सिंहदरबारमा सबभन्दा ठूलो अत्याधुनिक र कलात्मक सरकारी भवन बनाइने


            छिट्टै ठेक्का आह्वान गरी आगामी असारदेखि निर्माण थालिने जानकारी सिंहदरबार सचिवालय पुनर्निर्माण समितिका प्रशासकीय अधिकृत रामप्रसाद बेलवासेले दिए । उनका अनुसार भवन तीन वर्षमा तयार हुनेछ । सरकारले आयोग भवन निर्माणका लागि सार्वजनिक आह्वान गरी 'कन्सेप्ट डिजाइन' तयार गराएको छ । १४ प्रतिस्पर्धीमध्येबाट कन्सल्ट्यान्ट कम्पनी 'ए नट आर्किटेक्चर एन्ड आर्किटेक्ट्स' ले कन्सेप्ट डिजाइन तयार गरेको हो । हाल बिडिए नामक कन्सल्ट्यान्ट कम्पनीले कन्सेप्ट डिजाइनका आधारमा भवनको डिजाइन अन्तिम चरणमा पुर्‍याएको छ । 'सरकारले आयोगको दीर्घकालीन सोच राखेर अत्याधुनिक र सुविधासम्पन्न भवन बनाउन लागेको हो । यो भवन सिंहदरबारको मूल भवनभन्दा केही भिन्न 'क्लासिकल' र अत्याधुनिक दुवै हुनेछ,' बेलवासेले भने ।

बिडिएले १३ रोपनी १ आना जग्गामा आयोग भवन बनाउन ६८ करोड रुपैयाँ लाग्ने जानकारी समितिलाई गराएको छ । उसले चैत १५ सम्म डिजाइन सकेर सचिवालयमा बुझाएपछि समितिले ठेक्का आह्वान गरी ठेकेदार छानी असारदेखि निर्माण थाल्नेछ ।
राणाकालीन भवनबाहेक यो सरकारद्वारा निर्माण हुने सबभन्दा बढी लागतको र ठूलो सरकारी भवन हुने जानकारी समितिका अधिकारीले दिए । सिंहदरबारभित्रै निर्माण भइरहेको अहिलेसम्मको महँगो शिक्षा मन्त्रालयको भवनको लागत १८ करोड रुपैयाँ छ । सिंहदरबारबाहिर बबरमहलमा काठमाडौं जिल्ला अदालतको अर्को ठूलो भवन निर्माण भइरहेको छ, त्यसको निर्माण लागत २३ करोड रुपैयाँ छ । लागतका हिसाबले जिल्ला अदालतभन्दा आयोग भवन दोब्बर ठूलो हुनेछ ।आयोग भवनमा भूमिगत पार्किङ, लिफ्ट, ६ सय जना अट्ने सभाकक्ष, बत्ती बाल्नेदेखि कम्प्युटरलगायतका इलेक्ट्रोनिक सामान सोलार ऊर्जाबाट चलाइने सुविधा रहने जानकारी समितिका अधिकारीले दिए । 'यो भवनमा सोलार पावरको भरपूर उपयोग गरिनेछ,' बेलवासेले भने ।
भवनमा विकास परिषद् हल, आयोगका उपाध्यक्षसहित सात जना सदस्य र सदस्यसचिवका सुविधासम्पन्न कार्यालय, ८ वटा महाशाखा, विभिन्न शाखाका लागि कार्यकक्ष, आयोगको सभाकक्षसहित सुविधासम्पन्न कार्यालय कोठाहरू रहनेछन् । पाँचतले भवनका सबै कोठा अपांगमैत्री बनाइनेछन् ।यो भवन सिंहदरबारभित्र भूमिगत पार्किङ र ६ सय जना अट्ने सभाकक्ष भएको पहिलो, लिफ्ट भएको तेस्रो हुनेछ । हाल प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयमा मात्र लिफ्टको सुविधा छ ।आयोगको कार्यालय अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको सिंहदरबार मूल भवनमा छ । उक्त भवनमा रक्षा मन्त्रालय र आयोगसमेत रहेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ठाउँ अपुग भएकाले नयाँ भवन बनाउन लागिएको हो ।




by;ekantipur

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको