अचम्मको बचेरो " वटा टाउका र ३ वटा ठोँड "
आफ्नो बगैचामा निकै अनौठो चरा देखेपछि अपि्रल बि्रट तिनछक परिन् ।
अमेरिकाको म्यासाच्युसेट्सस्थित उनको घरको छेउँमै रहेको बगैचामा चिरबिर देखा परेको उक्त बचेरो देख्दा अचम्म हुनुपर्ने कारण एउटै थियो ।
त्यो के भने उक्त बचेराका २ वटा टाउका र ३ वटा ठोँड थिए ।
उक्त पोँथी बचेरो एक रुखको हाँगामा बसेर चिरबिर गरिरहेको थियो ।
त्यस्तो अनौठो बचेरो देखेपछि उनले आफ्नो श्रीमानलाई बोलाएर देखाइन् ।
त्यस्तो चरो देखेपछि उनलाई आश्चर्य मात्र लागेन उसको अवस्था देखेर दया पनि जाग्यो ।
उनीहरुले त्यस चरालाई पक्रिए र केही तस्वीर पनि लिए । तस्वीर लिएपछि उनीहरुले त्यस बचेरोलाई रुखमै छाडिदिए ।
त्यो बचेरो राम्ररी उड्न सक्दैनथ्यो । त्यसैले पटकपटक रुखबाट भुइँमा खसिरह्यो ।
बि्रट दम्पतिले भुइँमा हिँडिरहेको उक्त बचेरोलाई बिरालोले खाला भनेर रुखमै राखिदिन्थे ।
तर एक दिन अचानक उक्त बचेरो त्यहाँबाट हरायो । उनीहरुले यताउती खोजे तर कतै पाएनन् ।
बि्रटले छिमेकीहरुलाई पनि उक्त चराको बारेमा बताइन् । तर कसैले पनि चरा नदेखेको बताएपछि उनी निकै दुखी भइन् ।
उक्त चरा राम्ररी उड्न पनि नसक्ने भएकाले त्यसलाई बिरालोले पक्रेर खाएको हुनसक्ने वा उड्ने प्रयास गर्दा कतै खसेर मरेको हुनसक्ने अनुमान गरिएको छ ।
त्यस्तो असहाय चरालाई बचाउन नसकेकोमा बि्रट दम्पतिलाई पश्चाताप भैरहेको छ ।
पंक्षी विद्हरुले यस्तो दुइ टाउके तथा तिन ठोँडे चरा देखिनु निकै विरलै घटना रहेको बताएका छन् ।
यस्तो सारीरिक विकृति भएका चरा बाँच्ने सम्भावना निकै कम हुने उनीहरुको भनाइ छ ।

0 comments