प्रजातन्त्र पुनःस्थापनायताका २२ बर्षमा ६८७ मन्त्री तर केहि उपलब्धी भएन
प्रजातन्त्र पुनःस्थापनायताका २२ बर्षमा
अधिकांश समय नेपाली राजनीति सत्ताको वरिपरि नै घुमिरहेको छ । यस अवधिमा
बनेका २० वटा सरकार केवल मन्त्री उत्पादन गर्ने कारखाना जस्ता बने । एकचोटी
पनि मन्त्री नभएका नेता टर्च बालेर खोज्नुपर्ने बेला भएको खबर आजको सौर्य
दैनिकले छापेको छ ।
२०४७ देखि २०६९ सालसम्म चार सय २३ क्याविनेट स्तरका मन्त्री भएका छन् । यसैगरी एक सय ९३ राज्यमन्त्री र ७१ सहायकमन्त्री भए । ठूला पार्टीका शीर्ष तहमा रहेका अधिकांश नेता कम्तीमा एकपटक मन्त्री बनिसकेका छन् भने थुप्रै नेता पटकपटक दोहोरिएका छन् । एकैजना नेता आठपटकसम्म मन्त्री भएको रेकर्ड भेटिएको छ ।
२०४७ देखि २०६९ सालसम्म चार सय २३ क्याविनेट स्तरका मन्त्री भएका छन् । यसैगरी एक सय ९३ राज्यमन्त्री र ७१ सहायकमन्त्री भए । ठूला पार्टीका शीर्ष तहमा रहेका अधिकांश नेता कम्तीमा एकपटक मन्त्री बनिसकेका छन् भने थुप्रै नेता पटकपटक दोहोरिएका छन् । एकैजना नेता आठपटकसम्म मन्त्री भएको रेकर्ड भेटिएको छ ।
०४७ यता मन्त्री हुनेमा सबैभन्दा धेरै
नेपाली कांग्रेसका छन् । कांग्रेसबाट मात्र दुई सयभन्दा बढी नेता मन्त्री
भएको देखिन्छ । त्यस्तै एमालेबाट ८६, राप्रपाबाट ४८, सद्भावनाबाट १७ र
माओवादीबाट ५० भन्दा बढी मन्त्री तथा राज्यमन्त्री बनेका छन् ।
प्रजातन्त्र पुन:स्थापना भएयता १०
प्रधानमन्त्री र १५ उपप्रधानमन्त्री भए । कांग्रेसले मात्र दसवटा सरकारको
नेतृत्व गर्यो । कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई दुईपटक,
गिरिजाप्रसाद कोइराला पाँचपटक र शेरबहादुर देउवा तीनपटक प्रधानमन्त्री
बनेका छन् । त्यस्तै एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल र झलनाथ
खनाल एक एक पटक प्रधानमन्त्रीको कुर्सीमा बसे । पञ्चायतकालमा पटकपटक
प्रधानमन्त्री बनेका राप्रपाका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द
प्रजातन्त्र पुन:स्थापनायता पनि दुई दुईपटक सो पदमा रहे ।
माओवादीका पुष्पकमल दाहाल संविधानसभाको
चुनावपछि प्रधानमन्त्री बने भने डा. बाबुराम भट्टराई हाल कामचलाउ
प्रधानमन्त्रीको कुर्सीमा छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि एकपटक
मन्त्रिपरिषद्को अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका थिए ।
०४७ सालयताका कुनै पनि सरकारले पूरै अवधि
काम गर्न सकेनन् । निरन्तर राजनीतिक अस्थिरताका कारण कुनै पनि सरकारले
राम्रो काम गर्न नसकेको राजनीतिक विश्लेषक झलक सुवेदी बताउँछन् । ‘हनीमुन
पनि राम्रोसँग मनाउन नपाउँदै सरकारको दिनगन्ती सुरु हुन्छ,’ सुवेदीले भने,
‘त्यसैले सरकारको कामको राम्रो मूल्यांकन गर्ने अवस्थासमेत रहेन ।’ उनले २२
वर्षे अवधिमा बनेका सरकारले राम्रो काम गर्यो भनेर उदाहरण दिने ठाउँ पनि
नभएको बताए ।
0 comments