तेस्रो दिन पनि मुलुकभरको जनजीवन प्रभावित
जातीय पहिचान सहितको संघीय संरचनाको माग गर्दै आदिवासी जनजाति महासंघ
संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दको तेस्रो दिन मंगलबार राजधानी
लगायत मुलुकभरको जनजीवन प्रभावित भएको छ । तराई क्षेत्रमा वृहत मधेशी
मोर्चा र थरुहट संघर्ष समितिको बन्द पनि जारी छ ।
राजधानीका सडकमा सवारी साधन कुदेको छैन । विभिन्न स्थानमा बन्दकर्ताले प्रदर्शन गरेका छन् । लगातार तेस्रो दिनको बन्दले राजधानीको जनजीवन कष्टकर बन्दै छ भने तराई क्षेत्रमा विभिन्न संघ संगठनले गर्दै आएको लामो समयको बन्दले त्यता जनजीवन थप कष्टकर भएको छ । बन्दकर्ताले दाङमा सवारी साधानमा तोडफोड गरेको छ ।

0 comments