सायद यो घटना विश्वमापहिलोपटक भएको हुनुपर्छ किकुनैपनिमहिलाले साढे ६ महिनाको अन्तरालमा दुइवटा बच्चापाइन् । त्यो पनि सामान्यबच्चा । यो अनौठो घटना बेलायतमा घटेको हो । बेलायतकी ३१ वर्षकीमहिला सेडी बुडेनले यस्तो चमत्कार गरेकीहुन् ।
बुडेनले छोरा जन्माएको तिनहप्तामै फेरी अर्को गर्भ बोकेपछि यस्तो सम्भवभएको हो । बिहे गरेपछिलामो समयसम्मबच्चानहुँदाचिन्तित सेडीले पहिले एउटा छोरा जन्माइन् । छोरा जन्मेपछिउनको परिवारमाखुसी छायो र उनीआफै पनिनिकै खुसीभइन् । तर यहीँ खुसीकाबिचमा एक दिनउनीझसंग भइन् । बच्चापाएको ३ हप्ता पछि नै उनको पाठेघरमाअर्को गर्भ रहे । उनले शंकालागि प्रेग्नेन्सी टेष्ट गरिन् । परिक्षणमा पोजेटिभ देखियो ।
उनलाईअझै विश्वास लागेन र डाक्टरकोमागइन् । डाक्टरले पनिउनीगर्भवतीभएको पुष्टि गरे । गर्भ रहेको २६ हप्तामाउनले छोरी साइनालाई जन्मदिइन् । यो अहिलेसम्मकै सबैभन्दाकम समयको गर्भ रहेको र छोटो समयमाजन्मिएको बच्चा रहेको बताइएको छ ।
सेडी र डेनिस ६ महिनामै दुइबच्चापाएकोमानिकै खुसी छन् । दाजु बहिनीआजभोलि स्वस्थ रुपमाहुर्किरहेका छन् । साढे ६ महिनामाजन्मिएकायीदुइबच्चाले गिनिजबुकमानाम लेखाउने तयारी गरिरहेका छन् ।onlinekhabar.com मा खबर प्रकाशित छ |
चैत्र ३० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘नोटबुक’ अहिले प्रतिक्षा र चर्चामा छ ।यसैबिच चलचित्रको निर्माण युनिटले ‘नोटबुक’ को हल ट्रेलर सार्वजनिक गरेको छ । जीवन लुइटेल, निता ढुंगाना, शेन सापकोटा लगायतका कलाकारको अभिनय रहेको यो सिनेमालाई योगेश घिमिरेले निर्देशन गरेका हुन् ।चलचित्रमा समावेश ‘गाला रात्तै’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । चलचित्रमा बसन्त सापकोटाले संगीत भरेका छन् । प्रज्ञा फिल्मस्को व्यानरमा तयार भएको यो सिनेमाले ५० बर्षपछिको नेपाललाई देखाउन खोजेको छ । ५० बर्षपछिको नेपालको बारेमा चित्रित गर्नुपरेकाले पनि सिनेमाको बजेट केही महंगो भएको निर्माणपक्षको भनाई छ ।
नयाँ बर्षको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो सिनेमाले बजार तताउने विश्वास गरिएको छ । निर्देशक योगेश घिमिरेले आफ्ना अघिल्ला सिनेमासाग ‘नोटबुक’ लाई तुलना गर्न नमिल्ने बताउँदै आएका छन् । यस्तै निर्मात्री प्रज्ञा जोशीले ‘नोटबुक’ आफ्नो लागि विशेष हुने बताएकी छिन् ।
मौसमी मल्लको फिल्म 'समय'ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । बोर्डले भनेका दृश्यहरू हटाएर सेन्सरका लागि पुगेकी मौसमी आइतबार बोर्डले 'एडल्ट सर्टिफिकेट' दिने भनेपछि खाली हात फर्केकी थिइन् । 'काट्नु भनेको दृश्य सबै काटेपछि त युनिभर्सल (सबैले हेर्न मिल्ने) नै पाउनुपर्छ भन्ने हाम्रो जिकिर थियो,' भने बमोजिमकै सर्टिफिकेट पाएपछि सोमबार मौसमीले भनिन्, 'ढिलै भए पनि पायौं,खुसी लाग्यो ।'तर आलटालका साथ सर्टिफिकेट पाएको हुनाले आफ्नो फिल्मको प्रमोसनमा समस्या भएको उनले बताइन् । फिल्म यही शुक्रबार रिलिज हुँदै छ । 'समय' को निर्माण मौसमी र सन्देश श्रेष्ठले गरेका हुन् । यसमा मौसमीसँगै राजेश हमाल, बिक्की मल्ल, सुरबी विष्ट लगायतले अभिनय गरेका छन् ।ekantipur.comमा खबर प्रकाशित छ
नायिका जिया केसी चलचित्रमा उत्तेजक दृश्य दिन खुबै माहिर मानिन्छिन् । उनै नायिकाले एक चलचित्रमा पनि उत्तेजक आइटम नृत्य गरेकी छिन् । वैशाखको पहिलो साताबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिङरोड’ मा नायिका केसीले उत्तेजक आइटम नृत्य गरेको देख्न सकिन्छ ।विजय कुमार दलीको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई समुन्द्र भट्ट र सन्तोष ढकालले निर्देशन गरेका हुन् । चलचित्रमा सुरज आर।डी, उषा खरेल, प्रशान्त केसी, वसन्त रिजाल, समुन्द्र भट्ट, विश्वास घले र जिया केसीको अभिनय छ । यो गीतमा रमण गायकको संगीत, रोशनी अधिकारीको स्वर, राम केसीको नृत्य निर्देशन छ ।
रिङरोड भित्र हुने विभिन्न क्रियाकलापलाई सिनेमाले उठान गरेको छ । ‘अंगुरी हुँ म अंगुर’ बोलको गीतको आइटम नृत्यलाई अनलाइनखबरमार्फत सार्वजनिक गरिएको छ । रिङरोड भित्र प्रशस्त मात्रामा खुलेका डान्सबारका कथालाई पनि सिनेमाले उठान गरेको छ ।
फाल्गुन १६ - आगामी चैत १ गतेबाट हुन एसएलसी परीक्षामा यो बर्ष १ हजार विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् । दोहोरो रजिस्ट्रेसन फारम भरेका नक्कली र प्रक्रिया नपुगेका परीक्षार्थीले परीक्षा दिन नपाउने भएका हुन् ।परीक्षाका लागि फारम भरेकामध्ये करिब २ सयले दोहोरो रजिस्ट्रेसन फारम भरेको, ९७ जना नक्कली विद्यार्थी भएको र पाँच सयको प्रक्रिया नपुगेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । उपनियन्त्रक पल्हाद अर्यालका अनुसार मुलुकभरबाट परीक्षाका लागि आएका फारम रुजु गर्दा सो तथ्य फेला परेको हो ।दोहोरो रजिस्ट्रेसन भर्ने विद्यार्थीले परक्षिा अगाडी एक स्थानको फाराम एक स्थानबाट फिर्ता गरेमा त्यस्ता विद्यार्थीको परीक्षा रद्द नहुने भएको छ । दोहोरो रजिस्ट्रेसन फारम भएकाले फारम फिर्ता नगरी परीक्षा दिएमा दुई बर्षसम्म परीक्षामा समावेश हुन नपाउने व्यवस्था गरिएको छ । यस बर्ष मुलुकभरबाट ५ लाख ४७ हजार २ सय ५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
फाल्गुन १६ - सिन्धुलीको पुरानो झागाझोली गाविस रहेको गणेश उच्च माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरु अज्ञात रोगका कारण कक्षा ६ को पठनपाठन केही दिनका लागि बन्द गरिएको छ । छात्राहरुमा एक्कासी टाउको दुखेर बेहोस हुने, काम्ने, रुने कराउने र बर्बराउने जस्ता लक्षण देख परेकोले पठनपाठनमा समस्या भएकाले पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ । विगत ३ महिनादेखि अज्ञात रोग देखा परेको र केही दिनदेखि छात्राहरुमा रोगले छात्राहरुमा बिरामीको संख्या बढ्दै गएकाले पठनपाठन बन्द गरिएको विद्यालयका शिक्षक भरत लोप्चनले जानकारी दिनुभयो । अहिलेसम्म १० जना छात्राहरुमा यो लक्षण देखा परेको विद्यालयका शिक्षक लोप्चनले जानकारी दिनुभयो ।
फाल्गुन १६ - बागलुङमा क्रियाशील राजनीतिक दलका नेताहरुले विद्यालय शान्ति क्षेत्र घोषणा कार्यन्वयनका लागि नीतिगत तथा शैक्षिक सुधार गर्न पहल गर्ने लिखित प्रतिवद्धता जनाएका छन् । शिक्षामा देखिएको दलको दोहोरो नीतिलाई सुधार गर्दै जिल्लाका बिद्यालयलाई शान्ति क्षेत्रको रुपमा स्थापित गर्न आवश्यक भूमिका निर्वाह गर्ने उनीहरुले लिखित प्रतिवद्धता जनाएका हुन् । जिल्ला शिक्षा कार्यालय बागलुङको आयोजना, गाजा युवा क्लब र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपालको संयोजन र सेभ द चिल्डे«ेनको सहयोगमा गरिएको जिल्ला संवादमा उनीहरुले प्रतिवद्धता जनाएका हुन् । दलकै आह्वानमा बन्द गरेका घटना नभएपनि भातृ संगठनको आव्हानमा हुने बन्द शैक्षिक क्षेत्रमा देखिएको विकृति र विसङ्गतिका विरुद्ध हुने भएकाले त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताइएको थियो भने सम्वादमा रहेका बन्दका बेला स्वास्थ्य क्षेत्र र एम्बुलेन्स जस्तै विद्यालयका गाडी र विद्यालयमा पठनपाठन निर्वाध रुपमा सञ्चालन गर्न दिने वातावरण बनाउन दलहरुलाई आग्रह गरेका छन् । प्रतिवद्धता पत्रमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले नेकपा–माओवादीका, राष्ट्रिय जनमोर्चाका र राष्ट्रिय जनशक्ति पार्टीलगायतका दलले हस्ताक्षर गरेका छन् ।
एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यसमा एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा हुन्छ । कहिलेकाहीँ त फुटिसकेको पनि हुन सक्छ । एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो । यसको उपचार हुन नसके एपेन्डिक्स फुटेर पेरीटोनाइटिस भएर मृत्यु हुने गरेको पाइन्छ । सन् १८८६ मा रेगीनाल्डले पहिलोपल्ट एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर ल्याएको पाइन्छ ।
कारणहरु
एपेन्डिक्स एउटा पाइपजस्तो अङ्ग हो । यसको ल्युमेन बिस्तारै विभिन्न कारणहरुबाट बन्द हुन थाल्छ र यो सुनिन्छ । सुन्निएपछि यसले एपेन्डिक्सको भित्तामा चाप दिन्छ । जुन चापका कारण भित्तामा रहेका रगतका नसाहरु बन्द हुँदै जान्छन् र पीप जम्न थाल्छ । यस्तो अवस्थामा पनि एपेन्डिक्सलाई अपरेशन गरी ननिकालिएमा यो फुट्न जान्छ, जसको कारण संक्रमण रगतको माध्यमबाट सम्पूर्ण शरीरमा फैलिएर मानिसको मृत्यु हुन्छ। एपेन्डिसाइटिस पश्चिमी मुलुकमा बढी देखिएको छ । यसको कारण पश्चिमा देशहरुमा मासुको बढी प्रयोग हुन सक्ने वैज्ञानिकहरु बताउँछन् । वंशाणुगत रुपमा पनि एपेन्डिसाइटिस हुने सम्भावना बढी हुने गरेको पाइन्छ ।
प्रकारहरु
साधारणतया रोगका लक्षणहरु देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई प्रकारमा विभाजन गर्नु उपयुक्त हुन्छ । एकमा एपेन्डिक्स सुन्निने क्रम बिस्तारै हुन्छ, जुन पछि आफै ठीक भएर पनि जान सक्छ । यसको फुट्ने सम्भावना अत्यन्त कम रहन्छ भने प्रकार दुईमा एपेन्डिक्स सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन चाँडै फुट्ने गर्दछ ।
लक्षणहरु
१। दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ । २। उल्टी हुनुः एक वा दुईपटक उल्टी हुन सक्छ । ३। साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ । ४। कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ । ५। कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।
परीक्षण
स्वास्थ्यकर्मीहरुले विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भए–नभएको पत्ता लगाउनुहुन्छ ।अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान रोग पत्ता लगाउन सहयोगी हुन्छन् ।विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ । यसले एलभाराडो ज्यान्सकी आदि ।
उपचार पद्धति
यदि बिरामी २४–४८ घण्टाभित्र आएमा शल्यक्रिया गरी एपेन्डिक्सलाई निकाल्ने काम गरिन्छ तर ४८ घण्टापछि आएमा साधारणतया शल्यक्रिया गरिँदैन । यस्तो अवस्थामा बिरामीको उपचार अर्कै विधिबाट गरिन्छ भने ६–८ हप्तापछि बिरामीको शल्यक्रिया गर्ने गरिन्छ ।
जटिलता
समयमै उपचार हुन नसक्दा एपेन्डिक्स फुटेर संक्रमणको कारण मानिसको मृत्यु पनि हुन सक्दछ । शल्यक्रियापश्चात् कसै–कसैमा दिसाजन्य पदार्थ आइरहन्छ । यसलाई फिकल फस्टुल भनिन्छ । यसको उपचार गाह्रो हुन्छ ।
सारांश
पेट दुखाइलाई सधैं साधारण पेट दुखाइमात्र सम्झनुभएन । यो एपन्डिसाइटिस पनि हुन सक्दछ । ‘ए, पेट त दुखेको हो नि’ भनेर औषधि पसलबाट दुखाइ कम गर्ने औषधिले दुखाइ तत्कालै त कम गर्ला तथापि एपेन्डिक्स फुटेमा मानिसको मृत्यु पनि हुन सक्छ । त्यसर्थ, आफ्नो स्वास्थ्यप्रति आफै जिम्मेवार हुनुपर्दछ ।
काभ्रेपलान्चोक ः कानपुर–२ स्थित कच्ची सडकमा बा.२ ख ९५०१ नम्बरको जन्ती बोकेको मिनीट्रक आज १०ः५० बजे अनियन्त्रीत भई सडकबाट अन्दाजी ६ मिटर तल खसेर दुर्घटना हुँदा १५ जना घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कानपुर र ईलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी टोली खटी गई घाइतेहरुलाई उपचारको लागि धुलिखेल अस्पताल पठाएकोमा उपचारको क्रममा काभ्रे जिल्ला मेच्छेपौवा–५ बस्ने २७ वर्षीय जगदीश नेपाली र ४५ वर्षीय कान्छा भुजेलको उपचारको क्रममा मृत्यु भएको छ । घाइतेमध्ये ४ जना गम्भीर र अन्यको अबस्था सामान्य रहेको छ ।
ईलाम ः नयाँबजार–६ भित्री सडकखण्डमा को.१ त ४२४६ नम्वरको ट्याक्टरले फागुन ३ गते १५ः४५ बजे सोही ठाउँ बस्ने दिनेश भण्डारीको ७ बर्षीय छोरा डेविड भण्डारीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।
झापा ः तोपगाछी–७ महेन्द्र राजमार्गमा को.१ च ५११४ नम्वरको माइक्रोबस अनियन्त्रित भई फागुन ३ गते १४ः४५ बजे पल्टेर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४५ बर्षीया अमृता बोहरा सहित ३ जना घाइते भएकोले उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा अमृता बोहराको उपचारकै क्रममा मृत्यु भएको थियो
चितवनका विद्यार्थीहरुले अवदेखि शनिवार र सार्वजनिक विदाका दिन पनि भाडा दरमा सहुलियत पाउने भएका छन । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सर्वपक्षीय बैठकमा विद्यार्थी परिचय पत्रका आधारमा भाडा दरमा दिइने छुट शनिबार र अन्य सार्वजनिक विदाका दिन पनि दिन यातायात व्यवसायीहरु सहमत भएका हुन । बैठकले भाडा दरमा दिने सहुलियत सम्बन्धी व्यवस्थाको सूचना काउण्टरमा १ सातामा र सवारी साधनको अगाडि र पछाडि १ महिना भित्रमा टास गरीसक्नु पर्ने , नक्कली परिचय पत्र बनाउने कार्य नियन्त्रणका लागि सम्बन्धीत निकायबाट पहल गर्ने र नक्कली परिचय पत्र बनाउने निर्णय समेत गरेको छ ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो कार्यालमा भएका १२ वटा उपलब्धी सार्वजनिक गर्नु भएको छ । ट्विटरमामार्फत प्रधानमन्त्रीले आफू चूनौतिपूर्ण कालखण्डमा प्रधानमन्त्री बनेको उल्लेखगर्दै माओवादी लडाकुको समायोजन, काठमाडौंको सडक विस्तार, लगानी बोर्ड गठन गरी राष्ट्रिय गौरवका आयोजनाको सुरुवातलाई उपलब्धीको रुपमा व्याख्या गर्नु भएको छ । गरिवलाई परिचयपत्र वितरण, बेरोजगार युवालाई भत्ता, हेलो सरकार, जनतासँग प्रधानमन्त्री कार्यक्रम, राष्ट्रिय स्वयंसेवा अभियान लगायतलाई प्रधानमन्त्रीले उपलब्धीको सूचीमा राख्नु भएको छ । ट्विटरमा आएका जिज्ञासालाई सम्बोधनगर्दै प्रधानमन्त्री भट्टराईले छापा र विद्युतीय सञ्चार माध्यमहरुलाई समानुपातिक विज्ञापन वितरण प्रणालीको सुरुवात र सञ्चार क्षेत्र तथा पत्रकारहरुलाई विशेष राहत कार्यक्रम पनि उपलब्धीमुलक काम भएको उल्लेख गर्नु भएको छ ।
आज बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाली सेनालाई हेलिकोप्टर खरिदका लागि ३ अर्ब रुपैँया दिने निर्णय गरेको छ । रुसमा बनेको ३० सिट क्षमताका एमआई–१७ अत्र्याधुनिक दुई ओटा हेलिकोप्टर किन्ने प्रक्रिया नेपाली सेनाले अघि बढाइसकेको छ । मन्त्रिपरिषद्को बैठकले चलचित्र विकास बोर्डलाई ५० लाख रुपैँया अनुदान दिने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राजकिरोशर यादवले जानकारी दिनुभयो । त्यस्तै हङकङको महावाणिज्यदूतमा महेशकुमार दाहाललाई, हेटौडा सिमेन्टको महाप्रवन्धकमा सुनिलकुमार झा र उदयपुर सिमेन्ट उद्योगको महाप्रवन्धकमा शिवकुमार पटेललाई निुयुक्त गरिएको छ । सगरमाथा अञ्चल अस्पतालको नाम गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राख्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । विपन्न नागरिक कल्याण कोषलाई ५ करोड, उपेक्षित तथा उत्पीडित दलित वर्ग उत्थान समितिलाई ४ लाख अनुदान दिने निर्णय पनि भएको छ । ६० प्रतिशत कैद समयावधि कटाइसकेका ६६ जना कैदीलाई फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर माफी दिने निर्णय समेत गरिएको मन्त्री यादवले जानकारी दिनुभयो ।
शरद् ऋतुको आगमनले छर्लङ्ग खुलेको आकाशमा दुई चारवटा चङ्गाहरु यत्रतत्र उडिरहेका थिए । स्कुले ठिटाहरुको स्कुल दशैँको लागि छुट्टी भइसकेको जानकारी दिदैँ थिए ति चङ्गाहरु । मेरो पनि कलेजको अन्तिम दिन, सम्झनाले मात्रै पनि म रोमाञ्चित थिएँ । एक वर्ष भइसकेको थियो घर नगएको । अघिल्लो सालको यहि दशैंमा नै घर गएको थिएँ म । एक त दशैं जस्तो महान चाडले खुशी ल्याएको थियो भने संगसंगै घर जान पाउने कुराले खुशी थपेर अझै रोमाञ्चित बनाएको थियो ।
म भखरै २३ वर्ष पुगेको थिएँ । यो उमेरलाई धेरैले धेरै किसिमबाट वर्णन गर्दछन् । प्रेमको पालुवा पलाएर मौलाउने, अनि झाङ्गनि उमेर यहि हो भन्ने मान्यता मेरो पनि थियो । कलेजमा आफ्नो उमेरका सहपाठीहरु युगल जोडी बनेर प्रेमपत्र साटासाट गर्थे, कुनै बहाना बनाएर कलेज बंङ्क गर्थे, टाढा कुनै पार्कमा घुम्न जान्थे । यी सबै देख्दा र सुन्दा म रोमाञ्चित हुन्थेँ । म कल्पनाको संसारमा पुग्थें र आफ्नो जीवन साथीको बारेमा कल्पना गर्थेँ । उ कस्ती होली ? भन्ने प्रश्न मनमा ल्याउथेँ । प्रश्नको उत्तर बनेर मनमा कुनै पनि आकृति आउँदैनथ्यो । यो उमेरसम्म मैले प्रेम के हो र कस्तो हुन्छ महशुस गर्न सकेको नै थिईन । ‘सुन्दर महिलासंगको साथ अनि सामिप्यता कस्तो हुन्छ मलाई थाहा नै थिएन । यद्यपि म पनि आम मेरो उमेरका केटाहरु जस्तै प्रेममा रमाउन चाहन्थें ।हरेक पल्ट दशैंमा घर जाँदा म ठुलो उत्सुकताका साथ टिकट काट्थेँ र सधैँ झ्यालपट्टीको सिट लिन्थेँ । दशैंमा काठमाडौँ छोडेर घर फर्किनेहरुको ठुलो भिड हुन्थ्यो । यस कारण हामी फुलपाती भन्दा १०-१२ दिन अगाडि नै घर जाने तयारीमा जुट्थ्यौ । काठमाडौँबाट नेपालगंजसम्मको यात्रा रात्री बसमा करिब १४ घण्टाको हुन्थ्यो । त्यो १४ घण्टाको पट्यारलाग्दो यात्रालाई सजिलो बनाउने एउटै उपाय आफ्नो साइडको सिटमा रमाइलो साथी भेटिनु । यसपल्टको यात्रा चाँहि अगाडिको दुईवटा वोरिङ्ग यात्रा जस्तो हुनैहुँदैन भने सोच्दै म टिकट काउन्टरमा पुगेको थिएँ र भगवानसँग मनमनै प्रार्थना गदै थिँए “भगवान कम्तिमा यो यात्रामा त मेरो साइडको सिटमा एउटी सुन्दरी जुराइदेउ !”
म चढेको बस बालाजुको नयाँबसपार्कबाट अगाडि बढ्यो । बस अझैँ भरिएको थिएन सायद कलंड्ढीबाट चढ्ने यात्रीहरु बाँकि छन् होला । मेरो सिटमा म मात्रै थिएँ । यसपल्ट भने म ढुक्क थिएँ, मेरो सिटमा कोहि प्राकृतिक सुन्दरी आउनेछिन् र मेरो यात्रा अन्यन्तै रमाइलो हुनेछ । तर, अहँ त्यस्तो भइराखेको थिएन । कलंकीबाट बस चढ्नेहरुको भिडमा मेरो आँखाले लगातार खोजीरहेको सुन्दर आखाहरुको जम्काभेट हुनै सकेन । मैले खोजी राखेको जस्तो कोहि पनि गाडीमा चढेन । यस पल्टको यात्रा पनि निरस हुने कुरामा अब म विश्वस्त भएँ । भर्खरसम्म रमाइलो यात्राको खुसीमा रमेको मेरो मन तुरुन्तै निरस यात्रामा दुःखी हुन पुग्यो । बसका करिब सबै सिटहरु भरिईसकेका थिए । खाली म संगैको सिट मात्र अघिदेखि मैले ओगटेकोले होला भरिएको थिएन ।
बस कलंड्ढीबाट पनि अगाडि बढ्यो मेरो जीवनको एउटा अर्को निरश र पट्यारलाग्दो यात्रा अगाडिका बर्षहरु र दिनहरु जस्तै गरि अगाडि बढ्यो । कलंड्ढी चोकबाट बाबा पेट्रोलपम्पतर्फ ओरालो लागेको बस थोरै अगाडि बढ्ने बित्तिकै फेरि रोकियो । मेरो श्वास पनि रोकियो, मुटुको धड्कन बढ्यो , कता कता डर लागेको जस्तो भयो । मेरो गाडीको अन्तिम खाली सिटमा बस्न कोहि यात्री आउँदैछ भन्ने अड्कल गर्न मलाई कुनै गाह्रो भएन । खलासीले ढोका खोल्यो र एकोहोरो करायो ‘छिटो छिटो गर्नुहोस्, ट्राफिकले रोक्न दिँदैन, छिटो छिटो ।’
गाडीभित्र छिरेको आकृति र मेरो कल्पनाको आकृति एउटै पो थियो । मेरो ओठबाट विजयको मुस्कान निक्लियो, एकचोटी बिस्तारै ओठ बरबरायो ‘थ्याङ्कस् गड, यसपालिको यात्रा भने रमाइलो हुने भयो ।’ म खुसुक्क झ्याल पट्टीको सिटमा सरेँ, ऊनलाई मेरो सिटमात्र खाली छ भन्ने जानकारी दिन चाहन्थें तर उनी सहजै मेरो सिटमा बसिनन् । बरु कण्डक्टरलाई खाली सिटको बारेमा सोध्नपो थालिन् । कण्डक्टरसँग पनि उपाए नै थिएन । मलाई मेरो सिट खाली राख्न गरेको प्रयत्न र उनको म संगैको खाली सिटमा नबसी अर्को सिट खोज्न गरेको प्रयास सम्झेर हाँसो उठ्यो । उनी अनिच्छुक देखिएकी थिइन् मेरो सिटमा बस्न, तर बसिन् । मैले मनमनै सोचेँ ‘नखरा चाहिँ पार्न जानेकी रैछे ।’
म धेरै खुसी अनि थोरै डरले कुनातिर च्यापिएको थिएँ । गाडी अगाडि बढ्यो, मनमा हजारौँ कुराहरु खेल्न थाले । सबै उनको बारेमा थियो भन्ने हैन, तर धेरै उनकै बारेमा थियो । मलाई उनीसंग कुरा सुरु गर्नुथियो तर हिम्मत जुटाउन सकिराखेको थिईन । म आफुभित्र भएको व्यग्रतालाई लुकाएर भलाद्मी देखिन चाहन्थें । त्यसैले चाहेर पनि छिट्टै बोलीहालीन । बस नागढुङ्गामा गएर रोकियो । अलिकति जाम लागेको रहेछ । करिब बेलुकीको ५ बजिसकेको थियो । मैले झ्यालबाट टाउको निकालेर बाहिर हेरेँ र बरबराएँ ‘कस्तो जाम पो रहेछ ।’ म उनको ध्यान आफुतिर खिच्ने प्रयास गर्दैथेँ तर ऊनी त मुर्ति जस्ती पो देखिईन् । अहँ केही बोलिनन, कतै हेरीनन् । हातमा सानो किताब च्यापेकी थिईन्, ऊनको आँखा त्यसमा मात्र थियो । वरु गाडीभित्र उज्यालो नपुगेकोले उनी थोरै झ्यालतिर किताबलाई फर्काएर पढ्दै थिइन् ।अब मैले आफैले प्रयास गर्नुपर्ने सोचेर बिस्तारै सोधेँ ‘के किताब हो ?’
उनले छोटो जवाफ दिईन् ‘उपन्यास ।’
यति भनिसक्दा पनि उनी मतिर हेरिनन् । मैले आफ्नो अनुहार संम्झिएँ के म त्यती नराम्रो छु र ? तर उनले मलाई अर्को प्रश्न छोडेकी थिईन ‘उपन्यासको नाम के हो ?’ जवाफमा उनले ‘बसाइँ’ भनिन् ।
म हरेक प्रश्नको लामो उत्तर चाहन्थेँ तर उनी छोटो छोटो उत्तर दिदैं थिईन् । प्रश्न सोध्नुको मतलब उपन्यास वा किताबको बारेमा जानकारी लिनु थिएन बरु उनीसंग वार्तालापको सुरुवात हुन सक्छ कि भन्ने कोशिस थियो । मेरो दुईटा प्रश्न त्यसै खेर गएको महशुस भयो मलाई । ‘बसाइँ मेरो पनि मनपर्ने उपन्यास हो’ भन्दै म कुराको पोको खोल्न थालेँ । मोटे कार्की र झुमाका कुरामा उनले पनि मलाई थोरै साथ दिईन् । सायद उनलाई पनि लाग्यो होला म उनीसंग कम्तिमा यो विधामा भने कुरा गर्ने योग्य छु । झमक्क अध्यारो भइसकेकोले उनले किताब थन्काइसकेकी थिइन्, बसको बत्तिमा किताब पढ्न गाह्रो नै हुन्थ्यो । मैले सोचेँ-अब उनको साथी म र मेरो साथी उनी हुनेछिन् । तर मैले सोचे अनुसारको यात्रा भइराखेको थिएन, उनी अलि कमै बोल्थिन् , म उनलाई बोलाउनको लागि अलि धेरै बोलीराखेको हुन्थेँ ।
बस आफ्नै गतिमा गुड्दै थियो । बसका यात्रीहरु भिडियो चलाउनको लागि कण्डक्टरलाई अनुरोध गर्दै थिए । अनि कण्डक्टर चाहिँ मुग्लिनमा खाना खाएपछि बल्ल चलाउने जानकारी दिँदैं थिए । मैले सोचेँ उनी सँग म कम्तिमा मुग्लिनसम्म त कुरा गर्न सक्छु, उनी संग कुरा गर्ने समय छोट्टएिको महशुश भयो मलाई, त्यसैले हतारमा मैले उनको नाम सोधेँ । नाम ‘अनामिका’ भएको बताईन् तर प्रतिप्रश्न गरेर मेरो नाम भने सोधिनन् । उनले नसोधिकनै आˆनो नाम ‘सफल’ हो भनि आफुलाई परिचित गराएँ । उनले मेरो नाम सुनेपछि ‘ए राम्रो नाम रहेछ’ भन्ने प्रतिकि्रया दिईन् । मलाई खुसी हुन अरु के चाहियो र ? उनले राम्रो नाम भनेपछि मलाई पहिलोपल्ट आˆनो नाम राम्रो लाग्यो । मलाई उनी सँगको त्यो यात्रा मौनता बिच पनि रमाइलो लागिरहेको थियो । मैले त्यो उमेरसम्म कुनै पनि केटीसँग नजिक भएर उनीहरुको मनोविज्ञान बुझेको त थिइँन तर पनि साथीहरुसंगको अन्तरकृयाबाट बनाएको केटी प्रतिको धारणा भन्दा उनी फरक थिईन, भिन्न थिइन् ।
उनी अहिले पनि अगाडि नै हेरिराखेकी थिईन् । यहि मौकाको सहि सदुपयोग गरेर मैले उनलाई पूरा नियालेँ अनि मनमनै निष्कर्श निकालेँ, कुनै कविले वर्णन गर्ने सुन्दरी अरु कोही हैन, उनीनै हुन् । चित्रकारले क्यानभासमा रङ्ग भर्ने पनि उनी नै हुन् । सुन्दर गजलहरु उनलाई हेरेर लेखिन्छन् अनि गीतहरु उनकै लागि गाईन्छन् । पूर्णचन्द्रमा समान उज्यालो उनको मुहारमा लजालुपनले गर्दा होला आधा भाग मात्र खुलेका कमल समान सुन्दर, लजालु तर ठूला ठूला आँखा अति सुहाएका थिए । आँखाको डिलमा लगाईएको कालो गाजलले ति मृगनयनीलाई थप सुन्दर बनाएको थियो । केशराशी खुल्ला छोडिदिएकी थिईन, केहि नसम्हालिएर निधारबाट चिप्लिदै गालासम्म आईपुग्थे र ति केशराशीलाई तिनका सुन्दर कान्छी औंला र माझीऔंलाको सहायताले बेला-बेलामा कानको चेप्पामा अड्काउँथीन । राम्रा, वान्किपरेका सफा हिउँ जस्तै सेता, टम्म मिलेका दाँतहरुका विच एउटा सानो दाँत देब्रेकुना बाट उछिट्टएिर थोरै बाहिर निक्लिदा झनै सुन्दर देखिएको थियो । उनको गोरो मुहारलाई लाजका अवशेषहरुले रक्तिम बनाएका थिए । पालुवा समान सुन्दर अनि कोमल ओठहरुले सुन्दरता थपिएकी उनी सुन्दर फूलको गुच्छा जस्ती देखिएकी थिईन् । उनी जब हाँस्थिन उनको स्वासको सुवासले खुला हावामा अत्तर जस्तो महक छरिएझैँ लाग्थ्यो । हरिणको वच्चा समान चञ्चल आँखाहरुले कहिले काहीँ आफ्नो सम्पूर्ण शरिरलाई जब उनी तलदेखि माथिसम्म नियाल्थिन् र असरल्ल हुन खोजेका कपडालाई तन्काएर आफ्नो पुष्ट अनि आकर्षक शरिरलाई छोप्थिन् त्यतिबेला लाग्थ्यो, उनी मात्र हुन् जसलाई सुन्दर भन्न मिल्दछ अनि सुन्दर भन्ने शब्द उनकै कारणले बनेको हो ।
“तँपाई कहाँ जाने हो ?” यो प्रश्नले म झस्किएँ । झट्ट जवाफ दिएँ “म त नेपालगञ्जसम्म नै पुग्छु” । उनले हाँस्दै उनको बारेमा बताइन् “म तँपाइ भन्दा १६ कि.मि वर नै रोकिन्छु र ८५ कि.मि उत्तर तर्फ लाग्दछु ।” मलाई अड्कल गर्न गाह्रो भएन उनको घर सुर्खेत रहेछ । मैले फेरि प्रश्न राखेँ-सुर्खेतको गाडीमा किन जानुभएन त ? हाँस्दै उनले जवाफ दिइन् “म सुर्खेतको गाडीमा गएको भए तपाइले यो प्रश्न कसलाई गर्नुहुन्थ्यो” ।
नागढुङ्गा देखिनै राजमार्गमा जाम भेटिएको थियो त्यो जामले मुग्लीनसम्म हामीलाई छोडेन । मुग्लिन पुग्दा रातीको १२ ः३० नै बजिसकेको थियो । मेरो साइडको सिटमा बसेकी मेरो यात्राकी मित्र र म पनि केहि नजिक भइसकेका थियौं । हामी दुवै संगसंगै बसवाट ओर्लियौं । म उनी भन्दा अगाडिनै कुनै टेवलमा गएर बस्न चाहन्थेँ र उनलाई प्रतिक्षा गर्न चाहन्थेँ तर मेरो प्रतिक्षा व्यर्थ भयो । उनि मेरो टेबुल अगाडी खाली कुर्सी भएपनि म भन्दा अगाडीको टेवुलमा गएर पो बसिन् । भर्खरसम्म नजिककी साथी सोचेको उनी मलाई टाढाको पो लागिन । मनमनै गाली गरेँ “कस्ति अचम्मकी होली, नखरा पार्न पनि कति जानेकी, मेरै टेबुलमा आएर बसेकी भए के जान्थ्यो ? के पो बिगि्रन्थ्यो ? मैले काम गर्ने केटालाई बोलाएँ र मेरो टेबुलको फोहोर सफा गर्न भनेँ । म चाहन्थेँ उनले फोहर टेबुलमा नबस्नको लागि मलाई भन्छिन, अनि उनको टेबलमा बोलाउँछिन । तर त्यस्तो भएन । न उनले बोलाइन न उनका आँखालेनै बोलाए । मैले हिम्मत जुटाएँ र उनको टेबुल अगाडीको कुर्सीमा बस्न पुगे । खाना हाम्रो टेबुलमा आइपुग्यो । हामी दुवै जना खान थाल्याँै । उनले बढो प्रेमले खाना खाईन् तर मैले भने बढी खुसी भएकोले हो वा खाना नमिठो भएर हो खानै सकिनँ । मैले खाना फालेको देखेर उनले मलाई खाना नफाल्न सम्झाईन, खाना संगै जोडिएको उनको विगत बताउन थालिन, उनी भन्दै गईन “मेरो बुबा व्यापार गर्नुहुन्थ्यो पैसा राम्रै कमाउनुहुन्थ्यो त्यसैले मलाई बच्चामा कहिले पनि अभाव महशुस गर्नुपरेन । पुल्पुलीएर हुर्किएँ । सबैको धेरै मायाले मलाई घमण्डी वनायो । कहिल्यै राम्रोसंग खाना खाईन । मम्मीले राखीदिएको खाना थोरै खान्थे, धेरै फाल्थे । जव १८ वर्षको पुगेँ, ठूलो रोग लाग्यो मलाई, मेरो घाँटीको अपरेशन गर्नुपर्ने भयो । त्यसपछि मैले खाना खान पाईन । लगातार ८ महिनासम्म दाल र सुप मात्र खाएर मैले जीवन धानेँ । एकदिन यस्तो लाग्यो-मेरो खुसी भनेको अब दाल र भातमा नै रहेछ । मेरो अगाडी काली माताको तस्विर थियो । त्यहि काली मातालाई हेरेर प्रार्थना गरेँ र मनमनै भनेँ-मलाई भात खाने सक्ने बनाइदिनुस, म अब कहिले पनि भात फाल्नेछैन । त्यो दिन म धेरै रोएँ, मेरो रुवाइले मेरो रोग ठिक भएन । म दिनदिनै कमजोर हुदै गएँ । बुबा र मम्मीले आश मार्नु भएछ । म वाच्दिनँ भन्ने सोचेर बुबाले मेरो हजुरआमालाई देखाउन होला सुर्खेत लैजाले निर्णय गर्नुभएछ । यहि मुग्लिनमा खाना खान गाडी रोकिएको थियो । बुबा र मम्मीले खाना खान थाल्नु भयो, मलाई दूधको व्यवस्था गरिएको थियो । म खाना खान चाहन्थेँ, आँखावाट आँसु खसाउँदै उहाँहरुले खाएको हेरिराखेकी थिएँ । बुबालाई लाग्यो होला सायद छोरी अव वाँच्दिन त्यसैले यसको खाना खाने इच्छा पुरा गरिदिनुपर्छ । उहाँले मेरो लागि खाना अर्डर गर्नुभयो । मैले ८ महिनापछि भात खान पाएँ । त्यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण थियो । म सुर्खेत ल्याइपुर्याईएँ र घरेलु उपचारले वाँचे । अहिले तपाइको अगाडी छु ।” उनको अतितले मेरो आँखा रसायो उनको अतित सुनिरहँदा मैले थालको सवै खाना सिध्याईसकेको थिएँ । संगसंगै संकल्प गरे “अब म कहिले पनि खाने कुरा फाल्ने छैन ।”
“ल चिया सिया खाउँ, १५ मिनेट-१५ मिनेट” एकोहोरो यो आवाजले म व्युझिएँ । निन्द्रामा कहाँ आइपुगेछु पत्तै भएन । आँखा मिचेर झयाल बाहिर हेरेँ भालुवाङ्ग आइसकेको रहेछ । उनीतिर हेरेँ-उनी त सुतिरहेकी रहिछन् । कति सम्हालिएर सुतेकी आफ्नो शरीरलाई निन्द्रामा पनि आफ्नै सिटमा केन्दि्रत राखेकी । मेरो शरिरसंग छुइन्छकी भनेझै अलग्ग बसेकी । उनका हरेक क्रियाकलाप मलाई मन पर्न थाल्यो । सोचेँ उनलाई मेरो जिवन यात्राको सहयात्री बनाएर पठाएको हो भगवानले । मलाई उनको माया लाग्यो । निदाइरहेकी उनलाई उठाउन मन लागेन तर कन्डक्टरको एकोहोरो आवाजले उनको निद्रा खुल्यो । आँखा मिच्दै उनी मतिर हेरिन् र मुस्कुराईन् । मलाई लाग्यो उनको मुस्कानसंगै उषाको आगमन भयो । क्षितीजमा देखिएको लाली उषाको उनकै मुस्कानको कारण हो । उनलाई मैले चिया खान जाने हो भनेर सोधेँ । म आफु चिया नखाएपनि उनलाई साथ दिन चाहन्थेँ अथवा भनौं हामी विचको मौनतालाई शब्दहरुले चिर्न चाहन्थँ । उनले दाहिने आँखालाई थोरै सानो पार्दै टाउको मात्र हल्लाएर नखाने जानकारी दिईन् । अब छिट्टै उनी संग छुट्टनिु पर्छ भन्ने कुराले म दुःखी थिएँ र फटाफट उनी संग कुरा गर्न चाहन्थेँ । अझ भनौँ उनलाई आफ्नो बारेमा पनि केहि कुराहरु गरेर प्रभावित बनाउन चाहन्थे । यो बसको यात्राबाट सुरु भएको छोटो परिचयलाई लामो रुप दिन चाहन्थेँ । तर मेरो प्रयास एकोहोरो भईराखेको थियो । उनको हाउभाउबाट लागिराखेको थियो उनी मसंग नजिकिन खोजीराखेकी छैनन् । बसका सबै यात्रीहरु बाहिर ओर्लीसकेका थिए बसभित्र उनी र म मात्रै थियौं । हामी दुवैजना चुपचाप थियौं । उनको मोवाइलको घण्टीले त्यो मौनतालाई चिर्यो । उनले पाइन्टको अगाडीको गोजीबाट मोवाइल निकालिन र बजिरहेको घण्टी काटेर म्यासेज लेख्न थालिन् । नोकिया ब्राण्डको क्वाटीकिबोर्ड वाला मोवाइलमा उनको दुबै हातका बुढि औलाहरु छिटो छिटो चले । अनि मसिनो छोटो रिङ्गटोन बज्दा बज्दै उनले मोवाइल गोजीमा राखिन् ।
अघिल्लो साँझदेखि उनी मसंगै थिईन् । मेरो नजिक । उनले मसंग कुरा नगरेकी पनि हैनन् । तर मलाई उनी मेरो नजिक भएपनि नजिक लागिरहेकी थिईनन् । मैले मुश्किलले उनको नाम थाहा पाएको थिएँ, उनको खानासंग जोडिएको अतित थाहा पाएको थिएँ, अनि उनले मेरो नाम मात्रै थाहा पाएकी थिईन् । त्यो सानो परिचय नै काफि रहेछ की क्या हो प्रेमको लागि ! मलाई उनी आफ्नै हुन् है भनेझैँ लाग्यो । भगवानले मेरै लागि पठाएका हुन है भनेझैँ लाग्यो र मनमनै आफ्नो नामसंग उनको नाम जोडेँ सफल-अनामिका, मलाई कस्तो राम्रो सुहाए जस्तो लाग्यो । मनमनै मैले उनलाई हृदयको सिंहासनमा बसाएँ र मनमनै उनीसंग जीवन यात्रा गर्ने संकल्प गरेँ ।
गाडी आफ्नै गतिमा गुडिरहेको थियो । भालुवाङ्ग छाडेेको पनि ३ घण्टा भईसकेको थियो । म उनीसंग उनको मोवाइल नम्बर माग्न चाहन्थेँ तर सिधै माग्ने आँट नै भएन । उनले दिन्न भनिन् भने ? मेरो दिमागमा मोवाइल नम्बर माग्ने राम्रो तरिका सुल्झियो । अनि मैले बिस्तारै आफ्नो मोबाइललाई हामी दुईजना बसेको सिटको चेप्पामा लुकाईदिएँ र मोवाइल कता परेछ भनेर उनले थाहा पाउने गरि छट्पटाउन थाले । पाइन्ट र सर्टको गोजीमा छामेँ र उनीतिर हेरेर सुस्तरि भनेँ-मेरो मोवाइल कता अल्मलियो, एक चोटी मिस कल दिनुस् त । उनले पाइन्टको गोजीबाट मोवाइल निकालिन् । उनले किबोर्डमा हात लगाएकी मात्र थिइन् उनको मोवाइल बज्न थाल्यो । उनले म तिर हेरेर एक छिन है भन्दै मोवाइल उठाएर कुरा गर्न थालिन् । उनले हाँस्दै मोवाइलमा धेरै बेर कुरा गरिन् बिच बिचमा बाबा भनेको प्रष्ट सुनिन्थ्यो । मलाई लाग्यो उनि आफ्नो बुवा या भाई संग कुरा गर्दै थिइन् । मैले उत्सुकताका साथ उनलाई सोधेँ,
को हो ?उनले छोटो जवाफ दिइन् ‘मेरो हविू
हवि ! के हो हवि भनेको ? मैले अर्को प्रश्न गरेँ ।
उनले हाँस्दै भनिन् ‘मेरो हज्वेण्ड भनेको ।’
म झस्किएँ, मेरो सोचाइहरुको सुन्दर महल टुक्रा टुक्रा भयो, मैले भर्खरै दखेको सपना चकनाचुर भयो अनि मेरो प्रेम, नजन्मिदै मर्यो । मेरो आँखा रसायो, रसिलो आँखामा अध्यारो छायो । आफुलाई सम्हाल्न धेरै गाह्रो भयो । बडो मुश्किलले आफुलाई सम्हाले र फेरी अर्को प्रश्न गरेँ । तँपाई विवाहित हो ? उनले हाँस्तै भनिन् “हैन त” । भर्खरै थाकेर फतक्क गलेको शरिरमा उनको त्यो उत्तरले फेरी उर्जा भरियो । आँखाको आँशु डिलबाट नखसीकनै आँखैमा सुके झै लाग्यो । खुशीले होला स्वर पनि धोति्रयो र त्यहि धात्रे स्वरमा सोधेँ, अनि अगि फोन गर्ने को त ? उनले सहजै जवाफ दिईन् । मेरो हुने वाला श्रीमान्, हामी एक अर्का लाई साह्रै प्रेम गर्छौँ र छिट्टै विवाह गर्दैछौं । मैले केहि सोच्नै भ्याइन कण्डक्टरले कोहलपुर ओर्लने छिट्टै तयार हुनुहोस् भन्दै थियो । आफ्नो ब्यागको लोतामा च्यापेर राखेको क्लिप निकालेर खुल्लै छोडिएको कपालमा लगाउँदै उनी उत्रने तयारी गर्न थालिन् । गाडी तुरुन्तै रोकियो उनले “हस् त म जान्छु, तपाई राम्रो मान्छे हुनुहुँदो रहेछ । तँपाई संगको यात्रा रमाइलो भयो” भन्दै सिटवाट उठिन् र हात नहल्लाई ओठले मात्र बाइ भनेर विदा भइन् । मैले सिटबाट उठ्ने प्रयास गरेँ तर शरीर साह्रै भारी लाग्यो, शरिर भन्दा मन भारी लाग्यो । भारी र गलेको शरिर लिएर जुरुक्क उठेँ अनि ढोकासम्म आएर उनलाई बाई भने । उनी फटाफट् उत्तरतर्फ लागिन् र तुरुन्तै पार्क गरेर राखेको बसहरुको भिडमा हराइन् । मेरो मन चिसो भयो, रुन मन लाग्यो । पुरुषत्वले रुवाई रोक्यो, घाँटीमा अड्कियो । घाँटी दुख्यो, कता कता भित्र दुख्यो ।
आफनो सिटमा आएर बसेँ, मोवाइल बज्यो । हतार हतार खल्तिमा छाँमे , मोवाइल थिएन । धत्तेरी बिर्सेछु । सिटको चेप्पामा पो छ, चेप्पाबाट निकालेँ । उनले पो गरिन कि भन्ने लाग्यो तर चिनेको नम्बर रहेछ, उठाउनै मन लागेन । उनले कसरी गर्छिन त मलाइ ? उनलाई मेरो नम्बर दिएको कहाँ छु र ? अहो ! मैले त उनको नम्बर पनि लिईनँ र उनलाई मेरो नम्बर पनि दिईनँ, कस्तो बिर्सेछु । कोहलपुर पनि कति छिटो आउनु परेको । मलाई आफु मुर्ख भएको आत्मबोध भयो । उनीसंगको यात्रा सधैको लागि सकिएको बोध भयो । आफुलाई गालि गर्दे उनीसंग छुट्टएिको करिब ४५ मिनेटमा म नेपालगञ्ज पुगेँ ।
नेपालगञ्जसम्मको त्यो यात्रा ३ बर्ष पुरानो भैसकेको थियो तर त्यति पुरानो भएपनि उनका शब्दहरु “तँपाई राम्रो मान्छे हुनुहुँदो रहेछ र रमाईलो रहृयो तपाई संगको यात्रा” भने मेरो कानमा हरेक दिन ताजा भएर गुञ्जिरहन्थे । ३ बर्ष भैसक्दा पनि मैले उनलाई बिर्सन भने सकेको थिइनँ । उनका यादहरु पातलो भए पनि दिमागको कुनै कुनामा बसकै थियो । शायद त्यसैले होला मलाई मेरो विवाहको लागि जिवनसंगी छान्न साह्रै गाह्रो भएको थियो । आमा बुवाको धेरै प्रयासहरु असफल भएका थिए । म औपचारिक शिक्षा सकाएर काम गर्न थालिसकेको थिएँ । एउटा ठुलो कम्पनिमा सेल्स मैनेजरको रुपमा काम गर्दथेँ ।
एक दिन म अफिसको टेबुलमा राखिएको बिलहरु ओल्टाई पल्टाई हेर्दै थिएँ । मोबाइलको घण्टी बज्यो, दाईको रहेछ । दाईको छोरीको स्कुटी दुर्घटना भएको रहेछ । कलेजबाट फर्कँदा गाडीले हान्दिएको रे । म हतार-हतार टिचिङ्ग हस्पिटल पुगेँ । उसको खुट्टा अपरेशन गर्नु पर्ने भयो । बाँकि अरु ठिकै रहेछ । अपरेशनपछि उसलाई ४१२ नम्बरको डबल बेडेड क्याबिनमा राखियो । दिनभरी बिक्रीको तनावले हस्पिटलमा जान नपाउने कारणले बेलुका कुरुवा बस्ने काम चाहिँ मैरै भागमा पर्यो । त्यहि क्याबिनको अर्को बेडमा एउटी अधबैशे जस्तो देखिने महिला थिइन् । उनको कुरुवा शायद कोही थिएनन्कि या मैले देखेको थिइन, उनी प्रायः एक्लै हुन्थिन । म छोरीलाई खाना खुवाएर, छोरी सुतिसकेपछि आफ्नो ल्यापटप निकालेर केहि काम गर्दै थिएँ । उनले मलाई बोलाइन् र उनको पिउने पानी सकिएकोले मिनरल वाटरको २ बोतल किनेर ल्याइदिनको लागी अनुरोध गरिन् । मलाई पसल जान अल्छि लागेकोले आफु संग भएको एउटा बोतल दिँदै अहिले यसैले काम चलाउनुहोस् भने । धेरै दिनदेखि देखिरहे पनि बोलिनसकेको बिरामीलाई सोधेँ । तपाईलाई के भएको हो ? उनले हाँसेर जवाफ दिइन् ‘क्यान्सर ! उनको जवाफ सुनेर म झस्किएँ । उनको जवाफ भन्दा बढि म उनको मुस्कानले झस्किएँ । त्यो मुस्कान परिचित लाग्यो मलाई । म अलिबढी नै भाबुक छु साह्रै सानो कुराले दुःखी बनाईदिन्छ, बिथोलिदिन्छ मलाई । उनलाई मैले यो भन्दा अगाडी राम्रो संग हेरेको नै थिईनँ । उनलाई क्यान्सर भएको भन्ने सुन्दा मलाई लाग्यो उनी अब केहि दिनको लागि मात्र हुन् । उनलाई यो सुन्दर धर्ती छोडेर छिट्टै जानुपर्छ भन्ने कुरा सोच्दा मात्र पनि मेरा आँखा रसाए । मैले उनलाई त्यहि रसिलो आँखाले नियालेँ । उनको टाउकोमा एउटा पनि कपाल थिएनन्, मुडुल्लो खौरिएको जस्तै थियो । आँखा भित्र दविएका थिए । गालाको मासु पनि पातलिएर हाडसंग बेस्सरी टाँसिएकोले होला नाक लामो भएर बाहिर निक्लिए जस्तो लाग्थ्यो । ओठहरुमा कलेटी प्रष्ट देखिन्थ्यो । उनको शरीर पातलिएको थियो । शरिरमा लगाएको कपडाले शरिरको अङ्ग छोएको नै थिएन, साह्रै ठुलो भएको थियो । उनको हैन अरुकै लुगा लगाएको जस्तो । उनलाई हेरिरहँदा मेरो मनमा एकैचोटी सय वटा कुराहरु आए । उनलाई के को क्यान्सर भयो ? उनी कति बर्षकी भइन् ? उनको घर कहाँ हो ? उनको अरु को-को छन् ? उनी बाँच्छिन् या बाँच्दिनन् आदि आदि ।
उनी बाच्छिन् या बाच्दिनन् भन्ने प्रश्न चाँहि लगातार मनमा आइरहृयो र जिब्रोको माध्यमबाट फुत्त बाहिर निक्लन खोज्यो तर त्यो प्रश्नलाई मनमा नै राखेर अरु प्रश्न गर्न थाले । तँपाईलाई के को क्यान्सर भएको हो ? मैले बडो सावधानीका साथ यो प्रश्न राखेको थिएँ । किनकी म चाहन्नथेँ मेरो कुनै पनि प्रश्नले उनलाई गाह्रो होस् र कमजोर बनाओस् । उनले अगिकै मुस्कान ओठमा ल्याएर जवाफ दिईन “ब्रेष्टको” मैले अर्को प्रश्न गर्नु अगाडी नै उनले आफ्नो जवाफ लम्ब्याइन् । मेरो किमो चलीरहेको छ र यो छैठौं साइकल हो । प्रत्येक २१ दिनमा एउटा साइकल चल्छ । छैठौ साइकलको किमो सकिएपनि थोरै इन्फेक्सन भएकोले मलाई अझै केहि दिन यहिँ बस्नु पर्छ । मेरो ब्रेष्ट को अपरेशन भईसकेको छ । उनले त्यसरी आफ्नो बारेमा भनीरहँदा मलाई उनको स्वर परिचित लाग्यो, मैले उनको नाम र घर एकै चोटी सोधेँ । मेरी छोरी निदाईसकेकी थिई । कोठामा उनको कुरुवा कोहि पनि नभएकोले म मात्र कुरुवा थिएँ । उनले आफनो नाम अनामिका बताइन् घर कहाँ भनिन् मैले सुन्दै सुनिँन । अनामिका नामले म भस्किएँ । एकाएक भगवानको नाम लिन पुगेँ । प्रभु त्यती राम्री अनामिकालाई के गरिस् तैले यस्तो ! ३ साल अगाडी गाडीमा भेटिएकी मेरो यात्राकी मित्र अनामिका सम्झेँ अनि बेडमा मृत्युसंग संघर्ष गर्दे बसेकी अनामिकालाई हेरेँ । भगवानको क्रुरतासंग रिस उठ्यो, श्रृष्टिको नियमसगं रिस उठ्यो । त्यो क्यान्सर रोगसंगै रिस उठ्यो । अरु केहि सोध्ने हिम्मत नै भएन सुन्ने साहस नै भएन । भर्खरसम्म टाढाको लाग्ने ती बिरामी आफ्नो नजिकको लाग्न थाल्यो । म टोलाएर भुइँतिर हेरिरहेँ । उनले पनि अरु थप बोल्न चाहिनन् । अनि त्यहि पुरानै शैलीको मुस्कानमा “ए तँपाईकि छोरी त सुतिछ, तँपाई पनि सुत्नुस” भनिन् र आफु पनि आँखा चिम्लिन् । क्यान्सरले थलिएर बेडमा सुत्दा पनि उनको ओठमा मुस्कानै मात्र देखेँ मैले, कति मुस्कुराएकी उनी लाग्छ उनलाई केहि भएकै छैन । मैले ३ साल अगाडिकी अनामिका सम्झेँ अनि हेरेँ अहिले बेडमा सुतिराखेकी अनामिका । उनको अहिलेको मुस्कान र ३ साल अगाडीको मुस्कानमा फरक खोजें तर फरक नै पाइनँ ।
उनको मुस्कानले मलाई दिनभरी अफिसमा पनि लखेटिरहृयो । ३ बर्ष अगाडीको नेपालगञ्जसम्मको यात्रा दिमागमा पुनराबृत भइरहृयो । अर्को दिन छिट्टै हस्पिटल पुगेँ । उनी आफै आफ्नो लागि हर्लिक्स बनाउँदै थिईन् । म बनाइदिन्छु तँपाई आराम गर्नुस् भनेँ । म उनलाई त्यस दिन उनको श्रीमान्को बारेमा सोध्न चाहन्थेँ । क्यान्सर जस्तो घातक रोगले थलिएको बेलामा पनि उनको आफ्ना मान्छेहरु कुरुवा नबस्नुले मलाई ठुलै खुल्दुली लागेको थियो । अनि ३ साल अगाडी मात्र देखेको मान्छेलाई उनले चिन्न नसक्नुले अर्को खुल्दुली पैदा गरको थियो । म उनलाई चिनाउन चाहन्थेँ, भन्न चाहन्थेँ कि म त्यहि सफल हुँ जसलाई तपाईले ३ साल अगाडी गाडीमा भेट्नु भएको थियो र हामी संयोगवश लामो यात्रासंगै गरेका थियौं । अनि त्यो दिनदेखि आजसम्म म तपाईको सुन्दर तस्बिर मनमा राखेर हिडिराखेको छु ।
मैले उनलाई आफ्नो नाम सफल भएको बताउँदै ३ साल अगाडीको यात्रा सम्झाएँ । उनी फेरी मुस्काईन र मलाई पहिलो दिनमा नै चिनिसकेको कुरा बताईन् । अब म उनीसंग खुलेर कुरा गर्न सक्ने भइसकेको थिएँ । मैले उनलाई उनको श्रीमानको बारेमा सोधेँ । मेरो प्रश्नले उनी केहि दुःखी भइन् तर केहि सम्हालिएर हाँस्दै भनिन् “सफल १४ महिना अगाडि विश्वास अध्ययनको लागी डेनमार्क गएको थियो । उ जानु अगाडीनै हामी बिवाह बन्धनमा बाँधिने निश्चय गरेका थियौँ तर हामो अन्तरजातिय प्रेमलाई अन्तरजातिय विवाहमा परिणत गर्न हामीले सकेनौ । मेरो परिवार मसगँ रुष्ट भए । उसका परिवार उसँग रुष्ट भए । हामीले विद्रोह गर्यौ, परिवार सँग, समाज सँग तर हाम्रो विद्रोहले हामीलाई दुवै परिवारको सहमतिमा विवाह हुनसक्ने परिस्थितिको सृजना गराउन सकेन । अन्ततः विवाह नै नगरी विश्वास डेनमार्क गयो ।
६ महिना भित्रै सबै डकुमेन्ट मिलाएर मलाई लिन आउँछु भनेर गएको थियो । तर ६ महिना नपुग्दै मलाई रोगले सतायो । मेरो ब्रेष्टको अपरेशन गर्नु पर्ने भयो । मैले विश्वासलाई बोलाएँ । उ आत्तिएर आयो, मेरो अपरेशन गरायो । उ सधैँ म सँगै हुन्थ्यो उसको साथले म पुर्ण विश्वस्त थिएँ, मलाई कुनै पनि रोगले मृत्युवरण गराउन सक्दैन । उसको साथमा जीवन रमाइलो लागेको थियो त्यसैले मलाई मर्न डर लागेको थियो बाँच्ने लोभ लागेको थियो । मेरो अपरेशनसम्म उ यहि बसेको थियो । मेरो पहिलो किमो साईकल सुरु हुनु अगाडीनै उ फर्कियो । त्यसपछि उ टाढियो । उसलाई फोनमा भेटिएन, अनलाइन देखिएन, उसका मेलहरु आएनन्, उ स्काईपमा आएन, फेशबुक स्टाटस अपडेट गरेन । धेरैपछि मैले सुनेँ अरु कोही नेपाली केटी संग उ डेनमार्कमै बस्छ रे । सायद म मर्छु भन्ने सोँचेर उसले मलाई छोडिदियो होला । तर मलाई केहि हुन्न सफल, म मर्दिनँ , मलाई अब झन बाँच्ने इच्छा छ । उसलाई देखाउन चाहन्छु । उसको साथ विना पनि म बाँच्न सक्छु भनेर । उनी फेरि मुस्कुराईन । उनको मुहारमा कहिँ दुःख देख्दिन म, पिडाहरु सबै लुकाएर हाँस्न मात्र जानेकी, जीवन जीउन त कसैले यिनी संग सिकोस् ।
मेरा त आँखा रोएछन् । छोरी तिर हेरेँ उ पनि रोइराखेकी रहिछे । ३ साल अगाडिको अनामिका सम्झेँ । फेरि अहिले वेडमा सुतिराखेकी सम्झेँ । मलाई त अहिलेकी अनामिका पो राम्री लाग्यो । त्यो खाल्डो परेको आँखा, त्यो चुच्चिएको नाक अनि पातलो गालाको छालामा कलेटी परेका ओठहरु पो राम्रो लागे । अनामिका तपाँईको कहिले डिस्चार्ज हुने भयो ? मेलै एकाएक प्रश्न गरे उनले उत्तर दिनु अगाडिनै अर्को वेडमा सुतेरहेकी मेरी छोरीले उत्तर दिई “हामी सँगै दिदीको पनि भोलि नै डिस्चार्ज हुन्छ ।” मैले मेरी छोरी तिर टुलुटुलु हेरिरहेँ मेरो आँखाहरुले छोरीलाई प्रश्न गरिराखेका थिए । “छोरी म तिम्रो दिदीलाई तिम्रो आन्टी बनाउछु हुन्छ ? सधैँको लागि, मेरो छोटो यात्राको साथीलाई अनन्त यात्राको साथी बनाउँछु हुन्छ ?” मेरी छोरीको रोइरहेका विरामी आँखाबाट दुई तिन थोपा आँसु गालासम्म आइपुगे । ति आँसुहरुले मलाइ स्विकृती दिए झै लाग्यो । “अंकल तपाईले अनामिकालाई पवित्र र साँचो प्रेम गर्नुभएको रहेछ” भने झै लाग्यो । अनामिकातिर हेरेँ र उनको दुब्लो, हाड मात्र देखिने पातलो हात समातेर भनेँ तपाईँ सँगै म बाँकि जीवन विताउन चाहन्छु, संगै यात्रा गर्न चाहन्छु ,यो यात्रामा कहिल्यै एक्लो छोड्ने छैन अनन्तसम्म, के मलाइ साथ दिनुहुन्छ ? उनी केही बोलिनन् । उनका हँसिला,उज्याला अनि चम्किला आँखाहरुलाई आँसुले धोए ती झनै चम्किला भए । उनका चम्किला आँखाहरुले मलाई स्विकृती दिए झै लाग्यो । मैले मेरी छोरीलाई हेरेँ । ऊ अझै रोइरहेकी थिई, आफुलाई नियालेँ म पनि रोइराखेको थिएँ । अनामिकालाई हेरेँ उनी मुस्कुराईराखेकी थिईन् । म पनि मेरो अनन्त यात्राको सहयात्री संगसँगै मुस्कुराएँ ।
सम्भोगका बेला महिला पुरुष दुबैको चरम आनन्द अर्थात् क्लाइमेक्सको अवधि निकै छोटो हुन्छ । महिलाको हकमा यस्तो क्लाइमेक्सको अवधि अर्थात् अर्गाज्म ६ देखि दश सेकेण्ड सम्मको मात्रै हुन्छ ।
तर मन मिल्दो पार्टनर तथा उपयुक्त विधि अपनाउन सकेमा महिलाको यस्तो चरम आनन्द लगातार चार महिनासम्म लम्बाउन सकिने रहेछ ।बेलायती यौन मनोविज्ञ तथा प्रशिक्षक निकोल डेडोनका अनुसार चरम आनन्दको योगा लिएमा महिलाले लगातार चार महिनासम्मै यौन उत्तेजनाको अनुभुति प्राप्त गर्न सक्छन् । यो योगाई उनले अर्गाज्मिक मेडिटेसन अर्थात् ओम भन्ने नाम दिएकी छन् । यसरी लगातारको यौन उत्तेजनाले महिलाको यौन जिवन त सुखी हुन्छ नै सामाजिक जिवन पनि सक्रिय बन्छ ।
सुस्त सम्भोग : महिलाको चरम आनन्दको कला नामक पुस्तकका लेखिका निकोलका अनुसार वास्तवमा चरम आनन्द भनेको सरीरले आनन्द प्राप्त गर्ने तथा आनन्दप्रति प्रतिक्रिया जनाउने क्षमता हो । चरम आनन्द केवल यौनिक आनन्द सँग मात्र सम्बन्धित नहुने भन्दै उनले यो समग्र मनोवैज्ञानिक शान्ति तथा सक्रियताको माध्यम समेत भएको बताउँछिन् । सम्भोगका बेला महिलालाई चरम आनन्द प्राप्त गर्न निकै कठीन हुने मान्यतालाई खण्डन गर्दै उनले योगाको माध्यमबाट चरम यौनिक सन्तुष्टी तथा यौनिक सक्रियता प्राप्त गर्न सकिने बताउँछन् । यसको लागि महिलाले सम्भोगका बेला महिलाले अरु कुरामा ध्यान नलैजानु आवश्यक छ र पार्टनर पुरुषले पनि महिलामै आफुलाई समर्पित गराउनुपर्छ ।
स्लो सेक्स अर्थात् सुस्त सम्भोगमा समर्पण आवश्यक हुने भन्दै उनले यौनिक योगाको फाइदा अनुभुत गर्न पार्टनरबीचको अधिक सामिप्यता अनिवार्य हुनुपर्ने बताउँछिन् । वास्तवमा संकोचको पर्दा च्यातेर आनन्दको अनुभुति गर्ने र पश्चातापलाई त्यागेर एक अर्कामा समर्पित हुन सकिएमा सम्भोगका अधिक आनन्द प्राप्त गर्न सकिने उनको भनाइ छ ।
बलिउड अभिनेत्री प्रियङ्का चोपडाको यसै वर्ष बिहे हुन लागेको 'बलिउड मन्त्र'ले जनाएको छ। उनको जोडीका लागि उनका आफन्तले 'महादेव' लाई रोजेका छन्। महादेव अर्थात् टेलिभिजनमा भगवान शिवको अभिनय गर्ने कलाकार मोहित रैना। मोहितको नाम उनकी काकीले रोजेकी हुन्।बलिउड मन्त्रका अनुसार प्रियङ्कालाई पनि मोहितको नामले मोहित बनाएको जस्तो देखिएको छ।सन् २००० मा मिस इन्डिया र मिस वर्ल्ड जितेकी प्रियङ्का सन् २००२ मा फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन्। तमिल फिल्मबाट सुरु भएको उनको यात्रा अन्दाज फिल्म हिट नभएसम्म उल्लेखनीय भएन। त्यसपछि भने उनले निकै हिट फिल्महरु दिएकी छिन्।गत वर्ष उनले अंग्रेजी गीत पनि गाएकी थिइन्।टेलिभिजनमा पनि कलर्स टिभीको खतरोँका खेलाडी नामको कार्यक्रम उनले होस्ट गरेकी थिइन्।
चैत्र ९ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘भिजिलान्ते थ्रीडी’ अहिले चर्चामा छ । नेपालमा बनेको पहिलो थ्रीडी सिनेमा भएकाले पनि यसले चर्चा बटुलेको हो । विश्वका विभिन्न मुलुकका सिनेमाहरुलाई थ्रीडी प्रविधिमा हेर्दै आएका नेपाली दर्शकका लागि ‘भिजिलान्ते’ एउटा नयाँ स्वाद पनि हो ।दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको सिनेमा भित्र प्रियंका कार्की, राज घिमिरे, दिपशिखा शाही, मेनुका प्रधान, शंकर आचार्य लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा शान बस्नेतको कथा, पुरुषोत्तम प्रधानको स्टोरियोग्राफी, सूर्य थोकरको द्वन्द्व, भुपेन्द्र खड्काको गीत, सुरेश राइको संगीत समावेश छ ।चलचित्र क्यूएफक्स र एफक्युब लगायतका हलमा थ्री डी प्रविधिमा प्रदर्शनमा आउनेछ । सिनेमाले समाजमा रहेका कुरीति र दण्डहिनताका विषयलाई मनोवैज्ञानकि ढंगले प्रस्तुत गरेको छ । थ्रीडी प्रविधिका बिषयमा लामो समयको अध्ययन पश्चात मात्र सिनेमा निर्माण गरिएको निर्देशक खनालको भनाई छ ।
नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादी नसच्चिए पुर्व राजा ज्ञानेन्द्रको जस्तै हालत बनाई दिने चेतावनी दिनुभएको छ । नेपाल बुद्धिजीवि परिषद् कार्य समिति कैलालीले आयोजना गरेको अन्तरक्रिया ओलीले माओवादीले दुई विकल्प नरोजे चाँडो सखाप हुने दावी गर्नुभयो । सङक्रमणकालिन अवस्थाको अन्त्यका लागि सविधानसभाको चुनाव आवश्यक रहेको ओलीको भनाइ छ । माओवादीलाई सविधानको ट्रयाक भन्दा बाहिर जान नदिने संविधानको रक्षकको हैसियतले राष्ट्रपतिकोे भुमिका आवश्यक रहेको ओलीले बताउनुभयो ।
शिक्षक सेवा आयोगले शिक्षकका लागि खुलाएको आवेदन दिने समय एक हप्ता थप गरेको थियो । यसअघि एक महिनाका म्यादसहित भोलिसम्म आवेदन दिने समय भएकोमा एक हप्ता थपिएको आयोगले जनाएको छ । १७ वर्षपछि आयोगले खुला विज्ञापन गरेको र आवेदन दिनेहरुको भीड बढिरहेकाले सुविधा दिन भन्दै समय थपिएको आयोगले बताएको छ । फागुन ४ गतेदेखि भने दोब्बर दस्तुर बुझाएर एक हप्ता आवेदन दिन पाइने पनि आयोगले जनाएको छ ।
एकीकृत नेकपा माओवादीको सातौं राष्ट्रिय महाधिवेशन मकवानपुरको हेटौडामा सुरु भएको छ । महाधिवेशनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको छ । अध्यक्ष दाहालसहित उपाध्यक्ष द्वय डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ लगायतका पार्टीका शीर्ष नेताहरु महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुनु भएको छ । एमाले, काङ्ग्रेस लगायतका राजनीतिक दलका नेताहरु पनि उद्घाटन सत्रमा उपस्थित भएका छन् । बिभिन्न मुलुकका राजदूत र कुटनितीज्ञहरुको पनि महाधिवेशनको उद्घाटनसत्रमा सहभागिता रहेको छ । उद्घाटन समारोहलाई अहिले बिभिन्न राजनीतिक दलका प्रतिनिधि,कुटनितिक नियोगका प्रतिनिधिहरुले सम्बोधन गर्नेक्रम चलिरहेको छ ।
उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सातौं महाधिवेशनले पार्टीको मात्र नभइ सिङ्गो मलुकलको निकास, विकास र नेपाली समाजको आमुल परिवर्तनसँग महत्व राख्ने बताउनुभयो । जनताको अधिकारलाई सुनिश्चित गर्न र लोकतन्त्र तथा न्यायको पक्षमा समेत महाधिवेशनले उचित कार्यनिती पारित गर्ने उपाध्यक्ष श्रेष्ठको भनाइ छ । सङ्क्रमणकाललाई छिटोभन्दाछिटो निष्कर्षमा पु¥याउनको लागि आफूहरु लागेको जानकारी दिदै श्रेष्ठले महाधिवेशनसँगै मुलुकले उचित निकास पाउने पनि दावी गर्नभयो । हुप्राचौरमा सुरु भएको उद्घाटन समारोहअघि विभिन्न चार वटा नाकाबाट जुलुस समेत निकालिएको थियो । महाधिवेशनमा देशभरका झन्डै तीन हजार प्रतिनिधि सहभागी हुने माओवादीले जानकारी दिएको छ । महाधिवेशन सुरक्षाका लागि स्थानीय प्रशासनले १४ सय सुरक्षाकर्मी र पार्टीले झन्डै ६ सय वाईसीएल कार्यकर्ता परिचालन गरेको छ । हेटौडामा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । हेटौडा सहर यतिबेला महाधिवेशनको झन्डा, व्यानर र स्वागतद्वारहरूले सिङ्गारिएको छ । बन्दसत्र भने भोलिदेखि हेटौडा कपडा उद्योग परिसरमा हुने व्यवस्था गरिएको छ । २१ वर्षपछि हुन लागेको यो महाधिवेशनलाई एकीकृत माओवादीले एकताको महाधिवेशन भनेको छ । २०४८ सालमा छैटौ राष्ट्रिय महाधिवेशन भएको थियो
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ केही घटाएको छ । दैनिक १४ घण्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले आइतवारदेखि लागू हुने गरी लोडसेडिङ दैनिक दुई घण्टाले घटाएर १२ घण्टामा झारेको हो ।प्रधानन्त्रीको ठाडो आदेशमा केही दिनअघि देखि अनौपचारिक रुपमा लोडसेडिङको समयमा केही हेरफेर गरेको प्राधिकरणले आगामी आइतवारदेखि औपचारिकरुपमै दैनिक दुई घण्टा घटाउन लागेको हो । नदीमा पानीको जलस्तर घट्ने क्रम तीव्र रहेता पनि भारतबाट आयातित विद्युत् आपूर्तिमा केही सुधार भएको तथा सूर्यास्तको समय परिवर्तन भएका कारण साबिकमा हुँदै आएको विद्युत्भार कटौतीको तालिकामा हेरफेर गरिएको प्राधिकरणले जनाएको छ ।यसअघि माघ ६ गतेदेखि हप्तामा ९७ घन्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले अब हप्तामा ८४ घन्टा विद्युत कटौती गर्ने छ । परिवर्तित तालिकाअनुसार अब हप्ताको सातै दिन १२ घन्टा विद्युत कटौती हुनेछ
एकीकृत माओवादीको शनिबारबाट हेटौँडामा हुन गईरहेको सातौ राष्ट्रिय महाधिवेशनलाई दृष्टिगत गरी हेटौँडा नगरपालिका क्षेत्रभित्र मादक पदार्थको बिक्री,वितरण र सेवनमा कडाई गरिएको छ ।
Press release of General Convention of CPN Maoist |
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबारबाट माघ २६ गतेसम्मका लागि साँझ परेपछि बिक्री वितरण र सेवनमा रोक लगाएको छ । शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न साँझ परेपछि मदिराको बिक्री वितरण र सेवनमा निषेध गरिएको मकवानपुरका प्रजिअ भण्डारीले बताउनुभयो । जिल्ला प्रशासनले दैनिक साँझ ६ः०० बजेबाट भोलिपल्ट विहान ६ः०० वजेसम्मका लागि मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) को अधिकार प्रयोग गरी प्रशासनले मादक पदार्थको विक्री, वितरण, सेवनलगायतका कानुनले निषेध गरेका कार्य नगर्न नगराउन भनेको छ । प्रशासनले सार्वजनिक सूचना प्रकाशित गरी सूचनाको बर्खिलाप गरे र गराइएको पाइएमा कानुन बमोजिम गर्ने जनाएको छ । nepalsambad.com ले यो खबर प्रकासित गरेको छ |
मेक्सिकोको एक तेल कम्पनीको कार्यालयमा विष्फोट हुँदा १४ जनाको ज्यान गएको छ । झण्डै १ सय जना घाइते भएका छन् । मेक्सिको सिटीमा रहेको पेमेक्स तेल कम्पनीको मुख्यालयमा विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विष्फोट भएको भवनबाट ३ हजार ५ सय मानिसलाई सकुशल उद्दार गरिएको छ । विष्फोटका कारण भवनका तीनवटा तलामा क्षति पुगेको छ । विष्फोटको कारण खुल्न नसकेपनि कम्पनीले विद्युत आपूर्ति गर्ने उपकरणमा आएको गडबडीका कारण घटना भएको हुन सक्ने आशंका गरेको छ । पेमेक्स कम्पनीमा यसअघि पनि विष्फोटका घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गएको सेप्टेम्बरमा उत्तरी मेक्सिकोमा रहेको पेमेक्सको प्राकृतिक ग्याँस कम्पनीमा विष्फोट हुँदा ३० जनाको ज्यान गएको थियो । त्यसअघि सन् १९८४ मा ग्याँस कम्पनीमा विष्फोट हुँदा ३ सय जनाको र त्यसको आठ वर्षपछि भएको अर्को विष्फोटमा २ सय जनाको ज्यान गएको थियो । १५ सय जना घाइते भएका थिए
दाङमा एक किशोरी माथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । हापुर गाविस ४ की १६ वर्षीया एक किशोरीलाई माघ १३ गते राती ९ बजे दुई युवाहरुले सुतिरहेको युवतीलाई लतारेर बाहीर निकाली घरदेखी केही टाढा लगेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो । हापुर २ का १९ वर्षीय देवेन्द्र गिरी र सोही ठाउँका १८ वर्षका माधव गिरीले सामुहिक बलात्कार गरेको पीडित किशोरीले बताउनु भएको छ । घटना भएको अर्को दिन १४ गते पीडित किशोरीले आफूलाई जबरजस्ती बलात्कार गर्ने ति युवाहरुको नाममा जाहेरी दिएपछि प्रहरीले अभियुक्तहरुलाई १६ गते पक्राउ गरेको थियो । पीडित किशोरीकी बुवा अर्को बिहे गरेर झापामा बस्दै आएको र आमा पनि विवाह गरेर अन्तै गएपछि मामा माइजुको घरमा बस्दै आउनु भएको छ ।
एकीकृत नेकपा माओवादीको शनिवारदेखि हेटौंडामा हुने महाधिवेशनलाई विपक्षी दलले पनि सहयोग गर्ने भएका छन् । सरकारविरुद्ध संयुक्त आन्दोलन परिचालन समिति गठन गरेर प्रदर्शन गर्दै आइरहेका दलहरुले महाधिवेशनमा भने सघाउने भएका हुन् । महाधिवेशनका लागि मकवानपुरका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माले, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहयोग गर्ने बताएका छन् । मकवानपुरमा नै महाधिवेशन हुन लागेको सहयोग गर्न लागिएको बताउँदै कांग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेले भन्नुभयो ‘सरकाविरुद्धको आन्दोलन अलग कुरा हो, महाधिवेशनमा अवरोध हुँदैन । सहयोगै हुन्छ, ढुक्क हुनुहोस् ।’ यस्तै नेकपा एमालेले पनि महाधिवेशनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । माओबादीको राजनीतिक कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता पनि एमालेले जनाएको छ । एमाले मकवानपुरका अध्यक्ष रामेश्वर रानाले माओबादीको कार्यक्रममा अबरोध नगरी सहयोग गर्ने बताउनुभयो । राजनीतिक गतिविधिमा अवरोध नगर्ने भन्दै एमालेले आन्दोलन पार्टीविरुद्ध नभई सरकारविरुद्ध भएको प्रष्ट पारेको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले पे्रस माथिको आक्रमण निन्दनिय भएको बताउनु भएको छ । नेपालमा प्रेस जगत र पत्रकार माथिको आक्रमण निन्दनिय भएको गाउँलेको तर्क थियो । राष्ट्रिय लोक संचारकर्मी नेपालले चौथो वार्षिकउत्सवको पूर्व सन्ध्यामा भएको बृहत ¥यालीमा गाउँलेले प्रेस माथिको आक्रमण रोक्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । प्रज्ञाभवन कमलादीबाट शुरु भएको र्याली शान्ती बाटिकामा पुगी कोणसमाभा परिणत भएको थियो । सभालाई लोक संचारकर्मी नेपालका अध्यक्ष गोविन्द गिरी, उपत्यका समन्वय समितीका प्रथम उपाध्यक्ष रमेशराज भट्टराईलगायले सम्वोधन गरेका छन् । यसैबीच लोक संचारकर्मी नेपालको चौथो बार्षिकउत्सवको अवसरमा भोलि प्रज्ञा भवन कमलादीमा बिविध कार्यक्रम हुने लोक संचारकर्मी नेपालका सचिब हरीवल्लभ नेपालले जानकारी दिनुभएको छ ।