शान्ति प्रक्रिया अगाडि बढे पनि समस्याहरु उत्तिकै; "माओवादी अध्यक्ष"


लुम्बिनीमा बिहीबार 'लुम्बिनी-सगरमाथा शान्ति अभियान यात्रा- २०१२' लाई सम्बोधन गर्दै दाहालले भने, 'यो प्रक्रियालाई सफल गर्न सक्दा हाम्रो पिंढी नै गौरावान्वित हुने वाला छौं । हामीले यसलाई सफल पार्न सकेनौं भने निकै अप्ठ्यारो भूमरीमा पर्ने स्थितिमा पनि छौं ।'
दाहालले शान्ति प्रक्रिया अगाडि बढे पनि समस्याहरु उत्तिकै रहेको उल्लेख गरे । 'निश्चय नै शान्ति प्रक्रिया अगाडि बढेको छ तर केही समस्याहरु छन्, तर पनि यो प्रक्रिया निष्कर्षमा पुग्दैछ ।' उनले शान्ति र संविधानको कार्यभार पूरा गर्न तीन दलले लगातार छलफल गरिरहेको जानकारी दिए ।संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिका संयोजकसमेत रहेका दाहालले संविधान निर्माणमा पनि चुनौति रहेको बताए । 'तर पनि निष्कर्षमा पुर्‍याउनुको विकल्प राजनीतिक दल र नेताहरुका लागि छैन,' उनले भने, 'त्यसका लागि हामीलाई समयको दबाब पनि परेको छ ।'

दाहालले राजनीतिक दलहरुबीच जतिसुकै विमत्ति भए पनि एकता सम्भव रहेको दाबी गरे । 'पहिले हामी एकअर्काका विरुद्ध साँच्चै हामी युद्धमै थियौं,' दलहरुबीच विचारका बहस स्वभाविक भएको बताउँदै दाहालले भने, 'अहिले त बहसमात्रै छन्, बहसबाट एकता कायम गर्न सम्भव छ ।'

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको