आफ्नो चिहान आफै बनाए
मान्छेको मृत्यु पछिको संस्कार गर्दा पहिलोपटक चिहान निर्माण गर्ने चलनलाई
तोड्दै धनकुटाको खुवाफोक गाउँ विकास समितिका वृद्धहरुले मृत्यु हुन अगाडि
नै आफ्नो चिहान निर्माण गर्न थालेका छन्।
मरे पछि पनि आफ्नो चिनोको रुपमा चिहान रहोस भनेर मृत्यु अगाडी नै उनीहरुले चिहान बनाएका हुन्। परिवारका सदस्यहरुले मरे पछि सिमेन्टले ढलान गरेर घर जस्तै चिहान बनाई दिदैनन् भन्ने शंकाले मृत्यु अगाडी नै चिहान बनाएको उनीहरुले बताएका छन्। खुवाफोक-३ साप्तेनका धनबहादुर याखा (७५) को भनाई मर्नु अगाडी नै चिहान बनाउदा आफुले रोजेको ठाउँमा भने जस्तो बनाउन पाईने भएकाले चिहान बनाएको बताए। उनले गाउँको चिहानडाँडामा ३ बर्ष अगाडी नै सिमेन्ट ढलान गरेर आफ्नो चिहान बनाई सकेका छन्। उमेर हुँदा ४ जना संग विहे भए पनि कसैबाट सन्तान नभएको र श्रीमतिहरुले छाडेर गए पछि एक्लो जिन्दगी विताई रहेका धनबहादुर दाजुभाई नाता पर्नेको घरमा बस्दै आएका छन्। अहिले युरिक एसिड रोगले थलिएर घरमै बस्दै आएका धनबहादुर मारे पछि आफैले बनाएको चिहान लगेर दाहसंस्कार गर्न अनुरोध गर्दै आएका छन्। उनले बृद्धभक्त रकम जम्मा गरेर चिहान बनाएको बताए।
त्यसो त खुवाफोक-३ साप्तेनका दिलबहादुर याखा (७८) ले पनि चिहानडाँडामै चिहान बनाएका छन्। ३ बर्ष अगाडी श्रीमतिको मृत्यु भए पछि उनले श्रीमतिको चिहान संगै आफ्नो पनि चिहान बनाए हुन्। हाल धरानमा बस्दै आएका दिलबहादुरलाई छोरानातिले नबनाउन भन्दा पनि जर्वजस्ती चिहान बनाएका हुन्। श्रीमतिको मृत्यु पछि निकै दुखित भएका उनलाई चिहान बनाउदा धेरैले कुरा काट्ने र संस्कार विपरीत हुने भनेर सम्झाउदा समेत नमानेको नाति किसन याखाले बताए।
जमिन मुनि खल्डो खनेर त्यस माथी सिमेन्ट ढलान गरिएको चिहानमा मरे पछि लास लुकाउनको लागि ढोका बनाईएको छ। मरे पछि लास राखि दिदाँ गाउलेलाई दुख नहुने र धेरै मलामी समेत नचाहिने भनाई उनीहरुको रहेको छ। त्यसो त खुवाफोक गाउँ विकास समिति वडा नः ९ का २ जना बृद्ध महिलाले पनि चिहान बनाई सकेका छन्। स्थानीय पञ्चमी डाँडामा स्वर्गीय डिल्लीश्वर लिम्बुकी श्रीमति मैमाया लिम्बु र स्वर्गीय रणबहादुर लिम्बुकी श्रीमती जहनश्वरी लिम्बुले चिहान बनाए हुन्। मरेपछि श्रीमानसँगै बस्न पाइन्छ भनेर उनीहरुले श्रीमानको चिहान संगै आफ्नो चिहान बनाएको पञ्चमी प्राथमिक विद्यालय खुवाफोकका प्रधानाध्यापक नरेश लिम्बुले बताए। मैमाया लिम्बु मोरङको लेटाङमा र जहनश्वरी लिम्बु धरानको देउरालीमा बस्दै आएका छन्। पञ्चमी डाँडामा खुवाफोक गाविसको वडा नः १, ६ र ९ का मान्छेहरुको मृत्यु भए दाहसंस्कार गर्ने ठाउँ हो।
खुवाफोक गाविसमा जिउदो हुँदै चिहान बनाउने कार्य अहिले फेसन जस्तै हुन थालेको छ। उमेर ढल्कदै जाँदा रोगले समेत च्याप्न थाले पछि चिहान बनाउने योजना बृद्धबृद्धाले गर्दै आएका छन्। खुवाफोकमा केही बर्ष अगाडी नै जिउँदो हुँदा चिहान बनाउने ३ जनाको दाहसंस्कार आफैले बनाएको चिहानमा भईसकेको छ। चिहान बनाए पछि जहाँ मरे पनि संस्कार गर्न गाउँमै ल्याउनु पर्ने चलन समेत रहेको छ। यही चलन अनुसार ३ बर्ष पहिले लेटाङमा मरेका छविलाल लिम्बुलाई खुवाफोक ल्याएर दाहसंस्कार गरेको स्थानीयबासीले बताए।
किराँत संस्कारमा मरेपछि डाँडामा लगेर चिहान बनाई लास गाड्ने चलन छ। मलामीहरुले मरेको मान्छेको चिहान बनाई दिन्छन्। तर त्यसरी बनाएको चिहानले चित्त नबुझ्ने भएकाले आफैले चाहे जस्तो चिहान बनाउने गरेको स्थानीयले बताए। जिवित हुँदा जसरी सुरक्षित भविष्यको लागि मान्छेहरु चिन्तित हुन्छन्। त्यसरी नै मृत्युपछि पनि सुरक्षित संस्कारको लागि चिहान बनाउने चलन आएको स्थानीय शिवनारायण श्रेष्ठले बताए। बृद्धबृद्धामा चिहान बनाउने चलन फेसनजस्तै हुन थालेको उनको भनाई छ।

0 comments