बहुप्रतिक्षित चलचित्र 'साथी म तिम्रो' भोली शुक्रबारबाट देशभरीका अधिकांश सिनेमा घरमा
अभिनेता भुवन केसीले निर्माण गरेको बहुप्रतिक्षित चलचित्र 'साथी म तिम्रो' भोली शुक्रबारबाट देशभरीका अधिकांश सिनेमा घरमा चल्दैछ । शिब रेग्मीले निर्देशन गरेको सो चलचित्रमा भुवन केसी, रेखा थापा, ऋचा घिमिरे, शिर्षक सापकोटा लगायतले अभिनय गरेका छन् ।

भुवन केसीको चलचित्र भने सिंगल रिलिज हो । किनकी भोली अन्य कुनै नेपाली चलचित्र रिलिज हुने छैनन् । त्यसैले पनि भुवनले निर्माण गरेका यस अघिका चलचित्र सफल भएकाले यो पनि सफल हुने अंकलन गरिएको छ ।
0 comments