"पत्रकार संग दुर्व्यवहार गरिन निशाले"




नायिका निशा अधिकारीले फिल्मीखबरकर्मी माथी दुर्व्यवहार गरेकी छिन् । चलचित्र लुटले ५१ दिन मनाएको अवसरमा बिहिबार राजधानीमा आयोजित एक बिशेष कार्यक्रममा आफ्नो फोटो खिचेको निहुमा निशाले फिल्मीखबर डटकमका प्रतिनिधी अनुप भट्टराई माथी दुर्व्यवहार गरेकी हुन् ।

कार्यक्रममा बिराज भट्टसँग बसे पछि साहाना बज्राचार्यसँग गएर बसेकी निशाको तस्विरलाई आफ्नो क्यामेरामा कैद गर्न खोज्दा उनले भट्टराईले बोकेको क्यामेरा खोस्दै दुर्व्यवहार गरेकी हुन् । निशाले क्यामेरा खोस्न थाले पछि कार्यक्रममा उपस्थित पत्रकारहरूले उनको बिरोध गर्न थाले पछि केहि बेरमा स्टेजमा गएर माफी पनि मागिन् । यसरी एउटा पत्रकारको क्यामेरा खोस्नु राम्रो नभएको भन्दै पत्रकारहरू एकजुट भए पछि निशाले बाध्य भएर माफी माग्नु परेको थियो ।


निशाले गरेको यस किसिमको दुर्व्यवहार प्रति फिल्मीखबर डटकम घोर भर्त्सना गर्दछ र यो घटनाको छानबिन गर्दै प्रेस स्वतन्त्रता माथी गरिएको दुर्व्यवहारको उचित मूल्याङ्कन गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई बिनम्र अनुरोध पनि गर्दछ ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको