बिज्ञापनको को लोभले फसायो युवतीलाई

                                       शुक्रबार स्थानीय एक पत्रिकामा महेन्द्रपुलस्थित अफिसलाई लेडिज स्टाफ तुरुन्त चाहियो । तलब रु.७ हजार' भन्ने सम्पर्क मोबाईल नम्बरसहित बिज्ञापन प्रकाशित भयो । तर नियोजितरुपमा छापिएको त्यो बिज्ञापनको विश्वासमा परी एक बेरोजगार युवतीले साथमा रहेको गहनमात्र गुमाएकी छैनन, अनुचित ब्यवहारसमेत खेप्नुपरेको छ ।
घटना बिवरणअनुसार बिज्ञापन देखेपछि रोजगारकालागि भौतारिएकी छोरेपाटनकी १८ वर्षीया युवती (गंगा, नाम परिवर्तनले) बिहानै सम्पर्क गरिन् । बिज्ञापनमा उल्लेखित मोबाईलमा भएको कुराकानीका क्रममा पृथ्वीचोकको एक कलरल्याबनेर ९ बजेतिर भेट्ने सहमति भयो । भेट भएपछि बिज्ञापन प्रकाशित गरेका युवकले उनलाई अन्तरबार्ता लिने भन्दै चोककै एक होटलमा पुर्‍याए । जहाँ आफु ३ दिनदेखि बसिरहेका थिए । बुकिङ गरेको कोठामा लगे र १०/१२ मिनेट अन्तरबार्ता लिएजस्तो गरे । जागिर दिने सहमति पनि भयो । त्यसपछि युवतीमाथि दुब्र्यवहार भयो । लगत्तै युवकले उनलाई धम्क्याए र साथमा रहेको सुनका गहना, मोबाईल र केही नगद लुटे । युवतीलाई बाथरुममा थुनेर भागेको केही समयपछि होटलको फोनमा सम्पर्क गरेर थुनेको जानकारी दियो ।
ठगिको यो नौलो तरिका पहिलोपटक देखिएको प्रहरीले जनाएको छ । 'एकदमै नयाँ ढंगले ठगिएको छ', कास्की प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीले भने, 'आवस्यक अनुसन्धान गरिरहेका छौ ।' प्रहरीले युवतीको शुक्रबारै मेडिकल जाँच गराएर आफन्तको जिम्मा लगाएको छ ।
अधिबक्ता सुरेन्द्र थापामगर कुनैपनि बिज्ञापन देखेर रोजगारकालागि हाम फाल्न नहुने बताउँछन । 'रोजगार दिने संस्थाबारे केही नबुझी सम्पर्कमा जाँदा जस्तोसुकै अनिष्ट पनि आईलाग्छ', थापाले कान्तिपुरसंग भने, 'यसतर्फ सबै अझ बिशेष गरी बेरोजगार युवा सचेत  हुनु आवस्यक छ ।'
होटल संचालका राजेन्द्रप्रसाद वाग्लेका अनुसार ३०/३५ बर्षको जस्तो देखिने उक्त ब्यक्ति बुधवार अपरान्ह ३ दिन बस्ने भन्दै होटलको ७ नम्बर कोठामा बस्दै आएका थिए । 'एकैचोटी उक्त कोठामा युवती थुनिएको भनेर फोन आयो', वाग्लेले भने, 'त्यसपछि ढोका खोलेर हेर्दा होरैछ, तत्कालै प्रहरीलाई खबर गरेका थियौ ।' होटलको 'ईन्ट्री र्फम' लगायतका कागजात प्रहरीले लगेको छ । प्रहरीले अनुसन्धान प्रभावित हुने भन्दै घटनाको बिस्तृत विवरण दिएको छैन ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको