कलियूगका रावण प्रचण्ड: "महेश बस्नेत"

नेपाली कांग्रेस र नेकपा एमाले सम्वद्ध युवा तथा विद्यार्थी संगठनले १० गते बृहद सद्भाव र्‍याली निकाल्ने भएका छन् । युवा संघ, तरुण दल, अनेरास्ववियु र नेविसंघले संयूक्त पत्रकार सम्मेलन गरी पछिल्लो समयमा मुलुकको जातीय सदभाव खलबलिन थालेको भन्दै जातीय सदभाव कायम गर्न आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले रावणका माओवादी अध्यक्ष प्रचण्डलाई कलियूगका रावण भन्दै उनले दश जिब्रो भएको बताउनु भयो । प्रचण्डले मान्छे पिच्छे फरक फरक अभिब्यक्ति दिदा मुलुकमा जातीय द्धन्द्ध बढेको उहाँको आरोप छ । उहाँले भन्नुभयो-’प्रचण्डको दुई जिब्रे ब्यवहारले रुवाण्डामा हाड र छाला भएको बच्चासँगै एसएलआर बोकेर जनता लड्न बाध्यता आए जस्तै नेपालमा पनि त्यस्तै ब्यवहार ल्याउँदै छ ।’ प्रचण्डले भावना बगेर मुलुकलाई कता पुर्‍याउन खोजेका छन् भनि प्रश्न गर्दै बस्नेतले भोलीका दिनमा प्रचण्डले विदेशमा गएर आश्रय लिएर ज्यान जोगाउने दिन आउने चेतावनी दिनुभयो ।
भारतीय काउन्सिलर एसडी मेहताले बोलेको समाचार प्रशारण गर्ने सन्चारमाध्यम आक्रमणको तारो बनेको भन्दै उहाँले नेपालमा जातीय द्धन्द्ध भडकाउन भारतीय र यूरो रुपैया कति खर्च भएको त्यो खोज्ने बेला आएको बताउनु भयो । युवा संघका अध्यक्ष बस्नेतले लोकतन्त्रको खम्बा सञचारकर्मी, मानवअधिकारकर्मीलाई पिटेर आफ्नो लक्ष्य पुरा गर्छु भन्ने सपना नदेख्न आन्दोलनकारीलाई चेतावनी दिनुभयो ।
अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले भारतीय कुटनीतिज्ञले नेपालमा जातीय आन्दोलन चर्काउन दिएको सुझाव नेपालको सार्वभौमसत्तामाथिको आक्रमण भएको भन्दै उनले त्यस्तालाई तत्कालै फिर्ता पठाउन माग गर्नुभयो ।
नेविसंघका अध्यक्ष रञ्जित कर्णले सामाजिक सदभाव भड्काउन खोज्नेविरुद्ध सचेत रहन आग्रह गर्दै सस्तो जातीय नाराले मुलुक मुलुक विखण्डन हुने आशंका ब्यक्त गर्नुभयो । प्रचण्डको दलहरुसँग सम्झौता गर्ने र त्यसका विरुद्ध जातै पिच्छेको आशु झार्ने प्रबृत्तिले मुलुक विखण्डन तिर उन्मुख भएको उहाँको भनाई छ । तरुण दलका अध्यक्ष उदयसमशेर राणाले जातजातिलाई लडाएर स्वार्थ सिद्ध गर्न केही नेताहरु लागिपरेको दावी गर्नुभयो ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको