमन्त्रीले शान्ति प्रक्रियासँगै संविधान निर्माणको काम पनि अघि बढ्नु पर्नेपर्छ भन्नु भयो ।’ प्रधानमन्त्री भट्टराईले दलहरु आन्तरिक गृहकार्यमा रहेको भन्दै पर्सी तीन दलका शीर्ष नेताहरुको बैठक बस्ने सभामुखलाई जानकारी गराउनु भएको छ ।

भेटमा प्रधानमन्त्री भट्टराईले अब नियमित प्रक्रियाबाट जेठ १४ मा संविधान जारी गर्न सकिने नसकिनेबारेमा सभामुखसँग जिज्ञासा राख्नु भएको थियो । जवाफमा सभामुखले जेठ १४ मा संविधान जारी गर्नुको विकल्प नभएको भन्दै दलहरुबीच मुख्य विवादित विषयमा सहमति जुटे केही प्रक्रिया छोट्याएर संविधान जारी गर्न सकिने बताउनु भएको छ ।


by;onlinekhabar

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको