शिक्षकले अन्तरजातीय विवाह गरेको भन्दै धम्कि

              अन्तरजातीय विवाह गरेका गोरखाका एक शिक्षकलाई गाउँलेले विद्यालय छोड्न दवाव दिएका छन् । गोरखाको धुवाँकोट स्थित अकला उच्च माध्यमिक विद्यालयका शिक्षक राजुबाबु परियारलाई गाउँका अभिभावकले आफ्नै विद्यालयकी छात्रासँग अन्तरजातीय विवाह गरेको भन्दै जागिर छाड्न दवाव दिएका हुन् ।
अकला उच्च माध्यमिक विद्यालयबाट यसबर्षको एसएलसी परीक्षामा सहभागि धुवाकोट ३, अधिकारी थोककी १८ बषिर्या अम्बिका संग्रौलासँग २४ बषिर्य राजुले बैशाख ३१ गते विवाह गरेका थिए । ‘विवाहकै भोलिपल्ट आधाभन्दा बढी अभिभावकले विद्यालय छोड्न दवाव दिए, अन्तरजातीय विवाह गर्नु अपराध नभएको भन्दै आफु राजीनामा नदिने अडानमा छु,’ राजुले भने ।
विद्यालयमा हाजिर भए आक्रमण गर्ने अभिभावकको दम्की पछि विद्यालय प्रशासनले उनलाई १५ दिनको विदा समेत मिलाएको थियो । १५ दिन भित्रमा पनि विवाद मिल्न नसकेपछि विद्यालयले पुन बिहीबार र शुक्रबार पनि विदा दिएको विद्यालयका प्रधानाध्यापक शंकरराज कँडेलले जानकारी दिनुभयो ।
उनलाई हटाउन २ सय ५१ गाउँलेको हस्ताक्षर समेत विद्यालयमा बुझाईसकिएको  छ ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको