अष्ट्रेलियाकै उच्च शिखरमा नेपाली युवा अनि नेपालको झन्डा
सगरमाथा दिवसको अवसरमा सिड्नी अष्ट्रेलियामा रहेका केही युवा हरुको
समुहले अष्ट्रेलियाकै उच्च शिखर माउन्ट कोजुअस्की को सफल आरोहण गरेका
छन्।नेपाली पर्यटन क्षेत्रका निम्ती केही सहयोग तथा सन्देश दिने हेतुले
उक्त आरोहण कार्यक्रमको आयोजना गरिएको थियो।
विविध पेशामा संलग्न सात नेपाली युवाहरुको संलग्नता रहेको उक्त अभियानलाई नेपाली दुतावास अष्ट्रेलियाले पनि साथ दिएको थियो। अष्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदुत रुद्र कुमार नेपाल ले टोलीलाई नेपाली झन्डा हस्तान्तरण गर्नुभएको थियो। उक्त अवसरमा राजदुत नेपालले टोलीलाई शुभकामना दिँदै दुतावासले यस किसिमका कार्यक्रमहरुलाई सधैं प्रोत्साहन तथा सहयोग गर्ने जानकारी दिनुभएको थियो। नेपाली दुतावास तथा कर्माचारीहरुले औपचारिक तहमा नेपाल र नेपालीका लागि काम गर्ने भएतापनी प्रवासमा रहेका हरेक नेपालीहरुले जन्मभूमीका खातिर आफुले सक्दो भूमिका खेल्नु पर्ने कुरालाई राजदूत नेपालले जोड दिनुभयो।
टोलीको संयोजक शिक्षण तथा पत्रकारीतामा संलग्न युवा भिमसेन सापकोटा हुनुहुन्थ्यो भने अन्य सदस्यहरुमा पत्रकार ऋषी आचार्य, युवा साहित्यकार तथा नर्सिङ पेशामा संलग्न युवा निष्प्रभ सजी, युवा लेखक तथा व्यवसायी सञ्जिव पाण्डे, युवा साहित्यकार तथा ईन्जिनियर प्रदिप चापागाईँ तथा युवा वैज्ञानीक द्वय राजन क्षेत्री र विमल के सी हुनुहुन्थ्यो। सिड्नीबाट करिब ६ घण्टाको मोटरयात्रापछी आईपुग्ने थ्रेड्बोबाट टोलीले आरोहण सुरु गरेको थियो।
लगभग साँढे पाँच घण्टाको उकालो यात्रापछी उक्त समुह अष्ट्रेलियाकै उच्चतम विन्दु माउन्ट कोजुअस्कीको चुचुरो पुगेको थियो जुन समुद्र सतहदेखी करिब ६,७०० फिटको उचाईमा छ । नेपाली झन्डा चुचुरोमा पुर्याएपछी टोलीले हरेक वर्ष सगरमाथा दिवसका दिन विविध कार्यक्रमहरु सञ्चालन गर्ने प्रण लिएको थियो। स्मरण रहोस् ५१ वर्षअघी मे २९ तारिखका दिन एड्मन्ड हिलारी तथा तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक विश्वको सर्वोच्च शिखरको चुचुरोमा मानव पाईला पुर्याएका थिए।

0 comments