शोभिताले नदिए पछी पानी बाराबार

चलचित्रको छायांकन अघि शोभिताले यस्ता सिन दिने सहमती गरेपछि छायांकनमा पुगेपछि भने दिन नमानेको आरोप निर्माणपक्षले लगाएको छ । यही जेठ १२ गतेवाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र द लास्ट किसमा शोभिता मुख्य भुमिकामा रहेकी छिन् । तर, पनि पोष्टर तथा विभीन्न प्रोमोहरुमा भने शोभितालाई पछि पारीएको छ । शोभितापछि पर्नुको कारण, छायांकनको समय देखि उनी र निर्माता विच देखिएको कटुता हो ।
चलचित्र द लास्ट किसमा उनको भन्दा वढि प्रमोशन कलाकार वेवी रोजाको भईरहेको छ । चलचित्रको लागि तयार पारीएको पोष्टरमा समेत शोभितालाई स्थान कम दिइएको छ । शोभिताले भनेअनुसारको दृश्य नदिएपछि केही दृश्यहरुको छायांकन नै हुन नपाएको निर्माणपक्षले खुलासा गरेको छ । यसैविच, अनलाईनखवरले नायिका शोभिताले द लास्ट किसमा गरेको रोमान्सको भिडियो पहिलो पटक सार्वजनिक गरेको छ, गोविन्द राईले कोरीयोग्राफी गरेको यो भिडियोमा शोभिता हट देखिएकी छिन् ।
0 comments