फिल्म को नाम नै परिवर्तन " सुमिनाले पक्का दिन्छिन "

अव यो सिनेमाको नाम, ‘नाईन ओ क्लक’ हुने भएको छ । नाईन ओ क्लक नाम राखि चलचित्रको छायांकनमा जाने तयारीमा निर्माणप्ाक्षको रहेको छ । चलचित्र ‘नाईन ओ क्लक’को छायांकन जेठको २३ गतेवाट आरम्भ गरिने भएको छ । चलचित्रमा, अव मुख्य भुमिकामा नायिका सुमिना घिमिरेले अभिनय गर्ने भएकी छिन् । सुमिनाले यसभन्दा अघि वावुराम ढकालको चलचित्र ‘दुलही’मा अभिनय गरिसकेकी छिन् ।
चलचित्र ‘नाईन ओ क्लक’मा लण्डनमा रहदै आएका कलाकार धु्रव दत्त र नव कलाकार दिक्षा पाठकको अभिनय रहने भएको छ । साथीहरुले नाम नै भल्गर भयो, यसैले परिवर्तन गर्न आवश्यक छ भनेर सुझाव दिएपछि ‘नाईन ओ क्लक’ वनाइएको निर्देशक वावुराम ढकालले जानकारी दिए । उनले नाम मात्र परिवर्तन भएको तर कथामा भने कुनै परिवर्तन नगरिने वताएका छन् ।
उनले आफ्नो सिनेमाले सेक्सलाई नपछ्याउने
पनि वताए । तर, चलचित्र ‘नाईन ओ क्लक’मा यस्ता दृश्य प्रशस्त भएको एक
नायिकाले हामीलाई वताएकी थिईन् । यसरी, हेर्दा नायिका सुमिना घिमिरेले
‘नाईन ओ क्लक’मा प्रशस्त सेक्स र वेड सिनका दृश्य दिने पक्का रहेको छ ।
0 comments