रुपन्देहीका रेडियो-टेलिभिजनले समाचार प्रसारण नगर्ने
पत्रकारलाई निर्वाधरुपमा समाचार संकलन गर्न बाधा पुगेको र स्थानीय
प्रशासनले पत्रकारको सुरक्षामा चासो नदिएको भन्दै मंगलबार यहाँबाट प्रकाशित
हुने पत्रिका प्रकाशन बन्द गर्ने, रेडियो र टेलिभिजनले समाचार बुलेटिन
नदिने भएका छन्।
नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा भएको पत्रकार महासंघ रुपन्देहीका पदाधिकारी, सम्पादक, प्रकाशन र प्रशारण संस्थाका सञ्चालकहरुको भेलाले पत्रकारहरुमाथि भएको श्रृखंलाबद्ध आक्रमणप्रति चिन्ता व्यक्त गर्दै सांकेतिक विरोधस्वरुप मंगलबार पत्रिका प्रकाशन बन्द गर्ने, रेडियो र टेलिभिजनमा समाचार प्रशारण बन्द गर्ने निर्णय गरेको हो।
जातीय पहिचानसहितको संघीयताको माग गर्दै आन्दोलनमा उत्रिएका आदिवासी जनजाति महासंघ आवद्ध व्यक्तिहरुले रुपन्देहीमा सोमवार तीन सञ्चारकर्मीका मोटरसाइकल तोडफोड गर्नुका सार्थ आफू अनुकुल समाचार नदिएको भन्दै धम्काएको नेपाल पत्रकार महासंघ रुपन्देहीले जनाएको छ। पत्रकारलाई समाचार संकलनमा बाधा नपुर्याउने प्रतिबद्धता जनाएपनि आन्दोलनकारी व्यवहारमा सञ्चारकर्मीप्रति असहिष्णु बन्दै गएको बताए।
प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष एवं जनसंघर्ष दैनिकका प्रधानसम्पादक बालकृष्ण चापागाईले आन्दोलनकारी अराजक बन्दाको मार सञ्चारकर्मी ले व्यहोर्नुपरेको बेला राज्यले सुरक्षाको प्रत्याभूति दिन नसकेको बताए।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं लुम्बिनी दैनिकका सम्पादक मोहन चापागाईंले पत्रकारले काम गर्न नसक्ने जनाउदै पत्रिका बन्द हुनु दुखद भएको बताउदै स्थानीय प्रशासन पत्रकारको सुरक्षाप्रति संवेदनशील नबनेको बताए। ‘छलफलमा सहभागी साथहरुले पत्रकार महासंघसगँ सुरक्षाको ग्यारेण्टी गर्न माग गरे, महासंघ आफैंले सुरक्षाको ग्यारेण्टी गर्ने नभई राज्यका निकायलाई झक्झकाउने हो, राज्यका निकाय नै निकम्मा भएका छन्-उनले भने।
पत्रकार महासंघ रुपन्देहीले राखेको छलफलमा सहभागी मिडिया सञ्चालकहरुले पनि मिडिया हाउसमा असुरक्षा बढेको भन्दै पत्रकारको सुरक्षा दिन नसक्ने बताएपछि पत्रकारहरु गंभीर बनेका थिए। सहभागी रुपन्देहीका दुई दर्जन पत्रकारले सुरक्षाको माग गर्दै आन्दोलनको विकल्प नभएको धारणा राखेपछि सांकेतिक विरोधस्वरुप एक दिन मिडिया हाउस बन्दको निर्णय भएको हो। भेलामा पत्रकारहरुलाई आइरहेका विभिन्न खाले धम्कीका बारेमा पनि छलफल भएको थियो। राज्य नै कमजोर र निरिह भएकोले पत्रकारहरु प्रति असुरक्षा बढिरेहेको भेलाले निष्कर्ष निकालेको छ।
रुपन्देहीबाट सात वटा दैनिक प्रकाशित हुनुको साथै १२ वटा एफएम र दुई वटा टेलिभिजन प्रशारण भइरहेका छन्। पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष ज्ञवालीले योजनावद्ध रुपमा पत्रकारका मोटरसाइकल तोडफोड हुदासमेत दोषीलाई पक्राउ गरी कारवाही अघि बढाउन प्रहरी हच्किएकोले पत्रकारहरु गम्भीर बनेको बताए।
आन्दोलनकारीले सोमबार बिहान मेचीकाली दैनिकका सहसम्पादक एंव इन्सेक रुपन्देहीका प्रतिनिधि अमृत गिरीको लु ४ प ६६५९ नम्वरको मोटरसाइकल बेलवासमा, लुम्विनी टेलिभीजनका संवाददाता भरत प्रधानको लु ७ प ११४९ नम्वरको मोटरसाइकल जोगीकुटीमा र रेडियो लुम्विनीका स्टेशन म्यानेजर कृष्ण नेपालको लु ६ प ८१२१ नम्वरको मोटरसाइकल मंगलापुरमा तोडफोड गर्नुका साथै उनीहरुलाई हातपात गरेका थिए। पत्रकार गिरी र प्रधान बुटवलस्थित आफ्नो कार्यालय जादै थिए भने नेपाल मणिग्रामस्थित रेडियो स्टेशन जादै थिए।
यसैगरी, आन्दोलनकारीले आइतवार विहान रुपन्देहीको रुद्रपुरमा नागरिक दैनिकको गाडी तोडफोड गर्नुका साथै गाडीमा रहेको टायर खोलेर लगेका थिए

0 comments