आवेग र चर्को नारा दिएर मात्र संघीय राज्य नपाइने
आवेग र चर्को नारा दिएर मात्र संघीय राज्य नपाइने उनले बताए । 'एक मधेस प्रदेश असम्भव छ,' नेपालगन्जमा बिहीबार अन्तर्राष्ट्रिय आदिवासी थारु युवा सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘त्यो कुरा क्रान्तिकारी नारा लगाउने मधेसी नेतालाई पनि थाहा छ । ठीक त्यसैगरी सिंगो तराई एक थरुहट प्रदेश पनि सम्भव नभएको गच्छदारले बताए ।
राज्य पुनःसंरचना आयोगको प्रतिवेदन पनि विवादमा तानिएकाले सबैले स्वीकार्ने व्यावहारिक राज्यको सीमाकन हुनुपर्ने बताए । 'हिमाल, पहाड र तराई-मधेसका सबै जाति, धर्म र समुदायलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्नुपर्छ'- गच्छदारले भने,- राष्ट्रिय अखण्डता जोगाउन सबै जातजाति, भाषा र पहिचान स्विकार्नुपर्छ ।थरुहट तराई पार्टीका अध्यक्ष लक्ष्मण थारुले मधेस र मधेसी शब्दको आलोचना गरेका थिए । 'थारुलाई मधेसी बनाउने समावेशी विधेयक २२ गतेभित्र नसच्चाइए आन्दोलनमा उत्रिन्छौं,' थारुले भने, ‘थारुलाई मधेसी बनाउने षडयन्त्रमा सरकार लागेको छ ।’
सम्मेलन सुरु हुनुअघि थारु वेशभूषामा निस्केको र्यालीले नगर परिक्रमा गरेको थियो । विश्वका विभिन्न देशमा छरिएका थारु युवाहरुलाई लक्षित गरिएको सम्मेलनमा शनिबारसम्म चल्ने स्थानीय संयोजक विश्वराज पछंलडंगियाले बताए ।
0 comments