जहाजका हराएका पांग्रा नयाँ दिल्लीमा

पांग्रा भेटिएपछि एयर इण्डियाका ड्युटी म्यानेजरले आफूलाई फोन गरी जानकारी दिएको उनले बताइन् । अगाडिको (नोज विह्ल) एक र पछाडिको (बियरिंग विह्ल) एक गरी दुईवटा पांग्रा तीनमहिनायता हराएको थियो ।
एयर इण्डियाको ट्रलीमा कसरी ती पांग्रा भेटिए भन्नेबारे तत्काल प्रष्ट हुन सकेको छैन । भारतको राष्ट्रिय ध्वाजावाहाक एयर इण्डियाका ग्राउण्ड ह्याण्डलिंग एजेन्टलाई नै निगमका जहाजमा पानी पर्ने, आवश्यक पर्दा पांग्रा फेरिदिने जस्ता जिम्मेवारी दिइँदै आएको छ ।कयौं सातासम्म पांग्रा हराएकोबारे सोधिएको प्रश्नमा गौरले चोरी नभएको तर विमानभित्र राखिदिन बिर्सिएको हुनसक्ने प्रतिक्रिया दिइन् । 'यो चोरीको मामिला हो जस्तो मलाई लाग्दैन । ग्राउण्ड ह्याण्डलिंग एजेन्टले पांग्रा फेरेपछि झिकिएका पांग्रा विमानभित्रै राखिदिन बिर्सिएको हुन सक्छ' उनले भनिन् ।
१३८७ र ०८०० कोड नम्बर भएका ती पांग्रा बिहीवार एयर इण्डियाको उडानमार्फत काठमाडौं लगिएको छ ।
0 comments