सर्वोच्चका आदेश लागू गर्न माग


 शिक्षक तथा कर्मचारी अधिकार पुनस्र्थापन अभियान तदर्थ समितिले अस्थायी शिक्षकका सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । उसले  शिक्षक र कर्मचारीको जारी आन्दोलन सर्वोच्चको निर्णयविपरीत रहेको भन्दै फैसला कार्यान्वयनको माग गरेको हो ।
'सर्वोच्च अदालतले यसअघि शिक्षक संघसंगठन र शिक्ष्ाा मन्त्रालयबीच भएको सम्झौता कार्यन्वयन नगर्न भनेर फैसला गरिसकेको छ,' समितिका महासचिव हीरामणि चापागाईंले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'फेरि पनि आन्दोलनबाट अस्थायी शिक्षक र कर्मचारीलाई सम्झौताकै आधारमा स्थायी गरिए ऐन, संविधान र सर्वोच्चको फैसलाविरुद्ध हुनेछ ।'

जारी आन्दोलनको औचित्य नभएको र शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने उनले जनाए । चापागाईं नारायणी उच्चमावि भरतपुरमा कार्यरत अस्थायी शिक्षक तथा रिट निवेदकसमेत हुन् । 'सर्वोच्चको फैसलालाई गुपचुप राखेर शिक्षा मन्त्रालयले शिक्षक युनियन, शैक्षिक गणतान्त्रिक मञ्चसित अर्को सम्झौता गरे गल्ती हुनेछ,' पाटन पुनरावेदन अदालतमा निषेधाज्ञाको निवेदन पेस गरेको जनाउँदै उनले कान्तिपुरसित भने, 'यसबारे मन्त्रालय र आन्दोलनरत शिक्षक युनियनले कारण देखाउ आदेशको म्याद बुझिसकेका छन् ।'
शिक्षा मन्त्रालयले लामो समयदेखि आन्दोलनरत शिक्षक समस्या समाधानका निम्ति सहसचिव जनार्दन नेपालको अध्यक्षतामा शैक्षिक समस्या कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाउनुपर्ने प्रतिवेदन बुझाएविरुद्ध सर्वोच्चमा रिट परेको थियो । उक्त रिटलाई लिएर सर्वोच्चले मन्त्रालयलाई २०६७ माघ २३ गते 'सहमति र सम्झौताका आधारमा शिक्षकलाई सुविधा दिन' नपाइने फैसला गरेको थियो ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको