तेश्रो स्वर्ण तिलक र प्रमिलालाई

यसअघि उनले १ सय मिटर र ४ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए । यस्तै २६ दशमलव ९ सेण्केण्डमा २ सय मिटर दौडदै स्वर्ण जितेकी प्रमिलाले पनि यसअघि महिला १ सय र ८ सय मिटर दौडमा स्वर्ण जितेकी थिईन् । पुरुषको २ सय मिटरमा पश्चिमाञ्चलका विमल बस्नेतले रजत र मध्यमाञ्चलका रोशन पाण्डेले काश्य जिते ।
महिलातर्फ २ सय मिटर दौडमा नेपाल प्रहरीकी सावित्री नेपालीले रजत र एपिएफकी सविता चौधरीले काश्य जितिन् । यसैगरी ५ हजार मिटर दौड १८ मिनेट २० दशमलव ६ सेकेण्डमा पुरा गर्दै मध्यपश्चिमकी विश्वरुपा बुढाले स्वर्ण पदक जितेकी छिन् । एपिएफकी गिता खत्रीले रजत र मध्यपश्चिमकी पुष्पा भण्डारीले कास्य पदक प्राप्त गरिन् ।
यसैगरी ४ गुणा ४ सय मिटर रिले दौडमा महिलातर्फ एपिएफले स्वर्ण, नेपाल प्रहरीले रजत र पश्चिमाञ्चलले काश्य पदक जितेका छन् । ४ गुणा ४ सयमा पुरुष तर्फ भने नेपाल प्रहरीले स्वर्ण, एपिएफले रजत र पश्चिमाञ्चलले काश्य पदक जिते ।
0 comments